कक्षा 9 र10 का बिद्धार्थी हरुले कार्तिक 25 गते भित्र ragistration र SEE परिक्षा आबेदन फाराम भर्न तुरुन्त बिधालयमा सम्पर्क गर्नु होला।
Shree Gokul Ganga Higher secondary School (Rasnalu, Ramechhap)
Shree Gokul Ganga Seecondary School is a community school stablised in 2031 BS . now it has more than 700 students and trying to give well education .
17/09/2021
कक्षा १२ को नतिजा पस्चात धेरै विद्यार्थीको आग्रह पछि ग्रेडिङ बारे विद्यार्थीले सोधिरहने प्रश्नको उत्तरसहित तल दिइएको छ ।
*********************************************
सबैभन्दा पहिले यो बर्ष देखि लागू भएका नयाँ नियमहरु हेरौं है त !
यो बर्ष देखि ११ मा Partial को Exam दिएका र १२ मा एउटा बिषयमा मात्र D+ वा कम ल्याएका रेगुलर विद्यार्थीले पनि चान्स Exam दिन पाउने छन् । जस्तो: म Regular student हो, मैले बैशाख महिनामा ११ को Partial Exam दिएको थिएँ । मेरो अस्ति १२ को रिजल्टमा एउटामा D आयो तर अरु सबैमा भने C वा C भन्दा माथि छ भने मैले यहि भाद्र १६ गते हुने Grade Improvement Exam दिन पाउने छु । तर दुइटा बिषयमा D+ वा त्यो भन्दा कम छ भने चै अर्को बर्ष कुर्नु पर्ने हुन्छ ।
यस बर्ष देखि Additional subject मा D+ वा त्यो भन्दा कम ग्रेड ल्याउने विद्यार्थीले पनि यहि भाद्र १६ मा Grade Improvement Exam दिन पाउने छन् । जस्तो: मेरो Extra Math मा D+ आयो भने मैले आफ्नो ग्रेड बढाउनको लागि यहि भाद्र १६ मा परीक्षा दिन पाउने छु ।
अबदेखि एउटा बिषयमा D र अर्को बिषयमा D+ ल्याएको विद्यार्थीले D आएको बिषयमा मात्र परीक्षा दिन्छु भन्न पनि पाउने छ । जस्तो मेरो एउटा बिषयमा D+ र अर्कोमा E आएको छ भने E आएको बिषयमा मात्र परीक्षा दिन्छु भन्न पनि पाउने छु । तर यसरी Exam दिन पाउने भाद्र १६ गतेको Chance exam मा हैन, अर्को बैशाख/जेठमा मात्र पाइन्छ । एउटा मा D र अर्को मा E आएको छ भने चै दुबै बिषयको परीक्षा दिनुपर्ने हुन्छ किनभने कुनै बिषयमा D वा E आउने बिद्यार्थीले कम्तीमा D+ नल्याइकन प्रमाणपत्र पाइदैन ।
हामीलाई विद्यार्थीले सोधिरहेका प्रश्नहरु तल हेर्नुहोला !
ग्रेडिङमा कोहि फेल हुदैन है ?
गलत ! फेल भन्ने शब्द नभएपनि खराब ग्रेड ल्याएको खण्डमा उच्च शिक्षा हासिल गर्न नपाइने हुन सक्छ । उदाहरणको लागि: कुनै बिद्यार्थीले एउटा बिषयमा मात्र D वा E ग्रेड ल्याएको छ भने पनि उसले ट्रान्सकिप्ट/प्रोभिजनल तथा माइग्रेसन सर्टिफिकेट नै पाउँदैन । यो फेल सरह नै हुन्छ ।
D+ भनेको पास हो कि फेल ?
फेल पनि हैन, राम्रो ग्रेड पनि हैन । ग्रेडिङ प्रणाली अनुसार D+ को अर्थ हुन्छ Partially Acceptable अर्थात थोरै सन्तोषजनक । D+ ल्याउनेले पनि सबै प्रमाणपत्र त पाउँछ तर भोलि गएर उच्च शिक्षा हासिल गर्ने क्रममा कतिपय बिषय पढ्न नपाइने हुन सक्छ ।
कसले के पढ्न पाउँछ ?
त्यो प्लस टुको बोर्डले भन्ने कुरा हैन । नेपालमा मात्र ७/८ ओटा बिश्वबिद्धालय छन् । सबै बिश्वबिद्धालयमा कुन कुन बिषय पढ्न कति ग्रेड ल्याउनु पर्ने भन्ने फरक फरक मापदण्ड बनाइएका छन् । उदाहरणको लागि: यो भन्दा अघिल्लो बर्ष त्रिभुवन बिश्वबिद्धालयमा इन्जिनियरिङमा भर्ना हुनको लागि ११/१२ मा गणित बिषय लिएकै हुनुपर्ने प्राबधान थियो तर पुर्वान्चल बिश्वबिद्धालयमा भने १२ मा गणित बिषय नै नलिएकाले पनि भर्ना पाउने गर्दथे । यसरी हरेक बिश्वबिद्धालयमा एउटै बिषय अध्ययनको लागि पनि फरक-फरक मापदण्ड बनाइएको हुन्छ । अब यसको लागि एउटा बिकल्प भनेको तपाईंलाई जुन बिश्वबिद्धालय अन्तर्गतको बिषय पढ्न चाहानुहुन्छ त्यही बिद्यालयमा सम्पर्क गर्नुपर्ने हुन्छ । जस्तो तपाइँलाई TU मा BBA पढ्न मन छ भने TU को Faculty of Management मा सम्पर्क गरेर बुझ्नुपर्ने हुन्छ । कि त बिश्वबिद्धालयको भर्ना सम्बन्धि सूचना आउने बेलासम्म पर्खनुपर्छ ।
BBA पढ्न कुन ग्रेड चाइन्छ ?
त्रिभुवन बिश्वबिद्धालय (TU) मा BBA पढ्नको लागि प्रत्येक बिषयमा C ग्रेड ल्याएको हुनुपर्ने नियम राखिएको छ । काठमाडौं/पुर्वान्चाल/पोखरा बिश्वबिद्धालयले पनि BBA को भर्नाको लागि सूचना निकालिसकेका छन् । तिनै बिश्वबिद्धालय वा सम्बन्धन प्राप्त कलेजमा गएर सोध्नुहोला । उदाहरणको लागि: तपाइँले पोखरा बिश्वबिद्धालयको BBA को बारेमा बुझ्नुपर्ने छ भने भिएस निकेतन कलेजमा गएर बुझ्न सक्नुहुन्छ किनकि सो कलेज पोखरा बिश्वबिद्धालयबाट सम्बन्धन प्राप्त हो ।
D+ ल्याएको बिद्यार्थीले के-के पढ्न पाउँछ ?
अघि नै भनिसक्यौ, सबै कुरा हामीलाई थाहा हुदैन । तपाइँले आफुले पढ्न चाहेको बिद्यालयमा गएर बुझ्दा सबैकुरा थाहा भैहाल्छ । हामीलाई थाहा भएको भनेको D+ ल्याउनेले त्रिभुवन बिश्वबिद्धालय (TU) मा BBS/BA/BEd पढ्न पाउँछ । D+ आउनेले सर्टिफिकेट १००% पाउँछ हो ? हो । तर एकपटक सर्टिफिकेट लिइसकेपछी फेरि ग्रेडवृद्धि परीक्षामा सामेल हुन भने पाइने छैन ।
D+ आएको बिषयमा Exam नदिएपनि हुन्छ ?
हुन्छ ।
D+ आएर मैले Re-Exam नदिए केही फरक पर्छ कि पर्दैन ?
त्यो हामीले भन्ने कुरा हैन । हिजोको दिनमा First Division र Second Division जस्तै आज ग्रेडिङ प्रणाली हो । हिजो Third Division ल्याउदा फरक पर्थ्यो नि नाइँ ? Third Division को Certificate बोकेर जागिरको लागि Interview दिन जादा आफैलाई हल्का लाज हुन्थ्यो होला, साथीभाइले रिजल्ट के भयो भनेर सोध्दा पनि गर्बका साथ भन्न पाइदैथियो होला । जीवनमा आएका कुनै कुनै अवसरहरु गुमाउन पर्यो होला । त्यही नै हो फरक पर्ने कि नपर्ने भन्ने कुरा । तर प्लस टुमा कतिपय उत्कृष्ट बिद्यार्थीपनि आज सोचेजस्तो प्रगति गर्न नसकेका तर Second Division ल्याउने बिद्यार्थीले उच्च प्रगति गरिरहेका उदाहरण पनि हाम्रो समाजमा प्रशस्त भेट्न सकिन्छ । त्यसैले फरक पर्ने कि नपर्ने भन्ने Relative (सापेक्षिक) कुरा हो । अङ्क/ग्रेड भन्दा पनि तपाइँले पाएको ज्ञानले जीवनमा ठूलो महत्व राख्छ ।
D+ आउनेले IELTS/TOFEL गर्न पाइन्छ कि पाइदैन ?
IELTS/TOFEL भनेको language test मात्र हो । Language Test गर्न कुनै Certificate चाहिदैन । ८/९ कक्षामा पढ्ने विद्यार्थीले पनि TOFEL/IELTS गर्न पाइन्छ ।
D+ ल्याउनेले बिदेश पढ्न जान पाइन्छ कि नाइँ ?
बिदेशमा हजारौं थरीका कलेज/बिश्वबिद्धालयहरु छन् । ती कलेजहरुको भर्ना मापदण्ड फरक/फरक छन् । प्रयास गरिरहने हो भने एउटा न एउटा कलेजले त भर्ना लिइहाल्छ नि ।
16/01/2018
14/09/2017
२८औ बाल दिवस को अवसरमा गोकुल गङगा मा. बि. द्वारा आयोजित rally तथा पुरस्कार बितरन कार्यक्रम ।
23/08/2017
The first (8 roomed) building for Gokul Ganga constructed by Choice Nepal humaniterian N doTERA is near completion(top slapped).....
SEE grade improve exam form fillup deadline 2074 /4/7 सम्म रहेकोले सम्पुर्ण बिद्यार्थीहरु लाई जानकारी गराइन्छ ।
29/03/2017
नयाँ १६ कोठाको पक्की भवन निर्माणका लागि सहयोग गर्नु हुने सहयोग दाता doTTERA USA , Choice Nepal , पुनः निर्मानका पदाधिकारी तथा आभिभाक , बिद्यार्थी र शिक्षकहरु
innovative science class ka student bata nirmit samagri haru
17/01/2017
Innovative science practical class at gokul ganga class 9 and 10
24/09/2016
Avivabak vela 2073
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Ramechhap