श्री गाउँवेसी जनजागरण आधारभूत विद्यालय बा.न.पा १२ बाफुखाेला सल्यान

श्री गाउँवेसी जनजागरण आधारभूत विद्यालय बा.न.पा १२ बाफुखाेला सल्यान

Share

गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय

Photos from श्री गाउँवेसी जनजागरण आधारभूत विद्यालय बा.न.पा १२ बाफुखाेला सल्यान's post 01/06/2026

श्री गाउँवेसी जनजागरण आधारभूत विद्यालय बा.न.पा.१२ बाफुखाेला पानीढल सल्यान विद्यालयमा कार्यालय व्यवस्थापनको लागि बागचौर नगरपालिकाको कार्यालयबाट साेफा २ सेट, टेबुल ठुलाे १ वटा, टेवल साना ७ वटा, कुर्सी घुम्ने १ वटा, कुर्सी पलाष्टिक १५ वटा,दराज काठकाे १ वटा,कार्पेट १ राेल, पि.फम 30 मिटर, राेष्टम १ वटा, समान उपलब्ध भएका छन । ति सामानको प्रयोग गरि कार्यालय व्यवस्थापन र कक्षाकाेठा व्यवस्थापन भएको छ। हाम्रो मागलाई सम्बोधन गर्नु हुने नगर प्रमुख श्री जनकराज गाैतम,नगर उपप्रमुख श्री Sumnima DC Oli प्रमुख प्रशासकीय अधिकृत श्री टंक बहादुर भट्टराई,वडा न. १२ का वडा अध्यक्ष तथा शिक्षा समिति संयोजक श्री Tikaram Oli , बागचौर नगरपालिका स्टोर शाखा प्रमुख लगायत सहयोग गर्नुहुने सम्पूर्णमा विद्यालयको तर्फबाट हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं ।आगामी दिनहरूमा पनि सहयोगको लागि पुर्ण आशा,भरोसा एवं अपेक्षा गर्दछाैँ ।

सन्ताेष खत्री नाेखिराम खत्री
वि.ब्य.स.अध्यक्ष नि.प्रधानाध्यापक

तथा सम्पूर्ण विद्यालय परिवार बा.न.पा.
12 बाफुखाेला पानीढल सल्यान

Photos from श्री गाउँवेसी जनजागरण आधारभूत विद्यालय बा.न.पा १२ बाफुखाेला सल्यान's post 30/05/2026

#हार्दिक_बधाई_तथा_शुभकामना
बागचाैर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा बागचौरले सञ्चालन गरेको नगरपालिका स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगितामा हाम्रो यस श्री #गाउँवेसी जनजागरण आधारभूत विद्यालय बा.न.पा.१२ बाफुखाेला पानीढल सल्यान विद्यालयबाट सहभागी भई आधारभूत तह (कक्षा १-५ )को हिसाब दौड प्रतियोगितामा सहभागी ४९ वटा विद्यालय मध्येबाट #बिशाल वली #प्रथम स्थान हासिल गर्न सफल हुनुभएकोमा उहाँ लाई विद्यालय परिवार काे तर्फबाट हार्दिक बधाई तथा आगामी दिनहरूमा तपाईँको निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं।साथै अन्य सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई।

13/05/2026
Photos from श्री गाउँवेसी जनजागरण आधारभूत विद्यालय बा.न.पा १२ बाफुखाेला सल्यान's post 05/05/2026

विद्यार्थी भर्ना अभियान पछि आज शैक्षिक सत्र २०८३ काे विद्यालय सञ्चालनकाे दोस्रो दिन हामीलाई विश्वास गर्दै आफ्ना नानीबाबुहरू लाई हाम्रो जिम्मामा सुम्पिनु हुने सम्पूर्ण अभिभावकज्यूहरू प्रति हार्दिक आभार व्यक्त गर्दछौं।
तपाईंहरूले देखाउनु भएको विश्वास हाम्रो लागि केवल जिम्मेवारी मात्र होइन, एउटा ठूलो प्रेरणा पनि हो। हामी तपाईंहरूको विश्वास लाई कहिल्यै डगमगाउन दिने छैनौं। प्रत्येक नानीबाबुको भविष्य उज्यालो बनाउन, गुणस्तरीय शिक्षा, अनुशासन र संस्कारसहित अघि बढ्ने हाम्रो प्रतिबद्धता दृढ छ।
हामीसँगै जोडिनु भएकोमा धन्यवाद। आउनुहोस्, हामी सबै मिलेर सामुदायिक विद्यालयको गरिमा अझ उच्च बनाऔं। २०८३-०१-२२

Photos from श्री गाउँवेसी जनजागरण आधारभूत विद्यालय बा.न.पा १२ बाफुखाेला सल्यान's post 05/05/2026

श‌ैक्षिक सत्र २०८३ मा विद्यार्थी भर्ना अभियानकाे क्रममा घरदैलाे अभियान २०८३-०१-१७

Photos from श्री गाउँवेसी जनजागरण आधारभूत विद्यालय बा.न.पा १२ बाफुखाेला सल्यान's post 22/04/2026

शिक्षक स्टापहरू शैक्षिक सामाग्री निर्माण गर्दै २०८३-०१-०९

14/04/2026

नव वर्ष २०८३ को पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी, शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजीवी, शुभचिन्तक एवं देश तथा विदेशमा रहनुहुने समस्त नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

श्री गाउँवेसी जनजागरण आधारभूत विद्यालय बा.न.पा १२ बाफुखाेला सल्यान परिवार।

Photos from श्री गाउँवेसी जनजागरण आधारभूत विद्यालय बा.न.पा १२ बाफुखाेला सल्यान's post 06/04/2026

बा.न.पा १२ वडा शिक्षा समितिले परीक्षा केन्द्र निर्धारण गरी वडा नम्बर १२ मा रहेका ५ वटा विद्यालयको कक्षा ५ काे वडास्तरीय परीक्षा सञ्चालन गरेकोमा हाम्रो यस श्री गाउँवेसी जनजागरण आधारभूत विद्यालय बा.न.पा १२ बाफुखाेला सल्यान विद्यालय वडा बाट शैक्षिक उपलब्धिको आधारमा #प्रथम #स्थान र विद्यार्थी धिराज वलीले #द्वितीय स्थान ल्याउन सफल हुनुभएको छ।कक्षा ५ काे वडा स्तरीय परीक्षामा सहभागी भई उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यालयका विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं। साथै विद्यालयलाई यो स्थानसम्म ल्याइ पुर्‍याउन सहयोग गर्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष लगायत सम्पूर्ण सदस्यज्यूहरू, शि.अ.सं.समिति अध्यक्ष लगायत सम्पूर्ण सदस्यज्यूहरू, बागचाैर नगरपालिका परिवार, वडा नं १२ को वडा शिक्षा समिति, वडा कार्यालय परिवार,सम्पूर्ण शिक्षक स्टाफहरू,सम्पूर्ण अभिभावकज्यूहरू विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछाैँ ।

केश बहादुर वली सन्ताेष खत्री
प्रधानाध्यापक वि.व्य.स. अध्यक्ष
एवंम सम्पूर्ण विद्यालय परिवार बा.न.पा.१२ सल्यान

Photos from श्री गाउँवेसी जनजागरण आधारभूत विद्यालय बा.न.पा १२ बाफुखाेला सल्यान's post 05/04/2026

श्री गाउँवेसी जनजागरण आधारभूत विद्यालय बा.न.पा १२ बाफुखाेला सल्यान विद्यालयमा शैक्षिक सत्र २०८२ सालको वार्षिक परीक्षाको नतिजा आज मिति २०८२ साल चैत्र महिनाको २२ गते आइतबारका दिन सार्वजनिक गरिएको छ।सबै विद्यार्थी भाइ बहिनीहरुलाइ उज्ज्वल भविष्यकाे कामना सहित हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं ।

Want your school to be the top-listed School/college in Salyan?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

बागचाैर नगरपालिका 12 बाफुखाेला सल्यान
Salyan