14/04/2024
भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
🏵️ शैक्षिक सत्र २०८१ काे लागि भर्ना खुल्याे🏵️
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Baal Basic School, Sunapati - 4, Bhalwadi, School, The nearest of Jomsa bazaar, .
14/04/2024
भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
🏵️ शैक्षिक सत्र २०८१ काे लागि भर्ना खुल्याे🏵️
10/01/2024
Wanted computer technician for computer repayment
15/09/2023
श्री बाल आधारभूत विद्यालय भल्वाडी सुनापति-४, भल्वाडी बेथान ,रामेछापले आजश्री मिति २०८० साल भाद्र २९ गते ५९ अाै राष्ट्रिय बाल दिवसकाे पावन अवसरमा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम आयाेजना गरि गत शुक्रबारकाे अंग्रेजी हस्त लेखन तथा चित्रकला प्रतियोगिताकाे समेत पुरस्कार वितरण गरियाे। आजकाे हाजिरी जवाफ प्रतियोगिता कार्यक्रमकाे पुरस्कारको व्यवस्था श्री सहास नेपाल संस्थाले गरिएको थियोे । तसर्थ श्री सहास नेपाल संस्था तथा संस्थाकाे प्रतिनिधि ज्यूहरुलाई हार्दिक विशेष धन्यवाद ।
19/03/2023
Heartily congratulation & best wishes to all students of Class Eight for upcoming "Basic Level Examination(BLE)-2079" through the school family .
14/02/2023
श्री बाल आधारभूत विद्यालय भल्वाडी सुनापति -४, भल्वाडी,बेथान, रामेछापमा शिक्षक आवश्यकता भएकोले ईच्छुक व्यक्तिहरुले यथाशीघ्र सम्पर्क गर्नु हुन विनम्र अनुराेध छ।
26/01/2023
श्री सरस्वती माताकाे पूजा -पाठ शुरु गरिदै:
21/01/2023
20/01/2023
सदाकाे शुक्रबार भन्दा आजकाे शुक्रबार अलि विशेष रह्यो ताकि तामाङ समुदायले मनाउँदै आएको साेनाम ल्हाेछार पर्व अघिकाे शुक्रबार परेकाेले विद्यालय परिसर भित्र र बाहिर सरसफाइ पश्चात् काेपिला बाल क्लबका विद्यार्थी भाई- बहिनी हरुले आफ्नो बाल क्लबकाे टिम मार्फत सुनापति गाउँपालिकाकाे अध्यक्ष , उपाध्यक्ष , पाँचै वडाका वडा अध्यक्षहरु , प्र.अ.र शिक्षकहरुकाे प्रतिनिधित्व गरि कार्यक्रम आयोजना गरि २८५९ अौं साेनाम ल्हाेछार पर्वकाे पूर्व सन्ध्यामा शुभकामना आदन- प्रदानमा नृत्य सहितकाे कार्यक्रम भव्यताका साथ सम्पन्न गरियाे तसर्थ काेपिला बाल क्लबका भाइ - बहिनीहरुलाई हार्दिक बधाई तथा विशेष शुभकामना !
15/01/2023
आज मिति २०७९ साल माघ १ गते काठमाडौं बाट पाेखराकाे लागि ६८ जना यात्रु र चालक दलका ४ सदस्य सहित उडेको यति एयरकाे ATR 72 विमान पाेखराकाे सेती नदीकाे खाेचमा दुर्घटना भएको घटना प्रति दु: ख व्यक्त गर्दै भाेलि माघ २ गते साेमबार अति आवश्यक बाहेक सेवा देशभर शाेक विदा दिने र साे दिन राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय नेपाल सरकारले गरेकाे छ।
13/07/2022
विगत १ वर्ष अघि देखि काे कक्षा काेठा partition गर्ने प्रयत्न वर्षे विदा काे समयमा पूर्णता ,सफल र सम्पन्न भएको छ र सहयोगी मनहरु प्रति हार्दिक नमन गर्दै विशेष धन्यवाद सहित आभार पनि व्यक्त गर्दछु ।
09/07/2022
सामुदायिक विकास समाज (CDS) महिला तथा बाल सशक्तीकरण : स्वास्थ्य तथा सरसफाइ परियाेजना मन्थली , रामेछापकाे आयोजनामा सुनापति गाउँपालिका वडा नं. ४ भल्वाडी बेथानकाे सहजीकरणमा सञ्चालित बाल क्लबकाे लागि बाल अधिकार सम्बन्धि २ दिने ( २५/२६ गते) तालिममा सहभागी यस श्री बाल आधारभूत विद्यालय भल्वाडीकाे काेपिला बाल क्लबकाे सम्पूर्ण प्रशिक्षार्थी भाइ-बहिनीहरुकाे टिम तथा Trainer सम्झना मिसलाई तालिम सफल र फलदायी का निम्ति हार्दिक शुभकामना तथा बधाई सहित आभार व्यक्त गर्दछु ।
06/07/2022
रामेछाप जिल्ला सुनापति गाउँपालिका वडा नं. ४ ( साविक -६) मा अवस्थित श्री बाल आधारभूत विद्यालय भल्वाडीकाे खेलमैदान विगत ४/५ वर्ष देखि राम्रो बनाउन नसकिएको अवस्थामा मिति २०७९ साल असार २० गते सानो स्काई भेटर ल्याई सम्याइएकाे थियोे र साे समयमा सहयोग गर्नु हुने सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु साथै आज २२ गते ढुङ्गा , फलामको टुक्रा -टाक्रीहरु टिप्ने , खाल्डाखुल्डी पुरी खेलमैदान सम्याउने आदि इत्यादि काममा सहयाेग गर्नु हुने सहायक प्र . अ . श्री डम्बरबहादुर सर , विकास सर , साेनाम सर , माेती माया म्याम् , कुमारी म्याम् , धनमाया म्याम् , सुस्मा म्याम् तथा विद्यालयकाे बरन्डामा बसेर भए पनि हेरेर साथ दिनु हुने भूतपूर्व प्र .अ . द्वय श्री डिल बहादुर सर र अनन्तराज सर लगायत सम्पूर्ण विद्यार्थी भाई-बहिनीहरुमा हार्दिक बधाई एवम् धन्यवाद सहित आभार प्रकट गर्दछु ।