ब्राइट रोज ल्यान्ड बोर्डिङ स्कुल को अभिभावक भेलामा प्रशिक्षक डिआर भण्डारीले अभिभावकहरूलाई प्रशिक्षण दिँदै 💗
Bright Rose land Boarding
अनुशासन र सस्कार युक्त शिक्षा हाम्रो दायित्व �
अभिभावक भेलाको अवसरमा आदरणीय डि.आर भण्डारी सरले अचम्मको खेलबाट अभिभावकहरूलाई केही कुरा सिकाउनुभएको छ। 💗
21/06/2026
मिति २०८३/०३/०७ गते आइतबार आयोजित अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रममा सञ्चालक समिति अध्यक्ष श्री झक्कु प्रसाद शर्माको सभाध्यक्षता रहेको थियो। जिल्ला प्याब्सन उपाध्यक्ष श्री खिमराज डिसी प्रमुख अतिथि तथा आजको कार्यक्रमका प्रशिक्षक श्री डी.आर. भण्डारी विशिष्ट अतिथिको रूपमा उपस्थित ,कार्यक्रममा प्रधानाध्यापक श्री इन्द्रबहादुर भण्डारी, कोअर्डिनेटर श्री चुडामणि केसी, सहायक प्रधानाध्यापक श्री रिता न्यौपाने, सम्पूर्ण अभिभावकज्यूहरू तथा शिक्षकहरूको सहभागिता रहेको थियो।
विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पुग्ने उद्देश्यले श्री डी.आर. भण्डारीद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन गरियो। साथै विद्यालयको शैक्षिक क्षेत्रमा विविध सुधार तथा थप गुणस्तर कायम गर्ने सम्बन्धमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
यसै भेलामार्फत विद्यालय अभिभावक संघ गठन गरियो, जसमा श्री रेशम भण्डारी अध्यक्षमा चयन हुनुभयो।
सदस्यहरू: • श्री खड्कप्रसाद लामिछाने
• श्री ललिता कुमारी चन्द
• श्री बालिका शर्मा
• श्री मुना बस्नेत
• श्री टिका वली
सम्पूर्ण समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ। साथै, कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण अभिभावकज्यूहरू प्रति विशेष धन्यवाद तथा हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।
हाम्रो निम्तोलाई स्वीकार गरी आफ्नो अमूल्य समय प्रदान गर्दै प्रशिक्षण दिनुहुने आदरणीय डी.आर. भण्डारी सरलगायत सम्पूर्ण शिक्षकवर्ग तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ।
Bright Rose land Boarding स्कूल
बागचौर नगरपालिका–२, बागचौर, सल्यान
20/06/2026
#गाडी-रुट-समय #
अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम
20/06/2026
हार्दिक निमन्त्रणा
बालबालिकाको पहिलो पाठशाला भनेको घरपरिवार हो।
बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्नका लागि शिक्षकले मनोवैज्ञानिक पक्षलाई ख्याल गरी शिक्षण गर्नुपर्छ भने अभिभावकज्यूहरूले समेत मनोवैज्ञानिक पक्षमा ध्यान दिनु आवश्यक देखिन्छ।
त्यसैले यी यावत विषयमा प्रशिक्षण प्रदान गर्न भोलि बिहान ठीक ११:०० बजेदेखि उत्कृष्ट प्रशिक्षक आउँदै हुनुहुन्छ।
कृपया सम्पूर्ण अभिभावकज्यूहरू समयमै उपस्थित भई सहकार्य गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ।
ब्राइट रोजल्याण्ड बोर्डिङ स्कूल , बागचौर नगरपालिका–२ ले विद्यार्थी भाइबहिनीहरूको शैक्षिक गुणस्तर विकास गर्न अभिभावकसँगको समन्वय अत्यन्त आवश्यक पर्ने बुझाइका साथ यही मिति २०८३/०३/०७ गते अभिभावक भेलाको आयोजना गर्दैछ।
उक्त भेलामा यहाँहरूका आवश्यक घरायसी एवं पेसागत कामलाई केही समयका लागि स्थगित गरी आफ्ना बालबालिकाको पढाइ–लेखाइलाई महत्त्व दिई अनिवार्य रूपमा उपस्थित भईदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। 🙏
Math Race❤️
19/06/2026
Happy birthday to you Dipson Dc feom class three🎂🎂🎂🎂
18/06/2026
Happy birthday to you Subash oli from nursery blue🎂🎂🎂
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Salyan