Shree Devi Mandir Ma.Vi pobang Rolpa-श्री देवी मन्दिर माध्यमिक विद्यालय

  • Home
  • Nepal
  • Rolpa
  • Shree Devi Mandir Ma.Vi pobang Rolpa-श्री देवी मन्दिर माध्यमिक विद्यालय

Shree Devi Mandir Ma.Vi pobang Rolpa-श्री देवी मन्दिर माध्यमिक विद्यालय Sunchhahari-5 Pobang Rolpa

शिक्षक आवश्यकता सम्बन्धी सूचना ।।।
18/05/2026

शिक्षक आवश्यकता सम्बन्धी सूचना ।।।

संघीय अनुदान तर्फ माध्यमिक तह तृतीय श्रेणी गणित विषयको शिक्षक आवश्यकता सम्बन्धी सूचना ।
27/04/2026

संघीय अनुदान तर्फ माध्यमिक तह तृतीय श्रेणी गणित विषयको शिक्षक आवश्यकता सम्बन्धी सूचना ।

श्री देवी मन्दिर मा. वि सुनछहरी गाउँपालिका पोबाङ रोल्पाले आज मिति २०८२/१२/२० गतेका दिन एक कार्यक्रमको आयोजना गरी कक्षा ब...
03/04/2026

श्री देवी मन्दिर मा. वि सुनछहरी गाउँपालिका पोबाङ रोल्पाले आज मिति २०८२/१२/२० गतेका दिन एक कार्यक्रमको आयोजना गरी कक्षा बालविकास देखि कक्षा ७ र कक्षा ९ का विद्यार्थी हरुको नतिजा प्रकाशन गरेको छ । नतिजा प्रकाशन सँगै प्रथम द्वितीय र तृतीय हुने विद्यार्थी हरुलाई पुरस्कार वितरण गरिएको छ। यसका साथै विविध विधामा विद्यार्थीहरूलाई पुरस्कृत गर्नुका साथै छात्रवृत्ति पनि वितरण गरिएको छ ।

विविध विधामा शिक्षक हरुलाई सम्मान तथा पुरस्कार वितरण पनि गरिएको हो। पुरस्कृत हुने शिक्षकमा विकास पुन मगर उत्कृष्ट शिक्षक र बेन्जु सुवेदी सबै भन्दा बढी हाजिरी हुने शिक्षकको रूपमा सम्मानित हुनुभएको थियो।

कार्यक्रममा शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन यस विद्यालयका प्रअ जंग बहादुर पुन मगरले गर्नु भएको हो।

यस विद्यालयको माध्यमिक तह ,तृतीय श्रेणी -गणित बिषयको शिक्षक पदमा कार्यरत श्री प्रथम महरा ज्युको आज पर्न गएको शुभ जन्मदिन...
23/03/2026

यस विद्यालयको माध्यमिक तह ,तृतीय श्रेणी -गणित बिषयको शिक्षक पदमा कार्यरत श्री प्रथम महरा ज्युको आज पर्न गएको शुभ जन्मदिनको अवसरमा विद्यालय प्रशासन परिवारबाट जन्मदिनको धेरै धेरै शुभकामना ।👑👑👑👑

सुनछहरी गाउँपालिका स्तरीय आधारभूत तह (कक्षा -८) को बार्षिक परीक्षा संचालन तथा ब्यबस्थापनको लागि हाम्रो विद्यालयमा खटी आउ...
22/03/2026

सुनछहरी गाउँपालिका स्तरीय आधारभूत तह (कक्षा -८) को बार्षिक परीक्षा संचालन तथा ब्यबस्थापनको लागि हाम्रो विद्यालयमा खटी आउनुभएका केन्द्राध्यक्ष श्री हिमलाल पोख्रेल सरलाई हार्दिक स्वागत छ।

हाम्रो यस श्री देवी मन्दिर मन्दिर माध्यामिक विद्यालयका सुनछहरी -५ पोबाङ रोल्पाका  विद्यालय सहायक श्री मोहन बहादुर पुनलाई...
21/03/2026

हाम्रो यस श्री देवी मन्दिर मन्दिर माध्यामिक विद्यालयका सुनछहरी -५ पोबाङ रोल्पाका विद्यालय सहायक श्री मोहन बहादुर पुनलाई आज पर्न गएको जन्मदिनको भारी शुभकामना ।

कक्षा १० का SEE दिने विद्यार्थी हरुलाई शुभकामना तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ  २०८२/११/२९देवी मन्दिर मा. वि ...
13/03/2026

कक्षा १० का SEE दिने विद्यार्थी हरुलाई शुभकामना तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ २०८२/११/२९
देवी मन्दिर मा. वि सुनछहरी गाउँपालिका ५ पोबाङ रोल्पा।

25/02/2026

हाम्रो यस श्री देवी मन्दिर मा.बि. पोबाङमा अध्यापनरत १४ जना शिक्षकहरुबाट सुनछहरी गाउँपालिका -५ पोबाङ निवासी बले पुनमगरको उपचारार्थ रु.३०,२८२.२२ सहयोग गर्नुभएको छ ।

Pre examination test of class 10 has been started
20/02/2026

Pre examination test of class 10 has been started

हाम्रो यस श्री देवी मन्दिर मा.वि. पोबाङ रोल्पालाई रोष्टम प्रायोजन गरि सहयोग गर्नुभएकोमा यसै पोबाङ निवासी तपाईं श्री नवीन...
09/02/2026

हाम्रो यस श्री देवी मन्दिर मा.वि. पोबाङ रोल्पालाई रोष्टम प्रायोजन गरि सहयोग गर्नुभएकोमा यसै पोबाङ निवासी तपाईं श्री नवीन पुनमगरलाई विद्यालय परिवारको तर्फबाट धेरै धेरै धन्यवाद ...आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्दै तपाइको वैदेशिक यात्रा सुखद रहोस । हजुरको यात्रा शुभ रहोस।

आज मिति २०८२/०९/१८ गते शुक्रवारका दिन यस  श्री देवी मन्दिर माध्यमिक विद्यालय पोवाङ रोल्पामा नेपाल एस वि आई बैंक लिमिटेड ...
02/01/2026

आज मिति २०८२/०९/१८ गते शुक्रवारका दिन यस श्री देवी मन्दिर माध्यमिक विद्यालय पोवाङ रोल्पामा नेपाल एस वि आई बैंक लिमिटेड सुनछहरी शाखाको आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस विद्यालयमा अध्ययनरत जम्मा १४६ जना विद्यार्थी हरुलाई झोला बितरण कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा एस वि आई बैङ्क परिवार,वि. व्य. स, शिक्षक अभभावक संघ तथा यस वडाका वडा अध्यक्ष देवीलाल रोका मगर लगायतको उपस्थिति रहेको थियो।
अत्यन्त सराहनीय कार्य गरेकोमा नेपाल एस वि आई बैंक लिमिटेड सुनछहरी शाखा प्रति निकै आभारी छौं।
विद्यालय परिवार

Address

Sunchhahari-5 Pobang Rolpa
Rolpa

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Friday 10:00 - 13:00

Telephone

+9779844911531

Website

Alerts

Be the first to know and let us send you an email when Shree Devi Mandir Ma.Vi pobang Rolpa-श्री देवी मन्दिर माध्यमिक विद्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category