25/07/2026
आज हरिशयनी एकादशी व्रतको अवसरमा विद्यालयमा तुलसी रोप्दै यस विद्यालयको Nursery कक्षाकी छात्रा Debhanshi Basnet।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bright Human Academy, School, Siddha Kumakh Rural Municipality, Salyan.
25/07/2026
आज हरिशयनी एकादशी व्रतको अवसरमा विद्यालयमा तुलसी रोप्दै यस विद्यालयको Nursery कक्षाकी छात्रा Debhanshi Basnet।
24/07/2026
A joyous day for our achievers and a day of reflection for those still finding their footing. It's the result day of First Terminal Examination, and here are some glimpses of our buds receiving their prizes of honor.
To those who didn't make it this time, let this be your motivation. There's always a next time!
Eventually, Huge congratulations to all of you dears!
आदरणीय अभिभावकज्यू,
सादर नमस्कार।
यस विद्यालयको शैक्षिक सत्र २०८३ को प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा नतिजा विश्लेषण कार्यक्रम आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिका लागि अनुरोध गर्दछौं।
कार्यक्रमको विवरण:
मिति: २०८३/०४/०८ (शुक्रबार)
समय: दिउँसो १:०० बजे
स्थान: ब्राइट ह्युमन एकेडेमीको प्राङ्गण
विद्यार्थीको शैक्षिक उपलब्धि तथा सुधारका पक्षबारे छलफल गरिने हुदा समयमै अनिवार्य रूपमा उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
– विद्यालय प्रशासन
ब्राइट ह्युमन एकेडेमी
सिद्ध कुमाख-०३, ढोरचौर सल्यान
02/07/2026
Here is the routine of First Terminal Examination of this academic year. Guardians must clear all outstanding dues and collect admit cards by Asadh 25.
01/07/2026
आज हाम्रो विद्यालयमा लोकबाजा संरक्षण तथा प्रेरणादायी सांगीतिक यात्राअन्तर्गत शिक्षा र सन्देशमूलक गीतसहित सांगीतिक कार्यक्रम श्री शेर बहादुर गन्धर्व, दल बहादुर गन्धर्व र दिल बहादुर गन्धर्वद्वारा प्रस्तुत गरियो।
उहाँहरूको प्रेरणादायी प्रस्तुतीप्रति विद्यालय परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ।
26/06/2026
पठन सिप तथा शैक्षिक सामाग्री प्रदर्शनी मेला 2083
19/06/2026
Hot summer days call for cool indoor activity and we conduted Open English Handwriting Competition as ECA for our little buds. Here they are:
18/06/2026
Monthly Activities of Ashad 2083
15/06/2026
हामी केवल किताबमा मात्र ध्यान दिँदैनौं। हामी सिकाइलाई जीवन्त बनाउँछौं।
कक्षा ९ का विद्यार्थीहरूले पाठ्यक्रमको भागको रूपमा च्याउ खेती गर्र्दै — जसले जीवविज्ञान, दिगोपना, र कृषि सीपहरूमा व्यावहारिक अनुभव दियो।
यसरी हामी कक्षाकोठाको ज्ञानलाई वास्तविक संसारसँग जोड्ने प्रयत्न गर्छौ |
15/06/2026
सिद्ध कुमाख गाउँपालिका वास इकाइद्वारा आयोजित अन्तर-माध्यमिक विद्यालयस्तरीय जनचेतना अभिवृद्धि प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गरी विभिन्न विधामा कडा प्रतिस्पर्धाका बीच हाम्रो विद्यालयको गौरव बढाउन सफल विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना।
प्रतियोगितामा नगद पुरस्कार, प्रमाणपत्र तथा शैक्षिक सामग्री प्राप्त गरी विद्यालयको प्रतिष्ठा उच्च राख्ने सम्पूर्ण विद्यार्थीहरूको हौसला र प्रेरणा अभिवृद्धि गर्ने उद्देश्यले विद्यालय स्तरमा सम्मान तथा प्रोत्साहन कार्यक्रम सम्पन्न गरिएको छ।
उहाँहरूको आगामी शैक्षिक तथा अतिरिक्त क्रियाकलापका यात्रामा निरन्तर सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछौं।