11/04/2025
नतिजा प्रकाशन सम्बन्धी सूचना ।
education
11/04/2025
नतिजा प्रकाशन सम्बन्धी सूचना ।
25/03/2025
गाउँपालिका स्तरीय वार्षिक परीक्षामा सहभागी भई तपसिलका विद्यार्थीहरू कक्षा ५ र ८ मा उत्तीर्ण भएको जानकारी गराइन्छ।
प्रिय अभिभावकज्यू नमस्कार !
आजबाट एक महिनाको लागि तपाईंका बाबुनानी तपाईंकै जिम्मामा छाडेका छौं। यो समयको लागि केही गृहकार्य पनि दिएका छौं। कम्तिमा दिनको २ घण्टा किताब हेर्न लगाउनु होला। उक्त २ घण्टामा तपाईंको बाबुनानीलाई कतिपटक भोक लाग्छ, कति पटक सु-सु आउँछ, कति पटक मोबाईल हेर्न मन लाग्छ? ध्यान दिनु होला ।
तपाईंको बाबुनानीलाई २ घण्टा लगातार पढाइमा व्यस्त गराउन कति मुश्किल हुने रहेछ ? सोच्नुस् त! शिक्षकले विद्यालयमा ६ घण्टासम्म कसरी सिकाइ क्रियाकलाप गर्नु हुँदो रहेछ भनेर । हामीलाई पनि पिर लाग्छ, कतै लामो विदा पछाडि विद्यार्थी विद्यालय आउँदा यो ६ महिनासम्म सिकाएको पूरै बिर्सेर आउने त होईनन्? कृपया यो विदामा हजुरहरुले नयाँ कुरा सिकाउन नसके पनि अहिलेसम्म हामीले सिकाएका कुरा नबिर्साइकन, कापि किताब नहराईकन, शिक्षकले दिएको गृहकार्य पूरा गराईकन विद्यालय खुलेको पहिलो दिनमै पठाईदिनु होला।
विजया दशमीको हार्दिक मंगलमय शुभकामना ! सबैको दशैं शुभ रहोस!
27/09/2024
विद्यार्थीहरुलाई पृष्ठपोषण तथा शैक्षिक रणनीति तय गर्न
श्री जनसहयोगी माध्यमिक विद्यालयमा आजदेखी मासिक परीक्षा सञ्चालन
हामी निरन्तर शैक्षिक सुधार मै लागि रहेका छौं ।
ग्रेडवृद्दीबाट एसइइमा 14 पास 5 फेल यो संगै जनसहयोगी मा.वि. प्रथम व्याचमा 76% विद्यार्थी ११ कक्षाका लागि पठाइयो ।
18/08/2024
अवसर योग्य व्यक्तिले २०८१/०५/१४ गतेभित्र कार्यालय समयमा सम्पर्क गर्नुहोला ।
आदरणीय अभिभावक ज्यू, यही मिति २०८१/०४/०१ गतेदेखि २०८१/०४/२७ गतेसम्म वर्षे बिदा रहेकाले यस समयमा आफ्ना नानीबाबुहरुलाई निम्नलिखित कुराहरु सिकाउन तथा उनीहरुका कियाकलापहरुमा ध्यान दिनहुन अनुरोध गरिन्छ ।
✓ वर्षा यामको समयमा विषालु जिवहरुको डर रहने भएकाले बालबालिकाहरुलाई जथाभावी जाननदिनुहोस् ।
✓ वर्षा याममा खोलानाला तथा नदिहरुमा अचानक बाढी आउनसक्ने भएकाले वालवालिकाहरुलाई त्यस्ता ठाउँमा जान नदिनुहोस् ।
✓ जङ्गलमा पाइने कतिपय च्याउहरु विषालु हुने भएकाले बालबालिकाहरुलाई जथाभावी खान नदिनुहोस् ।
✓ जतिसक्दो कम मात्र मोवाइल वा टि.भि. हेर्न दिनुहोस, अन्य सिर्जनात्मक कुराहरुमा लाग्न प्रेरित गर्नुहोस् ।
✓ राति समयमै सुताउनु होस्, विहान छिट्टै उठाउनुहोस्, समयको सही सदुपयोग गर्न सिकाउनुहोस् ।
✓ विदा अवधिभर आफ्ना नानीबाबुहरुलाई विद्यालयद्वारा दिइएको गृहकार्य गर्न सघाउनुहोस् ।
✓ बालबालिकाहरुलाई पढ्ने वातावरण सिर्जना गरी आफूले निगरानी गर्नुहोस् ।
✓ उनीहरुलाई आफ्ना चाँडपर्व, रीति रीवाज र संस्कृतिको महत्व बुझाउनुहोस् ।
✓ उनीहरुलाई सामाजिक संस्कार तथा मूल्य-मान्यताको ज्ञान दिनुहोस् ।
✓ उनीहरुलाई असल/खराब र सही/गलत कुरा छुट्याउन सिकाउनुहोस् ।
✓ उनीहरुलाई घरका स-साना कामहरुमा सहयोग गर्न प्रेरित गर्नुहोस् ।
✓ उनीहरुले गरेका असल र राम्रा कामहरुको प्रसंशा गरेर प्रोत्साहित गर्नुहोस् ।
✓ उनीहरुलाई मिहिनेत, परिश्रम र संघर्षका बारे सम्झाउनुहोस् ।
✓ उनीहरुलाई आफ्नो देश र पुर्खाहरुको बारेमा ज्ञान दिनुहोस् ।
✓ उनीहरुको हरेक क्रियाकलापहरुको अध्ययन गर्नुहोस्, गलत क्रियाकलापलाई दुरुत्साहन गर्नुहोस् ।
✓ वच्चालाई पढाइका अलावा अन्य अतिरिक्त क्रियाकलापहरु जस्तै नृत्य, संगीत, साहित्य, चित्रकला आदिमा अग्रसर गराउनुहोस् ।
✓ उनीहरुसँग जतिसक्दो धेरै समय बिताउनुहोस्, उनीहरुको भावना बुझ्नुहोस् र आफ्ना अपेक्षाहरु पनी उनीहरुलाई बुझाउनुहोस्, ।
✓ जीवन र सम्बन्धको महत्व बुझाउनुहोस्, उनीहरुलाई सिकाउनुहोस् कि मैले तिमीहरुको उज्ज्वल भविष्यका लागि कति संघर्ष गरिरहेको छु ।
10/07/2024
समयमै सम्पर्क गरौं ।