सम्पूर्ण सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ कि
मल्लरानी गाउँपालिका, शिक्षा शाखा, प्युठानकाे शैक्षिक क्यालेन्डर तथा यस खलङ्गा आधारभूत विद्यालयको वार्षिक क्यालेन्डर अनुसार
विद्यालय मिति २०८२/०९/१० गतेदेखि मिति २०८२/०९/१५ गतेसम्म बन्द रहनेछ।
साथै, मिति २०८२/०९/१६ गतेदेखि विद्यालय नियमित रूपमा पठनपाठन सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
खलङ्गा आधारभूत विद्यालय
मल्लरानी गाउँपालिका, प्युठान
श्री खलङ्गा आधारभूत विद्यालय - Shree Khalanga Basic School
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री खलङ्गा आधारभूत विद्यालय - Shree Khalanga Basic School, School, Pyuthan 22300, Pyuthan.
वर्तमान अवस्थामा पठनपाठनको वातावरण बनि नसकेकोले सम्पूर्ण विद्यार्थी ,अभिभावक तथा सरोकारवालाहरूलाई आज मिति २०८२ भाद्र २६ गते श्री खलङ्गा आधारभुत बिधालय बन्द रहेको जानकारी गराउदछु ।
प्र . अ.
मन्त्री प्रसाद श्रेष्ठ
10/09/2025
देशमा भएको विषम परिस्थितिको कारण आज २०८२ ।५ ।२५ गते श्री खलङ्गा आधारभुत विद्यालय खलङ्गा प्युठानको पठनपाठन स्थगित गरिएको ब्यहोरा सम्पूर्ण विद्यार्थीहरु ,अभिभावकहरु एवम सम्पूर्ण सरोकारवालाहरुलाई जानकारी गराइन्छ।
05/09/2025
बर्दबहादुर गण मल्लरानी गाउँपालिका ४ खलङ्गा प्युठानको आयोजनामा यस खलंगा आधारभूत विद्यालयमा विद्यार्थीहरूलाई माइन जोखिम शिक्षा (Mine Risk Education) सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भयो।
यसका लागि सहयोग गर्नुहुने बर्दबहादुर गण परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।
25/07/2025
श्री खलंगा आधारभूत विद्यालय, मल्लरानी–४, खलंगा प्युठानमा अध्ययनरत आदरणीय अभिभावकज्यूहरू तथा प्रिय विद्यार्थीहरूमा हार्दिक नमस्कार।
विद्यालयमा सम्पन्न प्रथम त्रैमासिक परीक्षा २०८२ को नतिजा आज मिति २०८२/०४/०९ गते औपचारिक रूपमा सार्वजनिक गरिएको छ। परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको छ।
🔔 साथै, विद्यालयले मल्लरानी गाउँपालिकाबाट प्रकाशित शैक्षिक पात्रोअनुसार शैक्षिक सत्र २०८२ को वार्षिक विदा मिति २०८२/०४/११ देखि २०८२/०४/२३ गतेसम्म रहने जानकारी गराइन्छ। विद्यालय मिति २०८२/०४/२५ गतेबाट नियमित सञ्चालनमा आउने छ।
🙏 बिदाको समयमा आफ्ना छोराछोरीलाई घरमै पढाइ, सिर्जनात्मक अभ्यास र जीवनोपयोगी सीपहरूमा संलग्न गराउन अनुरोध गरिन्छ।
धन्यवाद।
✍🏻
मन्त्री प्रसाद श्रेष्ठ
प्रधानाध्यापक
तथा
श्री खलंगा आधारभूत विद्यालय परिवार
मल्लरानी गा.पा.–४, प्युठान
📞 ०८६–४२०१६९
09/05/2025
18/02/2025
चन्द्रमालाइ टेलिस्कोपको सहायताले नजिकबाट नियाल्ने कार्य शिक्षकको सहयोगमा यस खलंगा आधारभुत बिधालयका कक्षा ८ मा अध्यनरत विद्यार्थीहरुबाट आज बिहानको समयमा सम्पन्न भयो ।
with the help of 20mm eyepiece !! Picture 1 : 6:35 am.using moon filter. Rest of all between 5:30 to 6:00 am.
14/02/2025
खलंगा आधारभुत बिधालय , खलंगाका आदरणीय सहकर्मी मित्र Radheshyam Shrestha सर लाई पुत्रीलाभ भएकोमा र छोरी लुनार नानुलाइ आफ्नो सानू बहिनी प्राप्त भएकोमा हाम्रो बिधालय परिवारको तर्फबाट धेरै धेरै बधाइ छ !सानू नानुलाइ यो सन्सारमा स्वागत छ !!!😍😍😍
11/02/2025
लुम्बिनी प्रदेशको प्राथमिक तह, द्वितीय श्रेणीको कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने शिक्षक बढुवाको नतिजा अनुसार श्री खलङ्गा आधारभूत विद्यालय - Shree Khalanga Basic School मा कार्यरत शिक्षक श्री पारसमणि श्रेष्ठ Parash Mani Shrestha बढुवाको लागि सिफारिस हुनुभएकोमा यस विद्यालय परिवारकाे तर्फबाट हार्दिक बधाई दिँदै उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्दछौँ।
20/11/2024
विश्व बाल दिवसको अवसरमा सरस्वती सामुदायिक सिकाई केन्द्र, खलङ्गा प्युठानको आयोजनामा आज खलङ्गा आधारभूत विद्यालय खलङ्गा प्युठानमा प्राथमिक तह स्तरीय हाजिर जवाफ प्रतियोगितामा सहभागी भई हाम्रो विद्यालयका विद्यार्थी भाइबहिनीहरूले प्रथम स्थान हासिल गर्न सफल भएकोमा हार्दिक बधाई दिन चाहन्छौँ ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Pyuthan
06420169