Nepali Congress Ramechhap Kshetra No.-1

Nepali Congress Ramechhap Kshetra No.-1

Share

Nepali Congress for all.

21/11/2015

नेपाली काँग्रेस क्षेत्रिय कार्य समिति तथा नगर समन्वय समितिकाे अायाेजनामा मिति २०७२ मंसिर १८ र १९ गते नगरपालिका स्तरिय प्रशिक्षण कार्यक्रम हुने भएकाे छ । रामेछाप नगर पालिका र मन्थली नगरपालिका अन्तर्गतका १ नं. क्षेत्रमा पर्ने नगरका वडाहरूबाट प्रत्येक वडाबाट कम्तिमा १ जना महिला सहित ६ जनाकाे प्रतिनिधत्व साे प्रशिक्षणमा रहने व्यवस्था गरिएकाे छ ।

Photos 26/08/2014

जन नायक वी पी काेइराला जन्म शताब्दी – वी पी बिचार यात्रा भाद्र १ गते देखी बिराटनगरबाट शुरू भैसकेकाे छ । यात्रामा रहेकाे केन्द्रिय टाेली रामेछाप जिल्लामा २०७१ साल भाद्र १६ गते प्रवेश हुनुहुनेछ । १६ गते बेलुका साँघुटारमा मुकाम, १७ गते साँघुटारकाे बाँकीमैरीमा चियापान, १७ गते दिउँसाे देउरालीमा बिहानकाे खाना र वृक्षराेपण, सालुमा भेटघाट र १७ गते बेलुका जिल्लाकाे पुरानाे सदरमुकाम रामेछाप बजारमा वी पी काे वृत्त चित्र प्रदर्शन तथा बास बस्ने र १८ गते बेतीनी हुँदै खुर्काेट अनि सिंधुली जिल्लालाइ हस्तान्तरण अनि १९ गते रामेछापकाे सित्खामा कार्यक्रम । याे कार्यक्रममा सम्बन्धित सबै साथीहरूलाइ अा–अाफ्नाे ठाउँबाट उपस्थित भइ सहयाेग गरिदिनुहुन सादर अनुराेधका साथ हार्दिक निमन्त्रणा गर्दछु । जय नेपाल ।

–लेखबहादुर कार्की, सभापति, नेपाली काँग्रेस क्षेत्र नं. १ रामेछाप ।

Photos 17/07/2014

मानवीय सहयाेगकाे लागी अपिल ।
रामेछाप जिल्ला खिम्ति गा.वि.स. वडा नं. ५ निवासी वर्ष १८ का अर्जुन बहादुर कार्की हाल व्लड क्यान्सर भएर काठमाण्डाैकाे सिभिल अस्पतालकाे बेड नं. ८२ मा उपचार गराइरहेका छन् । उनका बुबाकाे पनि गत कार्तिकमा क्यान्सरकाे कारण मुत्यु भयाे । उनकाे सहारा भनेकाे काेही छैन । अत्यन्त नाजुक अार्थिक अवस्था रहेकाेले उनकाे उपचार गराउन सकिएकाे छैन । डाक्टरका अनुसार ६ महिना क्यान्सरकाे उपचार गराउन सके उन्काे जीवन बाँच्न सक्छ तर पैसाकाे कारण उपचारलाइ अगाडी लैजान सक्ने अवस्थामा परिवारकाे छैन । हामी केही साथीहरू उसकाे उपचारकाे लागी लागीपरेका छाैं । सरकारले दिने १ लाख बराबरकाे सहयाेगकाे लागी अाज जिल्ला प्रशासन कार्यालय रामेछाप बाट सिफारिस गराइयाे । अन्य साथीहरू सँग पनि सहयाेगकाे लागि हात फैलाउने काम भै रहेकाे छ । म स्वदेश र विदेशमा रहनुहुने सबैमा उनकाे जीवन रक्षाकाे लागी अाफुले सकेकाे अार्थिक सहयाेग गरिदिनुहुन र सहयाेग जुटाइ दिनुहुन अनुराेध गर्दछु । सहयाेगकाे लागी उनकाे छिमेकी काका भुवन कार्की ९७५१००६९१९ र छिमेकी दाइ जीवन कार्की ९८५१०६२६३७ मा सम्पर्क गरिदिनुहाेला । धन्यवाद ।

23/05/2014

नेपाल प्रेस यूनियन रामेछापकाे अध्यक्षमा पुनः बद्रि नयाँघरे निर्विराेध निर्वाचित भएका छन् । अाज भएकाे रामेछाप जिल्लाकाे दाेस्राे अधिवेशनले उहाँलाइ पुनःनिर्वाचित गरेकाे हाे ।

Photos from Nepali Congress Ramechhap Kshetra No.-1's post 11/05/2014

एमाअाेवादीकाे केन्द्रिय कमिटि एस्ताे छ........
विराटनगरमा हालै सम्पन्न एकीकृत नेकपा –माओवादी) को राष्ट्रिय सम्मेलनमा निकै विवादीत बनेको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक गरिएको छ । आज पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गर्दै केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक गरिएको हो ।
९९ जना केन्द्रीय सदस्यहरु भएको सूची हुनुपर्नेमा डा. बाबुराम भट्टराई लगायत अन्य नेताहरुले वहिस्कार गरेपछि सूची भने अपूर्ण छ । अध्यक्ष प्रचण्डले छिट्टै भट्टराई पक्षका नेताहरुलाई पनि समावेश गरेर पूर्ण केन्द्रीय समिति बनाउने बताएका छन् ।

09/05/2014

निगमको संरक्षणमा योजनाबद्ध तेल चोरी

रूपन्देही : नेपाल आयल निगमको डिपो नपुग्दै बाटोमै तेल चोरीको रहस्य बाहिर आयपछि नेपाल आयल निगम सधैं घाटामा रहनुको यथार्थ पनि सार्वजनिक भएको छ। गतसाता रूपन्देहीका २ स्थान पडसरी र मधवलियामा ट्यांकरबाट सीधै तेल चोरी गरी जमिनमुनि लुकाइराखेको घटनामा आयल निगमको संलग्नता रहेको प्रमाणित गरेको छ।

पश्चिमाञ्चाल क्षेत्रीय डिपो भलबारीबाट नौ किलोमिटको दूरीमा रहेको पडसरी र करिब चार किलोमिटरको दूरीमा रहेको मधवलियामा योजनाबद्ध ढंगले भइरहेको तेल चोरीलाई निगमले थाहा नपाउनु लज्जास्पद भएको स्थानीयको भनाइ छ। बुटवल भैरहवाको सडकखण्डबाट प्रत्यक्ष देखिने करिब ५० मिटरको दूरीमा दैनिक दर्जनौं ट्यांकरबाट तेल चोरी भइरहेको थियो। सोही बाटो भएर निगमका कर्मचारी भैरहवा आवतजावत गर्दथे तर उनीहरूले कहिल्यै चोरी भएको देखेनन्।

तेल चोर्ने काइदा

भारतबाट नेपाल भित्रिने ट्यांकरहरू बेलहियाबाट पडसरीसम्म सुस्त गतिमा जाने गर्दछन्। पडसरीमा रहेको एउटा पेट्रोलपम्पको नजिकै रहेको बाटोबाट भित्र छिर्ने ट्यांकरहरू केहीबेर उक्त गाउँमा गाडी रोकेर चियानास्ता गर्छन्। त्यतिबेलासम्म त्यहाँ जेनेरेटरको सहयोगमा प्रत्येक ट्यांकरबाट झन्डै दुई हजार लिटर तेल निकालिन्छ।निर्धक्कसाथ निकालिएको तेल त्यहाँ भण्डारको लागि राखिएको ड्रम र जमिनमुनिको ट्यांकमा सोलीको माध्यमबाट खन्याइन्छ।

त्यसपछि ट्यांकर भलबारीतिर लाग्दछन्। पडसरीबाट भलबारी पुग्दासम्म चालकले ट्यांकरमा पचासौं पटक ब्रेक हान्छन् जसका कारण भित्र रहेको तेल छचल्किन्छ अनि गाज आउँछ। गाजको कारण ट्यांकर भरी देखिन्छ। निगममा छिर्नेबित्तिकै कर्मचारीले थाहा पाउछन् कि उक्त ट्यांकरबाट तेल निकालेको छ कि छैन भन्ने। तर उनीहरू थप भत्ताको हिसाब जोड्दै तोडिएको शिललाई पनि कागजमा ठीक भनी प्रमाणित गर्दै खोल्छन् र तेल खन्याउँछन्। प्रत्येक दिन दर्जन बढी ट्यांकरले यसरी तेल चोरी गरिरहेका हुन्छन्।

चोरेको तेल निजी पम्प तथा स्थानीय व्यवसायीलाई बेच्छन्। यो त व्यवसायीले चोर्ने काइदा भयो। यसका अतिरिक्त चालकले आफ्नै ढंगले बीच सडकमै गाडी रोकेर तेल चोर्ने गर्दछन्। सडकछेउमा दुई, तीनवटा ट्यांकर एकैचोटी रोकेर उनीहरूले पाइपमार्फत ड्रममा तेल भर्ने गरेको पनि भेटिन्छ। प्रत्येक ट्यांकरबाट तेल चोर्दा चोरलाई कम्तीमा दुई लाख फाइदा हुने र रकमको आधा हिस्सा कर्मचारीलाई पु:याउने गरेको स्रोतको भनाइ छ।

डिजेल चोरका नाइकेहरू

रूपन्देहीको पडसरी र मधवलियामा तेल चोरी गरेर जमिनमुनि लुकाइराखेको अवस्थामा दुई स्थानबाट १७ हजार लिटर डिजेलसहित २२ जना ट्यांकरचालक र सहचालकलाई राष्ट्रिय सतर्कता केन्द्र र रूपन्देही प्रहरीको संयुक्त टोलीले पक्राउ गरी कारबाही अघि बढाएको छ। पश्चिमाञ्चाल क्षेत्रीय डिपो भलबारी पु:याउनुपर्ने तेल बीच बाटोमै शिल तोडी योजनाबद्ध रूपमा तेल चोर्ने कार्यमा प्रत्यक्ष संलग्न भएकाहरूलाई जिल्ला अदालत रूपन्देहीबाट म्याद थपी थप अनुसन्धान भइरहेको छ।

अनुसन्धानको क्रममा डिजेल चोर्ने कार्यका मुख्य नाइके उद्योगी, व्यापारीका केन्द्रीय नेतासहित प्रतिष्ठित भनेर चिनिएका व्यापारी रहेको आरोप लागेको छ। बाहिर सेतो अनुहार देखिएका व्यापारीहरूको धन्दा भने कालो भएको यो घटनाले पुष्टि गरेको छ। आयल निगमसँग सम्झौता गरेर डिजेल ढुवानीको काम गरिरहेका व्यापारी डिजेल चोरका मुख्य नाइको भएको बुझिएको छ। अहिलेसम्म प्राप्त जानकारीअनुसार नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चोपनारायण श्रेष्ठ, ढुवानी व्यवसायी संघका अध्यक्ष राकेशकुमार कसौधन, पश्चिमाञ्चल ट्यांकर ढुवानी व्यवसायी संघका पूर्वअध्यक्ष हरिबहादुर कुँवर, दयाशंकर कसौधन, प्रेमराज गैरे, पूर्वमन्त्री दानबहादु चौधरीका छोरा लप्पु चौधरीका ट्यांकरहरू डिजेल चोरीमा सक्रिय रहेको स्रोतले जनाएको छ।

चोरीमा संलग्न भएका ट्यांकरलाई नेपाल आयल निगमले निलम्बनसमेत गरेको छ। निगमले सार्वजनिक विज्ञप्ति निकाली इन्डियन आयलको बेतालपुर डिपोदेखि भलबारी डिपोसम्म पेट्रोलियम पदार्थ ढुवानी कार्यमा संलग्न भएका १९ वटा ट्यांकरले तेल चोरी गरेको सम्बद्ध निकायको संयुक्त टोलीले भेटाएको हुँदा तत्काल करार सम्झौता खारेज गरेको जनाएको छ।

चोरी अभियोगमा निलम्बनमा परेका ट्यांकरहरूमा उद्योगी, व्यापारीका नेता भनेर परिचित चोपनारायण श्रेष्ठको ना ३ ख ९७८, लु १ ख ६६३४, लु १ ख ६५८१ र लु १ ख ६५०८, पशुपतिनाथ कसौधन र राजेशकुमार कसौधनको लु १ ख ८१०३, दयाशंकर कसौधनको लु १ ख ६४०४, पप्पुकुमार कसौधनको लु १ ख ६६१६, बालकृष्ण गैरेको लु १ ख ६६३२, प्रेमराज गैरेको लु १ ख २७९२, विनोद उप्रेतीको लु १ ख ६५७९, हरिबहादुर कुँवरको ना २ ख १८४४, रूपादेवी जयसवालको लु १ ख २२२९, सन्जु श्रेष्ठको लु १ ख ६४२३, विनोदकुमार चौधरीको लु १ ख ६६८३, रुद्रप्रसाद शर्माको लु १ ख ६४८८, प्रिया गरुङको लु १ ख ६८९१ र चौधरी फिलिड सेन्टरको ट्र्याक्टर लु १ ख ६६०१ समेत रहेका छन्।

कपिलवस्तु पकडीमा रहेको चौधरी आयल फिलिङ पूर्वमन्त्री दानबहादुर चौधरीका छोरा लप्पु चौधरीको हो। रंगेहात पक्राउ परेकालाई त निगमले निलम्बन गरेको छ तर अप्रत्यक्ष रूपमा वर्षौंदेखि चोरीमा संलग्न अन्य ट्यांकरलाई पनि कारबाही गर्नु जरुरी छ। निगले चोरीमा संलग्नलाई निलम्बन मात्रै होइन लिलामसमेत गर्नुपर्दछ।

यसरी भयो चोरीको पर्दाफास

रूपन्देहीमा प्रहरीप्रमुख भएर आएका विक्रमसिंह थापाले चोरी तस्करी र अवैधानिक धन्दालाई निस्तेज पार्न विभिन्न अप्रेसन नै चलाएका छन्। उनको मिसन अहिलेसम्म सफल पनि भएको छ। ट्यांकरहरूले तेल चोर्ने गरेको सामान्य जानकारी पाएको रूपन्देही प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको छ।

यसैसाता राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव कृष्ण पौडेलको टोलीले भैरहवा—बुटवल सडकखण्डमा योजनाबद्ध तेल चोरी भएको उजुरी परेको भन्दै रूपन्देही आएपछि अनुसन्धानले मूर्तरूप पाएको हो। प्रहरी र केन्द्रको टोली शंकास्पद ठाउँको अनुसन्धानमा हिँड्यो। सादा पोसाकमा रहेको केन्द्रको टोलीले ट्यांकर भएका ठाउँ

बुझ्दै अवलोकन गर्दै जाँदा पडसरी र मधवलियामा रंगेहात भेटाएको हो।

अनुसन्धानमा खटिएका केन्द्रका अधिकृतले भने, 'हामी सादा पोसाकमा जाँदा चोरी भइरहेको थियो। तत्काल खबर गरी पक्राउ गरियो।' डिजेल चोरलाई समात्न प्रहरीप्रमुख थापा र केन्द्रका प्रवक्त ासमेत रहेका पौडेल दुई दिनसम्म आफैं फिल्डमा खटिएका थिए।

कारबाही प्रक्रिया

डिजेल चोरका नाइकेलाई कारबाहीको दायारमा ल्याउन प्रहरी दुई विशेष टोलीसहित खटिएको छ। प्रहरीले १६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। प्रहरीले डिजेल चोरीको सम्बन्धमा थप अनुसन्धानको लागि नियन्त्रणमा लिएकालाई अदालतबाट सातदिने म्याद थपेर अनुसन्धान गरिरहेको रूपन्देही प्रहरीप्रमुख एसपी विक्रमसिंह थापाले जनाए।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ। आयोगको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको एक टोलीले निगमको क्षेत्रीय कार्यालय भलबारी पुगेर कर्मचारीमाथि अनुसन्धान सुरु गरिसकेको आयोगका क्षेत्रीय प्रमुख दुर्गाप्रसाद पोखरेलले बताए।

डिजेल खपत
नेपालमा दैनिक करिब २९ लाख ९८ हजार लिटर डिजेल खपत भइरहेको छ तर निगमले पर्याप्त डिजेल उपलब्ध गराउन सकेको छैन। भारतीय आयल निगम (आईओसी) सँग पेट्रोलियम पदार्थ खरिद गर्ने आयल निगमलाई नेपाल सरकारले बारम्बर करोडौं ऋण सहयोग उपलब्ध गराउँदै आए पनि निगमले तेलको मागअनुसार पूर्ति गर्न सकिरहेको छैन।

नगदमा कारोबार हुने पेट्रोलियम पदार्थ पनि सर्वसाधारणले नपाइरहेको अवस्था एकातिर छ भने अर्कोतिर आयल निगमका कर्मचारी मालामाल भइरहेका छन्। सधैं घाटामा देखिने आयल निगमका कर्मचारी भने बोनस खाइरहेका हुन्छन्। यसैसाता आयल निगमले रकम आईओसीलाई पठाएर तेल नियमित गराएको थियो। निगमले सधैं घाटाको कारण देखाउँदै तेल आपूर्तिमा बारम्बार समस्या निम्ताउँदै आएको छ तर दैनिक लाखौं लिटर तेल चोरी हुँदा अनुसन्धानको पाटो शून्य बनाउनु रहस्यमय देखिएको छ।

सामान्य अवस्थामा आईओसीको रक्सौल डिपोबाट मात्रै दैनिक दुई हजार चार सय किलोलिटर तेल आपूति हुँदै आएको छ। नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको तथ्यांकअनुसार देशभर एक हजार तीन सय ९२ पेट्रोल र डिजेल पम्प सञ्चालनमा छन्। जुन पम्पले पनि सर्वसाधारणलाई ठग्न पम्पमा लगाइएको शिलमा तोडमोड गर्ने, मिटर बिगार्ने गरेको तथ्य भेटिएको छ।

आईओसीले मे १ मा पठाएको नयाँ मूल्यअनुसार निगमको नोक्सानी अब ६९ करोड ६२ लाख पुगेको छ। यसरी बर्सेनि करोडौं घाटाको व्यापार गरिरहेको निगमका डिपो सञ्‍चालक र कर्मचारी भने एकै वर्षमा करोडौं कमाउँछन्। यस विषयमा गहन अनुसन्धान हुनु जरुरी छ।

रूपन्देही प्रहरीप्रमुखलाई बधाईको ओईरो

आयल निगमको तेल चोर माफियाका विरुद्ध अभियान चलाएका रूपन्देहीका प्रहरी उपरीक्षकक विक्रमसिंह थापा अहिले चर्चामा छन्। राज्य डुबाउने खेलमा लागेका कसैलाई पनि नछाड्ने अभियानमा लागेका थापालाई अहिले दिनहुँ राम्रो कामको थालनी गरेको भन्दै रूपन्देहीवासीले बधाई दिइरहेका छन्। उनको मोबाइलमा र प्रत्यक्ष भेटेरै बधाई दिँदै राज्य डुबाउने विरुद्ध कारबाही गर्न आग्रहसमेत गरेका छन्। जस्तोसुकै दबाब आए पनि तेल माफियालाई पक्राउ गरेरै छाड्ने थापा बताउँछन्।नौ महिनाअघि रूपन्देही सरुवा भएर आएलगत्तै तस्करी, लागू औषधविरुद्ध अभियान चलाएका थापा त्यतिबेलाबाट नै चर्चामा थिए।

08/05/2014

काठमाडौ, वैशाख २५ – सरकारले ७२ वटा नयाँ नगरपालिका थप गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले मापदण्ड पुगेका देशका बिभिन्न सहरहरुलाई नगरपालिकाको रुपमा स्वीकृत गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले जानकारी दिनुभयो ।

नयाँ नगरपालिकाको स्वीकृति सँगै नगरपालिकाको संख्या ५८ बाट बढेर १ सय ३० पुगेको छ । जनसंख्या, भौतिक पूर्वाधार र अन्य सुविधाको आधारमा सरकारको प्राबिधिक समितिले बिभिन्न सहरहरुलाई नगरपालिकाका लागि सिफारिस गरेको थियो ।

त्यस्तै मन्त्रीपरिषदको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गोविन्द पोखरेललाई नियुक्त गरेको छ । यसअघि वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक रहेका पोखरेललाई योजना आयोगमा ल्याइएको हो ।

त्यसैगरी विराटनगरमा केही हप्तादेखि फैलिएको जण्डिस र हेपाटाइटिस रोग नियन्त्रणका लागि मुख्य सचिव लिलामणि पौडेललाई प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्न जिम्मा दिएको छ ।

07/05/2014

यस्ताे छ माअाेवादी भित्रकाे रडाकाे...................................
बाबुरामलाई जिल्लाभन्दा माथि ल्याउनु हुँदैन भन्ने जमात ठूलो थियो : प्रचण्ड

विराटनगर : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बाबुराम भट्टराईलाई नेतृत्वमा ल्याउन र अगाडि बढाउनका लागि आफूले २५ वर्षदेखि निरन्तर भूमिका निर्वाह गर्दै आए पनि यसपटक उनको चित्त बुझाउन नसकिएको बताएका छन्।

२ सय ६९ सदस्यीय केन्द्रीय कमिटीलाई ९९ मा झारेर मिलाउनुपर्ने वाध्यात्मक परिस्थितीमा पार्टीभित्र सबैको चित्त बुझाउन नसकिएको दाहालले स्वीकार गरे। '९९ सदस्यीय केन्द्रीय कमिटीमा सबैलाई मिलाउनु कम चुनौतीको विषय हैन, दाहालले भने। विराटनगरमा बुधबार विहान 'प्रस्थान' विमोचन कार्यक्रममा दाहालले भने, 'चित्त बुझाउन नसकेकै कारण बाबुरामजीहरूले केही समय केन्द्रीय कमिटी भन्दा बाहिर बसेर पार्टी पुननिर्माणलाई सहयोग गर्ने भन्नु भएको हो।'हामीले बाहिर बस्नु भनेका हैनौं पार्टीको पुननिर्माणमा सहयोग गर्न बाबुरामजी आँफै बाहिर जानु भएको हो', उनले भने। २२/२५ बर्षदेखि एउटै कमिटीमा रहेर काम गरिरहेका कारण बाबुराम भट्राईको नाम केन्द्रीय कमिटीमा दुई नम्वरमा आफैले प्रस्ताव गरेको जानकारी दाहालले दिए। उनले भने 'पार्टी विभाजन भएको हैन र उहाँले पार्टी छाड्नु पनि भएको हैन तर केन्द्रीय कमिटीबाट केही समय बाहिर बस्छु भन्नुभएकाले हामीले सहयोग गरेका हौं।'

'तर हामी बीचमा कुनै तिक्तता छैन', दाहालले भने, 'तर पार्टी पुननिर्माणका लागि गम्भिर रुपमा लाग्नु पर्ने निर्णय पनि सम्मेलनमा भएको छ ।' उनले बाबुरामलाई केन्द्रीय कमिटी र नेत्रृत्वमा ल्यायो भने भोली धोका हुन्छ भन्ने पुरानो पिढींका नेताहरूको सुझावलाई आत्मासात गर्न नसक्दा केही खटपट भएको उनले स्पष्ट पारे। 'उहाँलाई जिल्ला भन्दा माथि ल्याउन हुँदैन भन्नेहरूको जमात निक्कै ठूलो थियो', दाहालले स्पष्ट पारे, 'बाबुराम जी जस्तो बौद्धिक युवा र बुद्धिजिवीलाई ल्याउनु पर्छ भनेर मैले नै अगाडि ल्याएको हो।' मैले राम्रो मान्छे नै (एस मेन) खोज्ने हो भने २२/२५ वर्षदेखि बाबुराम जी मेरो कमिटीमा हुनु हुने थिएन, उनले भने। संविधानसभा निर्वाचन अघि सम्म नेताहरूको पनि नेताका रुपमा आफूलाई बाबुरामले चित्रित गरेकाले अहिले पनि त्यही अपेक्षा गरेको दाहालको भनाई थियो।

'केन्द्रीय कमिटीको सदस्य संख्या १ सय ५१ राख्ने हेटौंडा महाधिवेशनको निर्णयमा नै विराटनगर सम्मेलनमा पनि सहमति भएको हो', उनले भने 'तर केन्द्रीय कमिटी ९९ जनाको बनाउनु पर्छ भनेर मैले नै प्रस्ताव गरें।' दाहालले ठूलो आकारमा रहेको कमिटीलाई सानो बनाउन खोज्दा सबैलाई अटाउन नसक्नुले पनि केही असन्तुष्टिहरू पैदा भएको बताए। 'बाबुरामलगायत केहीले बाहिर बस्ने भए पनि उहाँहरूको नाम राखिएको छ', उनले भने, 'एक सय ५१ सदस्यीय कमिटी बनाउने भद्र सहमति कार्यान्वयन हुन नसक्दा उहाँहरूको असन्तुष्टि बाहिर आएको छ।' केन्द्रीय कमिटीमा रिक्त रहेका पदमा चाँडै पूर्ति गरिने दाहालको भनाइ छ। रिक्त रहेको पदपूर्ति गरेपछि सवैको चित्त बुझ्ने र चित्त दुखेको ठाउँमा मलमपट्टी गर्ने उनको विश्वास छ।

06/05/2014

३२ जिल्लामा प्रजिअ हेरफेर
मिति : २०७१ वैशाख, २२ सोमबार [2281 पटक पढिएको]
अन्नपूर्ण |

काठमाडौं : सरकारले प्रमुख जिल्ला अधिकारीको व्यापक हेरफेर गरेको छ। गृह मन्त्रालयले शुक्रबारको निर्णयअनुसार ३२ जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई काजमा खटाएको हो।

गृहले अन्य १४ जना उपसचिवलाई क्षेत्रीय प्रशासन कार्यालय, गृह मन्त्रालय र विभिन्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ। गृह मन्त्रालयले काज सरुवा पाएका सबैलाई आइतबार पत्र थमाएको छ।

मन्त्रालयले वासुदेव दाहाललाई इलाम, प्रदीपराज कँडेललाई पाँचथर, नन्दीकेशर त्रिपाठीलाई संखुवासभा, गणेशप्रसाद भट्टराईलाई ओखलढुंगा, उद्धवप्रसाद तिमिल्सिनालाई सोलुखुम्बु, उमेशकुमार ढकाललाई तेह्रथुम, दिलकुमार तामाङलाई भोजपुर र शम्भुप्रसाद मरासिनीलाई रामेछापमा प्रमुख जिल्ला अधिकारी बनाएको छ।

यसैगरी धादिङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेललाई सिन्धुली, गोविन्द सापकोटालाई खोटाङ, दीपकराज नेपाललाई धादिङ, कोषहरि निरौलालाई नुवाकोट, गोपालप्रसाद पराजुलीलाई सिन्धुपाल्चोक, उद्धवप्रसाद भट्टराईलाई रसुवा, श्रवणकुमार तिमिल्सिनालाई लमजुङ, वेदप्रकाश खरेललाई गोरखा र बाबुराम भण्डारीलाई मुस्ताङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई पाल्पा, सागरमणि पराजुलीलाई दैलेख, ज्ञानप्रसाद ढकाललाई अर्घाखाँची, हरिप्रसाद भण्डारीलाई रुकुम, लुकबहादुर क्षेत्रीलाई रोल्पा, रामबहादुर कुरुम्बाङलाई प्युठान, कृष्णप्रसाद खनाललाई डोल्पा, गोविन्दप्रसाद रिजाललाई बाजुरा, हरिबहादुर प्याकुरेललाई बझाङ र भविश्वर पाण्डेलाई अछामको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ।

यसैगरी सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँबरलाई दार्चुला, सागरमणि पाठकलाई बैतडी, शिवराज जोशीलाई डडेल्धुरा, टेकबहादुर केसीलाई म्याग्दी र कृष्णप्रसाद ज्ञवालीलाई पर्वतको जिम्मेवारी दिइएको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई क्षेत्रीय प्रशासन कार्यालय पोखरा, दैलेखका प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियालाई ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारी, इलामका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडा र भोजपुरका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापालाई क्षेत्रीय प्रशासन कार्यालय धनकुटा सरुवा गरिएको छ।

गोरखाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कार्कीलाई क्षेत्रीय प्रशासन कार्यालय दिपायल तथा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेललाई क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामा खटाइएको छ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, रसुवाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र बाजुराका प्रमुख जिल्ला अधिकारी ध्रुवराज जोशी गृह मन्त्रालयमा सरुवा भएका छन्। ओखढुंगाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी, सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीलाई इलाका प्रशासन कार्यालय धरान र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज रेग्मीलाई काभ्रेको सहायक प्रमुख जिल्ला अधिकारी बनाइएको छ।

30/09/2013

Asoj 17 gate ummedawari darta garne program ma sabai saathiharulai nimntrana gardachhau. jaya nepal

05/09/2013

Nepali Congress kshetra no 1 ramechhap le mangshir 4 gate hune sambidhan shavako nirbachanko lagi ummedawar ko sifaris gareko chha. bhadra 18 gateko meeting le barnanukram anusar nimna bamojimko namawali jilla marfat kendrama pathayakochha.
prataksha tarfa: Ang tawa sherpa
Krishna mahat, Kedar Khadka, Gajendra Karki, Chandra kumar Sunuwar, Purnabahadur Tamang (Kanchharam), Bimal Wagle, Yaubaraj Bhattrai, Ratnabahadur Karki,Laxman ghimire, Dr Suman karmacharya.
Samanupatik Tarfa: Usha Karki, Gelje Sherpa(lama), Ganga Adhikari, China Karki Khadka, Jamuna Karki, Durga Ghimire, Narabahadur Thapa magar, Padam Majhi, Shiva Shrestha, Harikumar Sunuwar, Hikmatbahadur Sunuwar. yo sifarisma pareka harule Sthaniya nirbachanma bhag lina paune chhainan.

29/08/2013

bhadra 18 gate ummedawar ko chhanot garnako lagi meeting chha. sambandhit sabailai janakariko anurodh chha hai

Want your school to be the top-listed School/college in Ramechhap?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Ramechhap
Ramechhap