श्री मा. वि. सिक्राल, मन्थली 12 गेलु, रामेछाप

श्री मा. वि. सिक्राल, मन्थली 12 गेलु, रामेछाप

Share

school

08/07/2026

श्री मा वि सिक्रालवाट शैक्षिक शत्र २०८२ मा ३३ जनामा ३२ जना विद्यार्थी राम्रो जिपिए सहित माध्यमिक तह उत्तीर्ण भएका छन्। उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुमा हार्दिक बधाई तथा उच्च शिक्षाको लागि विशेष शुभकामना। १ जना छात्र परीक्षामा सहभागी नभएकोले शतप्रतिशत नतिजा ल्याउन सकिएन। आगामी शैक्षिक सत्रमा शतप्रतिशत नतिजा ल्याउन विद्यालय परीवार प्रतिवद्द रहेको छ। सवै सरोकारवालाहरुको सहयोगको अपेक्षा।

14/04/2026

श्री मा वि सिक्रालका अनुभवि एवं मेहनति अर्थशास्त्र र लेखा शिक्षक श्री रामहरी बुढाथोकीले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा ( MBS) स्नातकोत्तर तहमा पहिलो डिभिजनका साथ पास गरेकोमा हार्दिक बधाई एवं थप शैक्षिक उन्नति प्रगतिको कामना गर्दछु।

07/04/2026
Photos from श्री मा. वि. सिक्राल, मन्थली 12 गेलु, रामेछाप's post 09/03/2026

श्री मा वि सिक्रालका पूर्व विद्यार्थी ,डाक्टर कृष्ण हरि वुढाथोकी हाल संघिय सांसदमा रामेछाप जिल्लावाट प्रतिनिधित्व गर्नु भएकोले हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दै हामी विद्यालय परिवार। विद्यालय परिवारसँग माननीय डा कृष्णहरि वुढाथोकी ज्यू ।

Photos from श्री मा. वि. सिक्राल, मन्थली 12 गेलु, रामेछाप's post 20/11/2025

शिक्षा र समाज सेवामा समर्पित मंथली १२ का पूर्व विद्यार्थी भाईहरू शान्त पहरी र युवराज वुढाथोकीले श्री मा वि सिक्रालका खेलाडी भाई वहीनीहरूलाई खेल खेल्न सहजताको लागि स्व स्फूर्त रुपमा पवित्र मनले जर्सी कपडा सहयोग गर्नु भएकोमा विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दै मुक्तकण्ठले प्रशंसा गर्दछ। आगामी दिनमा पनि सहयोगको अपेक्षा राख्दै उहाँहरूको उज्ज्वल भविष्यको कामना गर्दछौं।
पवनराज खड्का
प्रधानाध्यापक
एवं समस्त विद्यालय परिवार
मंथली १२ गेलु, रामेछाप।

Photos from श्री मा. वि. सिक्राल, मन्थली 12 गेलु, रामेछाप's post 21/09/2025
29/08/2025

श्री मा वि सिक्रालको अंग्रेजी शिक्षक कला ओलीको छोरी एवं सोही विद्यालयमा नर्सरी कक्षामा अध्ययनरत छात्रा काव्य खत्री (सानी) अचानक विरामी भएर वाल कान्ति अस्पताल महाराजगन्जको ईमरजेन्सी कक्षामा उपचार भइरहेको छ। थप उपचारको लागि निजको रगत परीक्षणको लागि भारत पठाईएको छ। आशा गरौ, रिपोर्ट सकारात्मक आउने छ। विद्यालय परिवार सानीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । विद्यालय परिवार मावि सिक्राल
मंथली १२ रामेछाप।

26/08/2025

सूचना !!!
यही मिति २०८२ साल भदौ ११ गते बुधबार मन्थली नगरपालिका बालमैत्री शासनयुक्त नगर घोषणा समारोह आयाेजना गरिएकाे हुँदा उक्त कार्यक्रममा यस विद्यालयका सम्पूर्ण शिक्षकहरू अनिवार्य उपस्थित हुने हुँदा भाेलि ११ गते बुधबार विद्यालयमा नियमित पठनपाठन लगायतका सम्पूर्ण शैक्षिक तथा प्रशासनिक कार्यहरु नहुने/बन्द हुने बेहाेरा सम्पूर्ण विद्यार्थी तथा अभिभावकज्यूहरूमा अनुरोध छ।

Want your school to be the top-listed School/college in Ramechhap?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Manthali 12, Gelu
Ramechhap
45400