Shree Shatalingeshwor Secondary School

Shree Shatalingeshwor Secondary School

Share

"Nurturing minds, inspiring futures: Empowering students for success in a changing world."

29/07/2026

गुरु पूर्णिमाको हार्दिक शुभकामना

Photos from Shree Shatalingeshwor Secondary School's post 16/07/2026

हार्दिक बिदाइ! हार्दिक स्वागत!
वि.सं. २०४९/०३/०१ गतेदेखि २०८३/०३/०२ गतेसम्म विद्यालयमा निरन्तर समर्पण, इमानदारी र शिक्षाप्रतिको अथक सेवाभावका साथ योगदान पुर्‍याउनुभएका आदरणीय श्री इन्द्रमणि चौलागाईं सरलाई हार्दिक सम्मानसहित बिदाइ गरेका छौं। उहाँको अमूल्य योगदान विद्यालय परिवारका लागि सदैव प्रेरणाको स्रोत रहनेछ। सेवानिवृत्त जीवन सुखद, स्वस्थ, समृद्ध र खुसीमय रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं। यसै अवसरमा सरुवा भई हाम्रो विद्यालयमा आउनुभएका जागृति आधारभूत विद्यालयका निवर्तमान प्रधानाध्यापक श्री दीपक चौलागाईं सर तथा महाकाली आधारभूत विद्यालयका निवर्तमान प्रधानाध्यापक श्री दुर्गा बहादुर घिसिङ सरलाई विद्यालय परिवारको तर्फबाट हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। यहाँहरूको अनुभव, नेतृत्व र मार्गदर्शनबाट विद्यालयको शैक्षिक तथा संस्थागत विकासले थप उचाइ हासिल गर्ने विश्वास लिएका छौं।

Photos from Shree Shatalingeshwor Secondary School's post 08/07/2026

House wise display boards for the creations of students.

Photos from Shree Shatalingeshwor Secondary School's post 07/07/2026

Contents pasted on the wall of every class.

03/07/2026

बिहानी सभामा छात्रछात्राहरुसँग भएका प्रतिभाहरु प्रस्तुत गर्ने सेसन अन्तर्गत कक्षा दशकी बहिनी प्रिसा गाैतम आफ्नाे भावपूर्ण कविता बाचन गर्नुहुँदै । यस्ताखाले कार्यक्रमहरुले बालबालिकाहरुका प्रतिभाहरु मात्र प्रस्फुटित हुँदैनन्, उनीहरुको आँसु, रोदन, पीडा, हाँसो र खुसी समेत पोखिन सक्छ । विद्यालयले उनीहरुको हृदयको गहिराइमै पुगेर मल्हम लगाउँने कोसिस गर्न सक्नुपर्दछ ।

25/06/2026

दैनिक रुपमा बिहानी सभामा अङ्ग्रेजी भाषामा दिइने स्पिच अन्तर्गत आफ्नो प्रस्तुति राख्नुहुँदै प्राथमिक तह, कक्षा पाँचकी छात्रा:

Photos from Shree Shatalingeshwor Secondary School's post 23/06/2026

हार्दिक बधाई तथा शुभकामना!
आज मिति २०८३/०३/०९ गते मंगलबार, सुनापती गाउँपालिका वडा नं. १ को वडा स्तरीय शिक्षा समितिद्वारा आयोजित उत्कृष्ट विद्यार्थी तथा विद्यालय सम्मान कार्यक्रम वडा अध्यक्ष ध्रुव प्रसाद चौलागाई ज्यूको अध्यक्षता तथा सुनापती गाउँपालिका उपाध्यक्ष गीता बिष्टज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको अवसरमा, यस श्री शतलिङ्गेश्वर माध्यमिक विद्यालय का निम्न विद्यार्थीहरू वडा स्तरीय सिकाइ उपलब्धि परीक्षामा उत्कृष्ट नतिजा हासिल गरी सम्मानित हुनुभएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।
कक्षा ५
* बुद्धराज घिसिङ — प्रथम
* राम शिवभक्ती — द्वितीय
* लक्ष्मण शिवभक्ती — तृतीय
कक्षा ३
* रेशमा चौलागाई — प्रथम
* सविन तामाङ — द्वितीय
* पूजा बुढाथोकी — तृतीय
कक्षा १
* दिप्सन मगर — प्रथम
साथै, कक्षा ५ ले औसत सिकाइ उपलब्धिमा प्रथम तथा कक्षा ३ ले द्वितीय स्थान हासिल गरी विद्यालयको गौरव बढाएकोमा सम्बन्धित विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
“मेहनत, अनुशासन र लगनशीलताले नै सफलता हासिल हुन्छ। आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्दै जानुहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।”
श्री शतलिङ्गेश्वर माध्यमिक विद्यालय
सुनापती–१, रामेछाप।

19/06/2026

हार्दिक बधाई ।

17/06/2026

यस विद्यालयका कर्तव्यनिष्ठ, इमान्दार, सालिन एवम् कुशल नेपाली शिक्षक इन्द्रमणी चौँलागाईँको ६१ ओैँ जन्मोत्सवको अवसरमा सेवा निवृत्त जीवनको उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

Photos from Shree Shatalingeshwor Secondary School's post 12/06/2026

Math special class with a smart board and content decoration on the wall as well as the mathematical creations of the students.

Want your school to be the top-listed School/college in Ramechhap?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Sunapati-1, Gunsi
Ramechhap

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00