12/08/2026
महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस, राजविराज सप्तरी जिल्लाकै एक ऐतिहासिक तथा गौरवशाली उच्च शैक्षिक संस्था हो। यस क्याम्पसको शैक्षिक गुणस्तर, गरिमा र प्रतिष्ठा जोगाउनु हामी सबैको साझा दायित्व हो।
क्याम्पस सुधार, गुणस्तरीय शिक्षा र संस्थागत विकासको कुरा सबैले गर्ने गर्छौं। तर यी उद्देश्यहरू केवल भनाइमा सीमित नरही व्यवहारमा पनि देखिन आवश्यक छ।
त्यसैले सम्पूर्ण आदरणीय राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार मित्र, पूर्वविद्यार्थी, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दछु कि व्यक्तिगत वा समूहगत स्वार्थभन्दा माथि उठी क्याम्पसको दीर्घकालीन हितलाई प्राथमिकता दिऔँ।
क्याम्पस कुनै व्यक्ति वा समूहको होइन, यो सम्पूर्ण समाजको साझा सम्पत्ति हो। यसको गरिमा, प्रतिष्ठा र भविष्य जोगाउनु हामी सबैको साझा जिम्मेवारी हो।
आउनुहोस्, आलोचना मात्र होइन, सकारात्मक सहयोग, रचनात्मक सुझाव र साझा प्रतिबद्धताका साथ महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस, राजविराज लाई अझ सक्षम, गुणस्तरीय र नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्न हातेमालो गरौँ।