प्रतिभा मा वि -Prativa Secondary School

प्रतिभा मा वि -Prativa Secondary School

Share

शिक्षाकाे क्रान्ति बिना ; स्वावलम्बी अर्थतन्त्र ,आदर्श समाज र व्यक्तिको कल्पना नगरे हुन्छ।

Photos from प्रतिभा मा वि -Prativa Secondary School's post 13/04/2024

नगरपालिा स्तरिय कक्षा 8 को नतिजा प्रकाशन उतिर्ण हुने सम्पुर्ण विद्यार्थी लाई हार्दिक बधाई छ
प्रतिभा माध्यमिक विदयालय जयतपानि

09/04/2024

SEE दिएर बस्नुभएका भाइबहिनी तथा युवा वर्गको लागि उपयोगी १० सुझाब 📝📝📝📝📝📝📝📝📝📝

१. कक्षा ११/१२ पढ्दादेखि नै कम्प्युटर चलाउन सिक्नुहोस्। कम्प्युटरमा पनि कमसेकम ‘वर्ड, एक्सल, पावर प्वाइन्ट’ सामान्य डिजाइन, नेपाली टाइपजस्ता सीप सिक्नाले तपाईं अरूभन्दा एक तह अगाडि हुनुहुन्छ।

२. बिहानको कलेज छ भने स्नातक पढ्दादेखि नै आफ्नो अध्ययनसँग मिल्ने क्षेत्रमा ‘इन्टर्नसिप’ गर्नुहोस्। विषयसँग सम्बन्धित क्षेत्रमा भएका अवसरहरूको खोजी गर्नुहोस्। स्मार्टफोन र इन्टरनेटको सुविधा छ भने तपाईं विश्वभरिको अवसर खोजी गर्न सक्नुहुन्छ।

३. तपाईंले सामाजिक सञ्जाल चलाउँदा फिडमा मिम, ट्रोल वा अवसर के आउँछ त्यो तपाईंमा भर पर्छ। त्यसैले ट्रोलका पेजभन्दा संघसंस्था, कम्पनी र जानकारीमूलक पेजहरू लाइक गर्ने बानी गर्नुहोस् जसले गर्दा तपाईंले सामाजिक सञ्जाल चलाउँदा पनि अवसरहरूबारे जानकारी पाउन सक्नुहुन्छ। (सफल संसारलाई फलो गर्नको लागि पनि अनुरोध गर्दछु ।)

४. फुर्सदमा हुँदा ‘अनलाइन कोर्ष’हरू गर्नुहोस्। अहिले धेरै साइटहरूले निःशुल्क अनलाइन कक्षाहरू सञ्चालन गरिरहेका छन्।

५. राम्रो डिभिजन ल्याउन सकिँदैन भनेर धेरैले पूर्ण रूपमा अध्ययनलाई ध्यान दिने गरेका छन्। तपाईंले विशिष्ट श्रेणीमै मास्टर्स डिग्री पास गर्नुभयो तर कामको अनुभव छैन भने रोजगारीको बजारमा प्रतिस्पर्धा गर्न कठिन हुन्छ। मास्टर्स गरेपछि इन्टर्नसिप गर्न न समयले दिन्छ न त जिम्मेवारीले नै। त्यसैले ब्याचलर्सदेखि नै इन्टर्नसिप गर्नुभयो भने बिस्तारै अनुभव बढ्दै जान्छ र मास्टर्स सक्दासम्म तपाईंमा अनुभव र योग्यता दुवै हुन्छ। जसले गर्दा प्रतिस्पर्धामा अब्बल हुने धेरै सम्भावना रहन्छ।

६. तपाईं उद्यमी बन्न चाहनुहुन्छ भने पनि केही वर्ष सम्बन्धित क्षेत्रको कम्पनीमा काम गर्दा सिकाइ राम्रो हुन्छ। त्यस्तो अनुभवले तपाईंलाई सफल र असल उद्यमी बन्न सहयोग पुग्दछ।

७. तपाईं अन्तर्राष्ट्रिय शिक्षा हासिल गर्न चाहनुहुन्छ भने पनि धेरै विश्वविद्यालय र कूटनीतिक नियोगले छात्रवृत्ति दिइरहेका हुन्छन्। राम्रो नम्बर ल्याएको र सम्बन्धित क्षेत्रको अनुभव बटुलेको विद्यार्थीले सजिलै त्यस्तो छात्रवृत्ति पाउँछन्। निःशुल्क अन्तर्राष्ट्रिय अध्ययन गर्न पाइने त्यस्ता अवसरहरूको खोजी गरेर पहिलेदेखि नै आफूलाई तयार राख्दा तपाईंको सपना साकार हुने उच्च सम्भावना रहन्छ।

८. प्रेम सम्बन्धमा हुनुहुन्छ भने पनि आफ्नो करियरलाई सँगसँगै लानुहोस्। अध्ययनमा ध्यान दिनुहोस्। प्रेम र विवाहलाई मात्र केन्द्रमा राखेर नहेर्नुहोस्। आत्मनिर्भर भएपछि मात्र विवाहको बारेमा सोच्नुहोस्। जिन्दगी चलचित्र जस्तो हुँदैन। जहाँ चलचित्र सकिन्छ जिन्दगीको असली युद्ध त्यहीँबाट सुरु हुन्छ। सुखी र खुसी जीवनका लागि आर्थिक पाटो पनि बलियो हुनुपर्छ, मायाले मात्र जिन्दगी चल्दैन। दुवै पक्षलाई सन्तुलित बनाउनुहोस्।

९. कमाउँदै गर्दा रमाउन नबिर्सनुहोस्। आत्मनिर्भर भएर आफ्नै कमाइले सन्सारलाई नियाल्नुको मज्जा बेग्लै हुन्छ। विशेषगरी छोरीहरू आत्मनिर्भर भएर केही समय आफ्ना रहरहरू पुरा गर्न र संसार घुम्नका लागि छुट्यानुहोस्। विवाहपछि यस्ता अवसर कम पाइन सकिन्छ। सन्सार फराकिलो छ र जिन्दगी अनिश्चित छ।

१०. कसैको सुझावमा चल्नेभन्दा पनि आफ्नो मनलाई सुन्नुहोस्। सपना देख्नुहोस् र त्यहाँसम्म पुग्ने बाटोको नक्सा कोर्नुहोस्। कहाँ जाने भन्ने कुरा यकिन नभएसम्म कहाँ आइपुगेँ भन्ने कुरा पनि थाहा हुँदैन। दयालु र असल बन्नुहोस्।

— विनिता कार्की

08/04/2024

यश श्री प्रतिभा माध्यमिक विदयालयको वार्षिक परिक्षाको नतिजा यहि मिति 2080-12-30 गते प्रकाशन गरिने भएकोले सम्पूर्ण विद्यार्थी , अभिभावक , वि.व्य.स पदाधिकारी र अभिभावक सङघका पदाधिकारी लाई उपस्थिति को हार्दिक अनुरोध गर्दैछौं ।

08/04/2024

यश श्री प्रतिभा माध्यमिक विदयालयको वार्षिक परिक्षाको नतिजा यहि मिति 2080-12-30 गते प्रकाशन गरिने भएकोले सम्पूर्ण विद्यार्थी , अभिभावक , वि.व्यस प्रदाधिकारी र अभिभावक सङघका पदाधिकारीहरूलाई विहान 10 वजे विदयालयको प्राङगणमा उपस्थिति को लागि हार्दिक अनुरोध गर्दछौं

Photos from प्रतिभा मा वि -Prativa Secondary School's post 07/04/2024

Comming soon.... .edu.np

Photos from प्रतिभा मा वि -Prativa Secondary School's post 07/03/2024

पुरानो गुँड र नयाँ गुँड बीच काे संक्रमणकालीन अवस्था class -10

04/03/2024

class 10

25/02/2024

सिक्ने हो की...!

25/02/2024

सोच्ने होकी...!

Photos from प्रतिभा मा वि -Prativa Secondary School's post 23/02/2024

आजको शुक्रवारे कार्यक्रम

Photos from प्रतिभा मा वि -Prativa Secondary School's post 22/02/2024

विज्ञान विषय कक्षा 10 का विद्यार्थीहरु डिजिटल सञ्चार प्रणालीकाे महत्त्वपूर्ण अंग टेलेकमुनिकेशन (टावर)काे अवलोकन गर्दै

Want your school to be the top-listed School/college in Salyan?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

बनगाड कुपिन्डे ०९, जयतपानी
Salyan
22200