Social Educational English School Lalbandi-12 Sarlahi

Social Educational English School Lalbandi-12 Sarlahi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Social Educational English School Lalbandi-12 Sarlahi, School, lalbandi-12 Sarlahi, Sarlahi.

वार्षिक परीक्षा-२०८२ मा सहभागी सम्पूर्ण परीक्षार्थी नानीबाबुहरू लाई सफलताको शुभकामना📝 🥇🥇🥇🏅🏅🏅
02/04/2026

वार्षिक परीक्षा-२०८२ मा सहभागी सम्पूर्ण परीक्षार्थी नानीबाबुहरू लाई सफलताको शुभकामना📝 🥇🥇🥇🏅🏅🏅

राष्ट्रिय मगर दिवसको अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना सहित आज एक दिनको लागि यस विद्यालयको  पठनपाठन बन्द हुने जा...
27/02/2026

राष्ट्रिय मगर दिवसको अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना सहित आज एक दिनको लागि यस विद्यालयको पठनपाठन बन्द हुने जानकारी गराउँदछौ।

मधेस प्रदेश सरकार मन्त्रीपरिषद्को सार्वजनिक बिदा दिने निर्णय अनुसार नै आज  २०८२ माघ १८ गते आइतबार रविदास जयन्तीको अवसरमा...
01/02/2026

मधेस प्रदेश सरकार मन्त्रीपरिषद्को सार्वजनिक बिदा दिने निर्णय अनुसार नै आज २०८२ माघ १८ गते आइतबार रविदास जयन्तीको अवसरमा शुभकामना सहित यस विद्यालयको पठनपाठन बन्द रहने जानकारी गराउँदछौ।

22/01/2026
भोलि मिति २०८२ मङ्सिर ९ गते मङ्गलवार विवाह पञ्चमी परेकाले सम्पूर्ण महानुभावमा शुभकामना सहित मधेस प्रदेश गृह मन्त्रालयको ...
24/11/2025

भोलि मिति २०८२ मङ्सिर ९ गते मङ्गलवार विवाह पञ्चमी परेकाले सम्पूर्ण महानुभावमा शुभकामना सहित मधेस प्रदेश गृह मन्त्रालयको सूचना अनुसार सार्वजनिक विदा दिने निर्णय अनुसार भोलि एक दिनको लागि विद्यालयको सम्पूर्ण पठनपाठन बन्द हुने जानकारी गराइन्छ।

भोलि मिति २०८२-०७-११ गते मङ्गलवार मधेस प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको कारण यस विद्यालयको  पठनपाठन २०८२-०७-१२ ग...
27/10/2025

भोलि मिति २०८२-०७-११ गते मङ्गलवार मधेस प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको कारण यस विद्यालयको पठनपाठन २०८२-०७-१२ गते बुधवार बाट सुचारु हुने जानकारी गराउँदछौ।

19/10/2025

समीपमा आइपुगेको नेपालीहरूको पर्व तिहार (यमपञ्चक) तथा छठको पावन अवसरमा सम्पूर्ण अभिभावक, कर्मचारी, विद्यार्थी तथा बुद्धिजीवी वर्गमा दीर्घायु, सु-स्वास्थ्य एवं धनकी देवी लक्ष्मीले सबैको घ-घरमा वास गरुन् भन्ने शुभकामना व्यक्त गर्दछौँ।

साथै हाम्रो यस शैक्षिक संस्था सोसियल एजुकेसनल स्कुल तिहार (यमपञ्चक) तथा छठ पर्वलाई मध्य नजर गर्दै यही कार्तिक २ गते आइतवार देखि कार्तिक १० गते सोमवार सम्म सम्पूर्ण पठनपाठन बन्द रहने र पुनः कार्तिक ११ गते
मङ्गलवार देखि साबिककै समयमा सम्पूर्ण कक्षाहरू सुचारु हुने सहर्ष जानकारी गराउँदछौँ।


विद्यालय प्रशासन
सोसियल एजुकेसनल स्कुल
लालबन्दी-१२, सर्लाही

राष्ट्रिय शोक बिदा सम्बन्धी जानकारी २०८२-०५-३१आदरणीय अभिभावक, शिक्षक,कर्मचारी तथा विद्यार्थी भाइबहिनीहरूGen-Z पुस्ताको आ...
16/09/2025

राष्ट्रिय शोक बिदा सम्बन्धी जानकारी २०८२-०५-३१

आदरणीय अभिभावक, शिक्षक,कर्मचारी तथा विद्यार्थी भाइबहिनीहरू

Gen-Z पुस्ताको आन्दोलनका क्रममा नेपाली युवाहरू र विद्यार्थीहरूले दिएको शहादतको स्मरणमा नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार २०८२ असोज १ गते (बुधवार) राष्ट्रिय शोक बिदा दिने निर्णय भएको हुदा भोलि एक दिन विद्यालयको सम्पूर्ण शैक्षिक कार्यक्रम बन्द रहने र असोज २ गते बिहीवार बाट नियमित रुपमा पठनपाठन हुने जानकारी गराइन्छ।

नोट: विद्यालयको क्यालेन्डरमा असोज तीन गते संविधान दिवसको दिन बिदा जनाइएको भएता पनि सो दिन सम्पूर्ण कक्षाको पठनपाठन हुने जानकारी गराइन्छ।

सोसियल एजुकेसनल स्कुल सर्लाही
विद्यालय प्रशासन

10/09/2025

देशको परिस्थिति क्रमिक रूपमा सहज हुँदै गएता पनि अझै असहज नै भएकोले भोलि मिति २०८२ भदौ २६ गते बिहीबार पनि विद्यालयको पठनपाठन बन्द रहने जानकारी गराउँदछौ।

09/09/2025

देशको समसामयिक घटनालाई मध्य नजर गर्दै भोलि थप एक दिन मिति २०८२ भदौ २५ गते बुधबार पनि विद्यालयको पठनपाठन बन्द रहने जानकारी गराउँदछौ।

08/09/2025

भ्रष्टाचार र सामाजिक सञ्जालको प्रतिबन्धविरुद्ध साथै अन्य विभिन्न जायज माग सहित हिजो मिति २०८२ भदौ २३ गते काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा भएको Gen-Z पुस्ताको प्रदर्शनमा दर्जन बढी प्रदर्शनकारी विद्यार्थीको मृत्यु र सयौँ प्रदर्शनकारी विद्यार्थी घाइते भएको कारण आज मिति २०८२-०५-२४ गते यस सोसियल एजुकेसनल स्कूलको सम्पूर्ण पठनपाठन बन्द गरी एक दिनको लागि शोक बिदा दिइएको जानकारी गराउँछौ।

साथै सम्पूर्ण मृतक आत्मा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण घाइते प्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ।

Address

Lalbandi-12 Sarlahi
Sarlahi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779809698016

Website

Alerts

Be the first to know and let us send you an email when Social Educational English School Lalbandi-12 Sarlahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category