सूचना !!!
शैक्षिक सत्र २०८३ को कञ्चन गाउँपालिकाको शैक्षिक क्यालेन्डर अनुसार मिति २०८३/०४/०१ गतेदेखि २०८३/०४/१७ गतेसम्म वर्षे बिदा हुने तथा मिति २०८३/०४/१८ गतेबाट यथासमयमा विद्यालय सञ्चालन हुने व्यहोरा सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा सरोकारवालाहरू सबैलाई जानकारी गराइन्छ।
श्री दुर्गा मा. बि. Shree Durga Secondary School
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री दुर्गा मा. बि. Shree Durga Secondary School, School, Kanchan/1 , Lausa, Rupandehi.
15/07/2026
🎂 जन्मोत्सवको शुभकामना तथा धन्यवाद ज्ञापन 💐
यस श्री दुर्गा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक पूजा खत्री मिसको आज पर्न गएको शुभ जन्मोत्सवको पावन अवसरमा उहाँको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति एवं निरन्तर उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
साथै, उहाँले आफ्नो जन्मदिनको पावन अवसरमा यस विद्यालयमा गठित:
जुनियर/युवा रेडक्रस सर्कल (जुरेस/युरेस) लाई रु. १,५००/-
बाल क्लब लाई रु. १,५००/- का दरले कुल रु. ३,०००/- (अक्षरेपि तिन हजार रुपैयाँ मात्र) आर्थिक सहयोग प्रदान गर्नुभएकोमा विद्यालय परिवार तथा सम्बन्धित क्लबहरूको तर्फबाट उहाँप्रति हृदयदेखि नै हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौँ।उहाँको यो सहयोगी भावनाको उच्च कदर गर्दै पुनः जन्मदिनको लाखौँ लाख शुभकामना!
15/07/2026
यस श्री दुर्गा माध्यमिक विद्यालयको कक्षा के.जी मा अध्ययनरत छात्र Ram pariyar, Laxman Pariyar र कक्षा १० मा अध्ययनरत छात्र Meghraj Khanal Chhetri को आज पर्न गएको शुभ-जन्मदिनको पावन अवसरमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
🎂❤️
09/07/2026
🎉 गर्वको क्षण | ! 🎉
SEE २०८२ को ग्रेडवृद्धि परीक्षाको नतिजापश्चात् श्री दुर्गा माध्यमिक विद्यालयले पुनः शतप्रतिशत (१००%) सफलता कायम गर्न सफल भएको छ।
यस उपलब्धिसँगै एक विषयको ग्रेडवृद्धि परीक्षाको नतिजापश्चात् विद्यालयकी प्रतिभाशाली छात्रा मनिका घर्ती मगर ले उत्कृष्ट GPA 3.84 प्राप्त गरी विद्यालयको गौरव अझ उँचो बनाएकी छन्।
यस ऐतिहासिक सफलताका लागि मनिका घर्ती मगरलाई हार्दिक बधाई तथा आगामी शैक्षिक यात्राको उज्ज्वल सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। साथै, यस सफलतामा योगदान पुर्याउनुहुने सम्पूर्ण शिक्षक, कर्मचारी,वि.व्य.स. र शि.अ.स.का सम्पूर्ण पदाधिकारी ,अभिभावक तथा शुभेच्छुकहरूप्रति विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ।
📚 शिक्षा, अनुशासन र उत्कृष्टताप्रति हाम्रो प्रतिबद्धता।
श्री दुर्गा माध्यमिक विद्यालय
कञ्चन–१, लौसा, रुपन्देही
यस श्री दुर्गा माध्यमिक विद्यालयमा आज मिति २०८३ साल असार २४ गतेदेखि प्रथम त्रैमासिक परीक्षा सुरु….!!
08/07/2026
यस श्री दुर्गा माध्यमिक विद्यालयमा आज मिति २०८३ साल असार २४ गतेदेखि प्रथम त्रैमासिक परीक्षा सञ्चालन भएको जानकारी सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूमा गराइन्छ।
सम्पूर्ण विद्यार्थीहरूलाई समयमै विद्यालय उपस्थित भई परीक्षा मर्यादित, अनुशासित र इमान्दारितापूर्वक दिन हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
�श्री दुर्गा माध्यमिक विद्यालय�कञ्चन–१, लौसा, रुपन्देही
07/07/2026
💐 धन्यवाद तथा कृतज्ञता ज्ञापन 💐
मिति: २०८३/०३/२३
आज जनसेवा स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाद्वारा स्थापित अक्षय कोषको ब्याजबाट प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने निरन्तरता स्वरूप यस दुर्गा माध्यमिक विद्यालय, लौसाका १२ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।विद्यार्थीहरूको उज्ज्वल भविष्य र शिक्षामा टेवा पुर्याउने उद्देश्यका साथ गरिएको यस पवित्र एवं सराहनीय कार्यका लागि जनसेवा स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष सामाजिक व्यक्तित्व धर्मगत्त सर तथा सम्पूर्ण पदाधिकारी ज्यु एंवम सहकारी संस्था परिवारप्रति दुर्गा माध्यमिक विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दै भावपूर्ण धन्यवाद ज्ञापन गर्दछ।आगामी दिनहरूमा पनि यस्तै सहयोग, सहकार्य र सद्भावको निरन्तरता रहने अपेक्षा गर्दछौँ।
धन्यवाद !📍 विद्यालय परिवार
दुर्गा माध्यमिक विद्यालय, लौसा
゚ ゚viralシfypシ゚
゚viralシfypシ゚viralシalシ
03/07/2026
यस श्री दुर्गा माध्यमिक विद्यालयमा गठित दुर्गा बाल क्लबकी अध्यक्ष रोजिना सूर्यवंशीज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।आज पर्न गएको शुभ-जन्मदिनको पावन अवसरमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
🎉🎉🎉🎉🥰
02/07/2026
यस श्री दुर्गा माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत छात्रा Gita pariyar र कक्षा २ मा अध्ययनरत छात्र Anup Tharu को आज पर्न गएको शुभ-जन्मदिनको पावन अवसरमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
🎂❤️
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Website
Address
Rupandehi
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |