Baby Care at Home

Baby Care at Home Baby Care Services In Kathmandu.

We provide quality care to the postnatal mothers and also provide best baby care services to their newborn babies at your door-step in just a call, Best baby care services in Kathmandu.

आज संसारभर नै ‘विश्व क्षयरोग दिवस’ मनाइँदै छ । सन् १८८२ मार्च २४ का दिन डा. रोबर्ट कोचले यस रोग पत्ता लगाएको सय वर्षपछि ...
24/03/2023

आज संसारभर नै ‘विश्व क्षयरोग दिवस’ मनाइँदै छ । सन् १८८२ मार्च २४ का दिन डा. रोबर्ट कोचले यस रोग पत्ता लगाएको सय वर्षपछि इन्टरनेशनल युनियन अगेनस्ट ट्युबरक्लोसिस एन्ड लङ डिजिज(आईयुएटिएलडि) को सिफारिमा सन् १९८२ देखि नै प्रत्येक वर्ष यस दिनलाई क्षयरोग दिवसको रुपमा मनाउँदै आएको छ ।

तपाईंहरु को उचित स्याहर्, हाम्रो तत्पर्ता फ्लोरेन्स होमकेर परिबारसम्पर्क ठेगाना: फ्लोरेन्क्स होमकेर परिवार : पुतलीसडक का...
19/09/2022

तपाईंहरु को उचित स्याहर्, हाम्रो तत्पर्ता
फ्लोरेन्स होमकेर परिबार
सम्पर्क ठेगाना: फ्लोरेन्क्स होमकेर परिवार : पुतलीसडक काठमाडौं
सम्पर्क नम्बर : 01-5902133 /9848000680

तपाईंहरु को उचित स्याहर्, हाम्रो तत्पर्ताफ्लोरेन्स होमकेर परिबारसम्पर्क ठेगाना: फ्लोरेन्क्स होमकेर परिवार : पुतलीसडक काठ...
14/09/2022

तपाईंहरु को उचित स्याहर्, हाम्रो तत्पर्ता
फ्लोरेन्स होमकेर परिबार
सम्पर्क ठेगाना: फ्लोरेन्क्स होमकेर परिवार : पुतलीसडक काठमाडौं
सम्पर्क नम्बर : 01-5902133 /9848000680

दुध बेसारदुध स्वास्थ्यका लागि जति गुणकारी मानिन्छ, उत्तिनै बेसार पनि । यी दुबैमा औषधीय गुण पनि हुन्छ । कति यस्ता चिज हुन...
03/05/2022

दुध बेसार

दुध स्वास्थ्यका लागि जति गुणकारी मानिन्छ, उत्तिनै बेसार पनि । यी दुबैमा औषधीय गुण पनि हुन्छ । कति यस्ता चिज हुन्छन्, जो आफैमा स्वास्थ्यबर्द्धक हुन्छ तर, अर्को त्यस्तै बस्तुसँग मिश्रण गर्दा त्यसको गुण हराउँछ वा त्यसले उल्टो असर गर्छ । तर, दुध र बेसार आपसमा मिश्रण गर्दा थप गुणकारी बन्छ ।
कहिले पिउने: कुनैपनि खानेकुरा कुन समय खाने भन्ने कुराले पनि स्वास्थ्यमा प्रभाव पार्छ । जस्तो दही स्वास्थ्यका लागि राम्रो हो तर, राती सुत्नुअघि दहीको सेवन प्रत्युत्पादक हुन्छ । ठीक यसैगरी दुधको सेवन चाहि राती सुत्नुअघि गर्न सकिन्छ । बेसार मिश्रण गरिएको दुध राती पिउनु लाभदायक मानिन्छ ।
कसरी पिउने: बेसार शुद्ध र मिसावट नभएको हुनुपर्छ । साथै, दुध पनि ताजा र जैविक हुनुपर्छ । सकेसम्म प्याकेटको दुध पिउनुहुन्न । दुध उमालेपछि तर निकाल्नु पर्छ । त्यसमा एक चिया चम्चा बेसार मिसाएर पिउन सकिन्छ । दुधलाई तातो अवस्थामा पिउनु राम्रो मानिन्छ ।
१) राम्रो निन्द्रा लाग्छ: यदि तपाईलाई अनिन्द्राको समस्या छ भने बेसार र दुध पिउनु लाभदायक हुन्छ । बेसार मिसाइएको दुधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निन्द्रा लगाउँछ । २)क्यान्सरसँग लड्ने क्षमता:- बेसारमा करक्यूमिन रहेको हुन्छ । यसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्छ । त्यसैले दुध र बेसार पिउदा क्यान्सरसँग लड्ने क्षमता पनि बढ्छ ।
३) अल्सरमा उपयोगी: दुध र बेसार यस्तो शक्तिशाली एन्टी सेप्टिक हुन्छ, जसले पेटको अल्सरलाई समेत ठीक गर्छ । यसले पाचनलाई राम्रो बनाउँछ । अल्सर, डाइरिया र अपच हुन दिदैन । ४) महिनावरीमा हुने दु-खाईबाट छुटकारा:- बेसार भएको दुध पिउदा महिनावरीको क्रममा हुने दुखाई पनि कम गर्छ ।
५) कलेजको बि-षाक्त पदार्थ हटाउँछ: दुधमा बेसार मिसाएर पिउँदा त्यसले प्राकृतिक तरिकाले कलेजोको बिषाक्त पदार्थ निकाल्छ । यसैले गर्दा रगत शुद्धिकरण पनि हुन्छ । ६) पाचन यन्त्र चुस्त राख्छ:- दुधमा बेसार मिसाएर पिउँदा पाचन प्रणाली चुस्त रहन्छ तर, धेरै फ्याट भएको दुध सजिलै पच्दैन ।
७) हड्डी बलियो बनाउँछ: बेसार र दुधको मिश्रणमा क्याल्सियम बढी हुन्छ । दैनिक यस्तो दुध पिउनाले हड्डी बलियो बनाउँछ

हामीले प्रदान गर्ने सेवाहरु
👉 𝟮𝟰 𝗵𝗼𝘂𝗿𝘀 𝘀𝗲𝗿𝘃𝗶𝗰𝗲𝘀
👉 आमाबुबाको उचित स्याहार
👉 𝗡𝘂𝗿𝘀𝗶𝗻𝗴 𝗖𝗮𝗿𝗲 (𝟮𝟰𝗵𝗿𝘀 / 𝟭𝟮𝗵𝗿𝘀 / 𝟴𝗵𝗿𝘀)
👉 𝗙𝗼𝗿𝗲𝗶𝗴𝗻 𝗩𝗶𝘀𝗶𝘁 𝗣𝗖𝗥 𝗧𝗲𝘀𝘁 𝗮𝘁 𝗵𝗼𝗺𝗲 𝗶𝗻𝗰𝗹𝘂𝗱𝗶𝗻𝗴 𝘃𝗶𝘀𝗶𝘁 (𝗥𝘀𝟭𝟱𝟬𝟬 & 𝗲𝘀𝗽 𝗱𝗶𝘀𝗰𝗼𝘂𝗻𝘁 𝗳𝗼𝗿 𝗠𝗮𝗻𝗽𝗼𝘄𝗲𝗿 𝗔𝗴𝗲𝗻𝗰𝘆 𝗮𝗻𝗱 𝗖𝗼𝗻𝘀𝘂𝗹𝘁𝗮𝗻𝗰𝘆)
👉 𝗟𝗮𝗯 𝗧𝗲𝘀𝘁 (𝟭𝟬% 𝗼𝗳𝗳 𝗶𝗻 𝗮𝗹𝗹 𝗟𝗮𝗯 𝗧𝗲𝘀𝘁)
👉 𝗣𝗵𝘆𝘀𝗶𝗼𝘁𝗵𝗲𝗿𝗮𝗽𝘆
👉 𝐆𝐞𝐫𝐢𝐚𝐭𝐫𝐢𝐜𝐬 𝐇𝐨𝐦𝐞 𝗮𝘁 𝗗𝗵𝗮𝗽𝗮𝗸𝗵𝗲𝗹 (𝗡𝗲𝗮𝗿 𝗞𝗘𝗖 𝗖𝗼𝗹𝗹𝗲𝗴𝗲)

ग्यास्ट्रिकले ग्रस्त हुनुभएको छ ? यस्तो छ च्वाट्टै पार्ने घरेलु औषधि (विधिसहित)अहिले अधिकांश मानिसलाई ग्यास्ट्रिकको समस्...
02/05/2022

ग्यास्ट्रिकले ग्रस्त हुनुभएको छ ? यस्तो छ च्वाट्टै पार्ने घरेलु औषधि (विधिसहित)
अहिले अधिकांश मानिसलाई ग्यास्ट्रिकको समस्याले सताउने गरेको छ। मानिसहरु खान नपाएर भन्दा पनि खान नजानेर रोगी बन्ने गरेका छन् । अल्छि स्वभाव हुनु, अत्याधुनिक जीवनशैली, कम ब्यायाम, मिसावट युक्त अन्न, विषादीपूर्ण तरकारी, जिब्रोले स्वाद माने अत्याधिक भोजन जस्ता स्वास्थ्य प्रतिकूल क्रियाकलापले मानिस रोगबाट ग्रसित हुने गरेका छन् ।
मसालेदार, तारेभुटेको खानले पनि स्वास्थ्य सम्बन्धी समस्या बढ्ने गरेको छ। यसले ग्यास्ट्रिकलाई झन बढाउने गर्छ। यसका लागि हामीले यहाँ केही घरेलु विधिबारे जानकारी दिएका छौं। ज्वानो र बिरे नुन त हामी सबैको भान्छामा हुने गर्छ। यसलाई ग्यास्ट्रिकको दबाई बनाउन सकिन्छ ।
औषधी बनाउने विधि यस्तो छ: बिरे नुनलाई धुलो हुने गरी पिसौं । ज्वानो ५ चम्चा जत्ती भुटौं र त्यो पनि पिसौं । ५ चम्चा ज्वानोमा करीब १ चम्चा बिरे नुन मिसाऔँ । यही अनुपातमा आफुूलाई चाइने मात्रामा तयार गरेर एउटा बन्द भाडोमा राख्न सकिन्छ। जब आफूलाई रोगबाट पीडित महसुस हुन्छ तत्काल यस्को प्रयोग गर्न सकिन्छ। तत्कालै यसबाट राहत पाईन्छ । रोग नियन्त्रणमै छ भने राति सुत्नु अघी २ चम्चा यो तयार गरेको औषधी खाएर सुत्दा बिहान पेट सफा हुनुका साथै दिसा खुलेर आउँछ।
यो पनि पढ्नुस,ग्यास्ट्रिक देखि कोलेस्ट्रोल सम्मका राेगहरु केही दिनमै निकाे बनाउने बिरे नुन,हेर्नुहोस् यस्ताे छ प्रयाेग गर्ने तरिका, बिरेनुनकाे यति धेरै फाईदा र राेग निकाे बनाउन सक्ने सक्ति ,तपाईंले बिरेनुनका बारेमा पक्कै सुन्नु भएको होला । यो नुन विभिन्न खालको रोगमा घरेलु उपचारको लागि प्रयोग गर्ने गरिन्छ।आयुर्वेदमा त यसको धेरै औषधिहरुमा प्रयोग हुन्छ । सेतो नुनको सट्टा थोरै मात्रामा बिरेनुनको प्रयोग गर्न सकियो भने यसले फाइदा पुग्छ । बिरेनुन प्राकृतिक नुन हो । यो हिमाली र पहाडी क्षेत्रमा डाँडापहराबाट निकालिन्छ ।
बिरेनुनको नियमित सेवनले बा`थ, पि`त्त र कफलाईसमेत नियन्त्रणमा राख्ने काम गर्छ । बिरेनुनको प्रयोग विषेशगरि पेटसम्बन्धी रोगमा बढी मात्रामा प्रयोग हुने गरेको भएपनि यसले उच्च रक्तचापका विरामीलाई पनि बिरे नुनले निकै फाइदा पुग्छ । यो नुनमा सोडियमको मात्रा कम हुने भएकाले उच्च रक्तचापका बिरामीलाई फाइदा पुग्छ । बिरेनुनको प्रयोगले ग्यास्ट्रिक, कब्जियत, अम्लीयलगायतका समस्याबाट बच्न सकिन्छ । पेट दुखेको, झाडापखला लागेको, पेट ढुस्सिएको आदी बेलामा यसको प्रयोग गर्ने गरिन्छ ।
खाना पचाउनमा बिरेनुनको महत्वपूर्ण भूमिका हुन्छ । विशेष गरि ग्यास्ट्रिक भएकाहरुले नियमित रुपमा बिरे नुनको प्रयोग गर्न आवश्यक छ । बिरेनुनमा सल्फर, आइरनलगायतका शरीरलाई आवश्यक खनिज तत्व प्रशस्त मात्रामा हुन्छ । जसको कारण मोटोपना, खराब कोलेस्ट्रोल, श्वासप्रश्वाससम्बन्धी समस्याबाट बचाउने काम गर्छ । त्यस्तै, यसको सेवनले मधुमेह, आर्थराइटिस, प्यारालाइसिस, एनिमिया, रक्तश्राव, कपाल झर्ने, जोर्नी दुख्ने र आन्द्रासम्बन्धी समस्यालाई पनि नियन्त्रण गर्नमा भूमिका खेल्छ ।
यसले धातुबाट हुने असरबाट पनि बचाउँछ । त्यस्तै, छालालाई नरम, स्वस्थ, सुन्दर राख्न पनि मद्दत गर्छ । यसको सेवनले कुष्ठरोग, एक्जिमा वा छालासम्बन्धी रोगबाट समेत टाढा रहन सकिन्छ । तातो पानीमा मिसाएर बिरे नुनलाई पिउँदा फाइदा पुग्छ भने मनतातो पानीमा बिरेनुनको मिश्रण गरी नुहाउँदा निकै लाभदायक हुन्छ । दाँत, गिजा, जिब्रो, घाँटी आदिमा समस्या उत्पन्न भएमा तोरीको तेलमा बिरेनुनको मिश्रण गरी सफा गर्न सकिन्छ ।
यसले दाँतलाई चम्किलो बनाउनुका साथै मुखसम्बन्धी अन्य समस्याबाट पनि मुक्त हुन सहज हुन्छ । दि` सा पातलो हुने समस्या भएमा प्याजलाई मसिनो गरी काटेर बिरेनुन र कागतीको रस एक चम्चा मिसाई प्रयोग गर्दा तत्कालै राहतको महसुस हुन्छ । पेटमा ग्यास भरिएको बेलामा मनतातो पानीमा बिरे नुन राखेर दिनमा तीनपटक खाँदा यसले फाइदा पुग्छ ।
कालो नुनको प्रयोगले भोक बढाउँछ । खाना सजिलै पच्छ । यसैले शरीरले उर्जालाई राम्रोसंग प्रयोगगर्न पाउँछ । यदि कम भोक लाग्ने समस्या छ भने कालो नुनमा सलाद, दही, मोही, कागतीपानी संगै प्रयोग गर्न सकिन्छ । यसबाट शरीर पनि स्वस्थ राख्न सकिन्छ र सोडियमको मात्रा पनि बढ्दैन । त्यसैले बिरेनुन स्वास्थका लागि निकै नै फाईदाजनक रहेकाे छ ।
हामीले प्रदान गर्ने सेवाहरु
👉 𝟮𝟰 𝗵𝗼𝘂𝗿𝘀 𝘀𝗲𝗿𝘃𝗶𝗰𝗲𝘀
👉 आमाबुबाको उचित स्याहार
👉 𝗡𝘂𝗿𝘀𝗶𝗻𝗴 𝗖𝗮𝗿𝗲 (𝟮𝟰𝗵𝗿𝘀 / 𝟭𝟮𝗵𝗿𝘀 / 𝟴𝗵𝗿𝘀)
👉 𝗙𝗼𝗿𝗲𝗶𝗴𝗻 𝗩𝗶𝘀𝗶𝘁 𝗣𝗖𝗥 𝗧𝗲𝘀𝘁 𝗮𝘁 𝗵𝗼𝗺𝗲 𝗶𝗻𝗰𝗹𝘂𝗱𝗶𝗻𝗴 𝘃𝗶𝘀𝗶𝘁 (𝗥𝘀𝟭𝟱𝟬𝟬 & 𝗲𝘀𝗽 𝗱𝗶𝘀𝗰𝗼𝘂𝗻𝘁 𝗳𝗼𝗿 𝗠𝗮𝗻𝗽𝗼𝘄𝗲𝗿 𝗔𝗴𝗲𝗻𝗰𝘆 𝗮𝗻𝗱 𝗖𝗼𝗻𝘀𝘂𝗹𝘁𝗮𝗻𝗰𝘆)
👉 𝗟𝗮𝗯 𝗧𝗲𝘀𝘁 (𝟭𝟬% 𝗼𝗳𝗳 𝗶𝗻 𝗮𝗹𝗹 𝗟𝗮𝗯 𝗧𝗲𝘀𝘁)
👉 𝗣𝗵𝘆𝘀𝗶𝗼𝘁𝗵𝗲𝗿𝗮𝗽𝘆
👉 𝐆𝐞𝐫𝐢𝐚𝐭𝐫𝐢𝐜𝐬 𝐇𝐨𝐦𝐞 𝗮𝘁 𝗗𝗵𝗮𝗽𝗮𝗸𝗵𝗲𝗹 (𝗡𝗲𝗮𝗿 𝗞𝗘𝗖 𝗖𝗼𝗹𝗹𝗲𝗴𝗲)
------------------------------------------------

गाजर खाने गर्नु भएको छ ? यस्ता छन् गाजरका औषधीय गुण !एजेन्सी । जाडोमा गाजर खान खुबै मज्जा हुन्छ । दिनदिनै काँचो गाँजर खा...
28/04/2022

गाजर खाने गर्नु भएको छ ? यस्ता छन् गाजरका औषधीय गुण !
एजेन्सी । जाडोमा गाजर खान खुबै मज्जा हुन्छ । दिनदिनै काँचो गाँजर खाँदा वा त्यसको जुस पिउँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या समाधान हुन्छ । औषधीय गुणहरूले भरिएको गाजरले जाडोमा फाइदा पनि गर्छ । दिनदिनै गाजर खानुका यस्ता फाइदा हुन्छन् :– गाजर र पालुंगोको रसमा भुटिएको जीरा र वीरेनून मिसाएर पिउँदा शरीरको कमजोरी हट्छ । जाडोमा दिनदिनै गाजर वा त्यसको जुस सेवन गर्दा शरीर तातो रहन्छ ।
गाजरको रसमा मरिच मिसाएर पिउँदा रुघाखोकी र कफको समस्या कम हुन्छ । दिनदिनै गाजर पिउँदा ग्यास, अल्सर, अपच र पेट गडबडी जस्ता समस्या हराउँछन् । त्यसको रसमा कागती र पालुंगोको रस मिसाएर पिउँदा कब्जियतको समस्या हटाउँछ । क्याल्सियम, प्याक्टिन फाइबर, भिटामिन ए बी र सीका गुणहरू हुन्छन् । यसको सेवनले कोलेस्ट्रोल स्तर नियन्त्रण गरेर मुटुरोगको खतरा कम गर्छ ।
इम्युन सिस्टमलाई ठीक राख्नका लागि दिनदिनै गाजरको रसमा मह हालेर पिउनुस् । पाचनतन्त्र ठीक राख्नुका साथै पेटका समस्या पनि हटाउँछ । एक सय पचास ग्राम गाजर, तीन लसुन र ल्वाङको अचार बनाएर दिनदिनै बिहान खाँदा पुरानो रुघाखोकी समेत निको हुन्छ । गाजरको रसमा अमलाको रस र वीरेनून मिसाएर पिउँदा पिसाबको संक्रमण र पिसाब पोल्ने समस्याबाट मुक्ति पाइन्छ ।
चुकन्दर, पालुंगो र गाजरलाई कोरेर दूधमा मिसाएर मज्जाले उमाल्नुस् र दिनदिनै पिउनुस् । शरीरमा रगतको कमी हुन पाउँदैन । दिनदिनै दुईवटा काँचो गाजर खाँदा दिमाग तीखो हुनुका साथै आईक्यु स्तर पनि बढ्छ । चश्मा लगाउनुहुन्छ भने दिनदिनै गाजर र पालुंगोको रस एक गिलास पिउनुस् । आँखाको तेज बढ्छ ।
सेवाका लागि सम्पर्कः-
आमाबुबाको उचित स्याहार
- Nursing Cares
- PCR Test at home
- Baby care👶
- Physiotherapy
- Doctors on call
- Geriatric care
- All lab tests at home

28/04/2022
हरेक बिहान खाली पेटमा कागती पानी पिउँदा यसरी फेरिन्छ शरिर ! सबैले जानी राखौंकाठमाडौँ । हामी सबैलाई थाहा छ, मानिसको शरिरल...
27/04/2022

हरेक बिहान खाली पेटमा कागती पानी पिउँदा यसरी फेरिन्छ शरिर ! सबैले जानी राखौं
काठमाडौँ । हामी सबैलाई थाहा छ, मानिसको शरिरले भिन्न किसिमका रसायनहरुमा भिन्न किसिमले प्रतिक्रिया दिन्छ । कुनै पनि रसायन हाम्रो शरिरमा निश्चित मात्रामा नियमितरुपमा भइरहदा प्रतिक्रिया पनि फरक फरक हुन्छ । जस्तै: कागती पानीले शरिरमा पार्ने फरक ।
हामीले गर्मीमा शरिर शितल गराउँन कागती पानी पिउँने गर्छौँ तर कमै मात्र मानिसले बिहान बिहान खाली पेटमा कागती पानी पिउँछन् । तपाईले कागती पानी हरेक बिहान पिउँदा हुने फाइदा थाहा पाउँनु भयो भने छक्क पर्नुहुनेछ ।
यस्ता छन्, खाली पेटमा कागतीपानी पिउनुको फाइदा: तौल कम गर्न: मोटोपनाबाट ग्रस्त हुनुहुन्छ भने बिहान खाली पेट पानी, कागती र मह सेवन गर्दा पेटमा जमेको बोसो कम हुन थाल्छ । यसले मेटाबोलिजम पनि बढाउँछ । मुखको दुर्गन्ध हट्छ: कागतीपानीले मुखको दुर्गन्ध पनि हटाइदिन्छ । शरीरलाई विष रहित बनाउन यसले मद्दत गर्छ । जोर्नीको पीडाबाट राहत: जोर्नीको पीडाबाट चिन्तित हुनुहुन्छ भने कागतीपानी पिउन थाल्नुस् ।
भिटामिन सी: शरीरका लागि भिटामिन सी जरूरी तत्त्व हो । यसले रोगहरूसँग लड्न मद्दत गर्छ । बिहानको समयमा यसको सेवनले रोगप्रतिरोधक क्षमता राम्रो हुन्छ । रुघाखोकी जस्ता संक्रमण पनि यसले राख्न दिँदैन ।
पाचन क्रिया राम्रो: बिहान मनतातो पानीमा कागती र मह हालेर पिउनुभयो भने शरीरमा पाचक रस बन्न शुरु हुन्छ । यसले भाृक लाग्न शुरु गर्छ र पाचनक्रियालाई राम्रो राख्न पनि मद्दत गर्छ । छालामा निखार: कागतीमा भएको एन्टीअक्सिडेन्ट गुणले छालामा निखार ल्याउँछ । छालाका दागधब्बा सफा हुन्छन् ।
कागतीमा त्यस्तो के हुन्छ र फाइदा गर्छ ? कागतीलाई क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत मानिएको छ । कागती पानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ । रुघाखोकीको उपचारमा कागती पानी उपयोगी हुन्छ । मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ ।
कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ किनभने यसले युरिक एसिडलाई विघटित गरिदिन्छ । एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई स्वस्थ राख्छ । कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ । हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ ।
भिटामिन ‘सी’ अधिक भएकाले कागतीबाट हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सबल हुन्छ । कागती पानी पिउने गरेमा शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ । पेक्टिन फाइबर हुने भएकाले आन्द्राको कोलोनलाई स्वस्थ राख्न कागतीले शक्तिशाली एन्टिब्याक्टेरियल गुण देखाउँछ । बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निष्काशनमा सहयोग पुग्छ । कागती पानीले पाचनमा सहयोग पुग्छ ।
सेवाका लागि सम्पर्कः
- आमाबुबाको उचित स्याहार
- Nursing Cares
- PCR Test at home
- Baby care👶
- Physiotherapy
- Doctors on call
- Geriatric care
- All lab tests at home

यी ६ फूलमा पाइन्छ औषधिय गुण, कुन फूलले पार्छ कुन रोग निको ? जान्नुहोस्एजेन्सी । तपाई हाम्रो घर आँगनमा कतिथरी फूल छन्। गु...
19/04/2022

यी ६ फूलमा पाइन्छ औषधिय गुण, कुन फूलले पार्छ कुन रोग निको ? जान्नुहोस्
एजेन्सी । तपाई हाम्रो घर आँगनमा कतिथरी फूल छन्। गुलाब, सायपत्री, चमेली लगायत अनगिन्ती । घरको शोभा हो, फूल। घरलाई आकर्षक देखाउनका लागि बार्दली, बगैंचामा फूल रोप्ने गरिन्छ। साथसाथै घरभित्र पनि फूल–विरुवा रोप्ने चलन छ। फूल देख्नसाथ हामी त्यसप्रति मोहित हुन्छौं । प्रकृतिको अनमोल देन हो यो ।
फूलसँग सौन्दर्य र सुगन्ध मात्र हुँदैन, औषधीय गुण पनि हुन्छ। ढकमक्क फक्रिएका फूलहरु देख्दा तपाईंलाई कस्तो हुन्छ ? त्यो भावनालाई तपाईं शब्दमा वायन गर्न सक्नुहुन्न। फूलहरुले स्वभाविक रुपमा हामीलाई खुसी र उमंग दिन्छ।
जब ढकमक्क फूलहरु देख्छौं, हामी आफैलाई भुलेर त्यसमा रमाउन थाल्छौं। यसैको खातिर त हामी आफ्नो घर आसपासमा फूलहरु रोप्छौं। फूलको वखान यतिमा मात्र सकिदैन। फूल हाम्रो मानसिक र शारीरिक स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ। मनलाई उमंगित बनाउन मात्र होइन, शरीरका आवरणलाई सुन्दर बनाउन पनि फूल उपयोगी हुन्छ। प्रकृतिको मोहक रचना हो, फूल।
अनि घरको शोभा पनि। फूलले हामीसँग खुसी र उमंग मात्र साट्दैन, स्वास्थ्य लाभ पनि दिलाउँछ। मन्दिरमा चढाउन होस् वा ओखतीको रुपमा प्रयोग गर्न, फूल उपयोगी हुन्छ। धेरै फूल यस्ता हुन्छन्, जहाँ स्वास्थ्य र सौन्दर्यको खजना लुकेको हुन्छ। त्यसमा फाइबर, क्याल्शियम, प्रोटिन, मिनरल्सको भण्डार हुन्छ, जसको जरुरी शरीरलाई हुन्छ।
सयपत्री: सयपत्रीसँग त हाम्रो भावनात्मक सम्बन्ध नै छ । जसै ढकमक्क सयपत्री फूल देख्छौं, हामीलाई तिहारको सम्झना हुन्छ । यसको सुगन्धले पनि हामीलाई तिहारको याद दिलाउँछ । दशैं–तिहारको छेकमा घर आँगन र बारीको कान्लाभरी सयपत्री ढकमक्क देखिन्छ । यो फूलले हामीलाई यसै लोभ्याउँछ ।
यो फूल औषधिय गुणले पनि भरिपूर्ण हुन्छ । गाउँघरमा यो फूल टिपेर सुकाउने पनि गरिन्छ । यसलाई लामो समय राखेर प्रयोग गर्न सकिन्छ । घाँटी दुखेको अवस्थामा सयपत्री फूल चपाउन दिइन्छ । साथै यसलाई तुलसीको पातसँग मिसाएर पेस्ट तयार गर्न सकिन्छ । छालाको रोग निको बनाउन यो पेस्ट उपयोगी हुन्छ ।
गुराँस: गुराँससँग पनि हाम्रो भावनात्मक नाता छ । खासगरी लाली गुराँस हाम्रो राष्ट्रिय फूल । नेपालको मध्यपहाडी बनपाखामा जताततै गुराँस पाइन्छ । चैत–वैशाखमा फूल्ने गुराँसले बनपाखा नै रमाइलो देखिन्छ । गुराँस थरीथरीका हुन्छन् । त्यसमध्ये पनि गुलावी र सेतो रंगको गुराँसमा औषधीय गुण हुने बताइन्छ । यसलाई सुकाएर लामो समयसम्म राख्न एवं प्रयोग गर्न सकिन्छ । गुराँसको फूलबाट विभिन्न पेय पनि तयार गर्न सकिन्छ । रक्तचाप कम गर्नदेखि रगतको मात्रा बढाउन समेत यसको सेवन गर्न सकिन्छ ।
गुलाब: धेरैको प्रिय फूल हो गुलाब । अधिकांशको घरमा गुलाब रोपिएको हुन्छ । गुलाब पनि थरीथरीका हुन्छन् । गुलाबको गुण त धेरैलाई थाहा नै छ । खासगरी अनुहारको सुन्दरताको लागि गुलाबको प्रयोग गरिन्छ । गुलाब जल बनाएर अनुहारमा लगाउँदा त्यसले छालामा चमक ल्याउने र मुलायम बनाउने गर्छ । विभिन्न सौन्दर्य प्रशाधनमा पनि गुलाब जल प्रयोग गरिन्छ । आँखाको जलन वा छालाको संक्रमण कम गर्न पनि गुलाब प्रयोग गर्न सकिन्छ । गुलाबको फूलबाट सर्वत बनाएर पनि पिउन सकिन्छ ।
जवा कुसुम: यो पनि सर्वप्रिय फूल हो । कसैले यसले घण्टी फूल पनि भन्छ । यस फूलको विशेषता के भने जुनसुकै ऋतुमा पनि यो ढकमक्क फूल्छ । जवा कुसुम रातो, गुलाबी, पहेंलो, सेतो, बैजनी थरीथरी रंगमा फूल्छ । यो फूल हेर्दा जति सुन्दर हुन्छ, उत्तिनै औषधीय गुणले भरपुर पनि जवा, कुसुमले कोलेस्ट्रोल, मधुमेह, उच्च रक्तचाप आदि नियन्त्रणका लागि सहयोग गर्छ । यो भिटामिन सि, क्याल्सियम, आइरनको स्रोत हो ।
बेली: यो निकै सुन्दर फूल हो । गर्मीको याममा फूलने यो एकदमै सुगन्धित फूल हो । यो फूलले छालाको चमक बढाउन र छालाई सुगन्धित बनाउन उपयोग गरिन्छ । नुहाएको बेला यसलाई पानीमा मिसाउने गरिन्छ।चमेली: अत्यान्तै सुगन्धित फूल हो चमेली । यो फूल हेर्दा जति लोभलाग्दो हुन्छ, उत्तिनै गुणी पनि । चमेली फूलबाट बनाइएको तेलले छालाको रोग, दाँतको रोग, घाँउ खटिरा आदि निको बनाउँछ । छाला र कपालको सौन्दर्यका लागि पनि चमेली निकै उपयोगी हुन्छ।
हामीले प्रदान गर्ने सेवाहरु
- 24 hours services
- आमाबुबाको उचित स्याहार
- Nursing Cares
- PCR Test at home
- Baby care👶
- Physiotherapy
- Doctors on call
- Geriatric care
- All lab tests at home

साँस गनाउने स’मस्या छ ? उसोभए तपाईलाई हुनसक्छ यस्तो रो’गको संकेत ! जानीराखौं   सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरे...
17/04/2022

साँस गनाउने स’मस्या छ ? उसोभए तपाईलाई हुनसक्छ यस्तो रो’गको संकेत ! जानीराखौं
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख गन्हाउने समस्या हुनसक्छ । तर, कतिपयको सास र मुख गन्हाउँछ, अन्य दिनमा पनि । यसको कारण धेरै हुनसक्छ । गलत खानपान, पेटको समस्या, दाँत वा मुखको सरसफाई नहुनु आदिले मुख गन्हाउँछ ।
हामी ठान्छौं, यो सामान्य समस्या हो । यद्यपी कतिपय अवस्थामा यो गंभिर रोगको संकेत पनि हुनसक्छ । त्यसैले समयमै मुख तथा सास गन्हाउने समस्याबारे जान्न आवश्यक छ । विज्ञानले विहान स्वास गनाउने समस्यालाई ‘ह्यालिटोसिस’ भन्छ ।
दाँत सफा नगर्ने बानीले गर्दा, सुत्ने तरिका नमिल्दा अनि केही खानेकुराह खाँदा विहान स्वास गनाउने गर्दछ। राति सुत्दा मुख सुक्खा भयो भने पनि स्वास गनाउने गर्दछ । हुन त दुर्गन्धित स्वास हुनुका कारणहरू थुप्रै छन्, तर त्यी समस्यालाई समाधान गर्ने तरिकाहरू पनि पक्कै थुप्रै छन् ।
मुखमा घाउ खटिरा आएमा, गाँठागुँठी आएमा, गिजा पाकेमा, दाँतमा किरा लागेमा, खाल्डो परेमा तथा दाँत राम्ररी सफा नभएमा पनि मुख तथा सास गन्हाउने गर्छ । त्यसैगरी, दाँतको कापमा तथा मुखमा फोहर जम्मा भएर बसेमा पनि त्यहा अड्किएका फोहरका कारण मुख गन्हाउने गर्छ । त्यस्तै, मुखमा जटिल समस्या उत्पन्न भएमा, मुखको क्यान्सर, मधुमेह, स्वास प्रस्वास नलीमा, मृगौलामा समस्या उत्पन्न भएमा पनि मुख तथा सास गन्हाउने समस्या उत्पन्न हुने गर्छ ।
मधुमेहका कारण शरीरमा मेटाबोलिक परिवर्तन देखा पर्न थाल्छ । जसको कारण मुख गन्हाउन थाल्छ । मृगौलाको समस्याका कारण शरीरमा मेटाबोलिक परिवर्तन देखा पर्दछ । जसले गर्दा शरीरमा मुख सुख्खा हुने समस्या आउने गर्छ , जसका कारण मुखबाट गन्ध आउने गर्छ । जिगाको समस्याका कारण पेरिओडोन्टिक नामक रोग लाग्ने गर्छ ।
जुन मुख गन्हाउने समस्याको कारण बन्न सक्छ । शरीरको महत्वपूर्ण अंगहरुमध्ये कलेजो पनि एक हो । कलेजोले खानालाई पचाउन सहयोग गर्दछ । तर कलेजोको संक्रमण भएको खण्डमा यसले राम्ररी काम नगर्दा अपचको समस्या उत्पन्न हुने गर्छ। जसका कारण मुख तथा सासबाट गन्ध आउने गर्छ ।
कयौ मानिसहरु सास गन्हाउने समस्यालाई सामान्य नै मान्ने गर्दछन् । जबकी फोक्सोको संक्रमण भएमा पनि मुखबाट गन्ध आउने गर्छ। सही तरीकाले दाँत नमाझेको खण्डमा दाँतमा व्याक्टेरिया जम्मा हुन थाल्छ । जसका कारण मुखमा संक्रमण भई मुखबाट गन्ध आउने गर्छ । यस्ता समस्याबाट बच्नको लागि यी कुरामा ध्यान दिन जरुरी छ ।
यदी कसैलाई विहान बेलुकी राम्ररी ब्रस गर्दा पनि मुख गन्हाउने समस्या छ भने मुखको भित्र, गिजा वरिपरि तथा गालातिर ठूलो घाउ छ भने मुखको राम्ररी सरसफाई गर्दा पनि मुख गन्हाउने समस्या भइरहन्छ भने मुखमा रातो, सेतो वा कालो घाउ छ भने दातलाई पाच भागमा बाडेर तल, माथि, दाया बाया तथा दातको टुप्पोमा राम्ररी सफा गरेर पनि फेरी डेन्टल चिकित्सकद्धारा दातको सफाइ गर्दा पनि मुख गन्हाउने समस्या कम नभएमा सबैभन्दा पहिले दात विशेषज्ञका जानु आवश्यक छ ।
यदी दातको सम्पूर्ण चेकजाचका बाबजुद यदी कसैको मुख अन्य कारणले गन्हाउछ भने दात विशेषज्ञको सुझाव अनुसार फिजिसियनसितको परामर्श आवश्यक छ ।अन्यथा, मुख तथा शरीरका अन्य भागको जटिल समस्या समेत उत्पन्न हुन सक्छ । दात तथा मुखको राम्ररी हेरचाह गरेको खण्डमा मुखको मात्र नभई शरीरमा अन्यसमस्या समेत नआउने हुन्छ । तीमध्येकै केहि सम्भव तरिकाहरू यसप्रकार रहेका छन्
सुत्नुभन्दा अगाडि दाँत माझ्ने बानी बसाल्नुहोस् : दाँतको सरसफाइमा उचित ध्यान दिनुभयो भने, स्वास गनाउने समस्याको त समाधान हुन्छ त्यसको साथसाथै विभिन्न दन्तरोगहरूबाट पनि बच्न सकिन्छ। बहान उठेपछि तथा सुत्नुभन्दा अगाडि दाँत माझ्दा बिहानीपख स्वास गनाउने समस्या कम हुँदै जान्छ।
दिनमा एकचोटि जीब्रो सफा गर्नुहोस्: विहान उठ्दा स्वास गनाइराखेको छ भने तपाईँको जीब्रोमा बाक्लो सेतो लेउ लागेको हुन सक्छ। यस्तो लेउमा स्वासलाई दुर्गन्धित बनाउने ब्याक्टेरियाहरू जम्मा भएर बसेका हुन्छन् । त्यसैले दाँत माझेपछि नरम ब्रसले जीब्रोलाई हलुका सफा गर्ने बानी बसाल्नुहोस् । जीब्रो सफा गर्दा बढी बल प्रयोग गर्नुभयो भने, जीब्रोका टेस्ट बड हरूमा क्षति पुगि स्वादको पहिचान गर्न कठिनाइ हुन सक्छ ।
नुन पानीले मुख कुल्ला गर्नुहोस् : अल्कोहलको मात्रा भएका मुख कुल्ला गर्ने तरल पदार्थहरूले मुखलाई झन् बढी सुक्खा गराउँदछ। त्यसैले मुख कुल्ला गर्दा घरेलु उपाय अपनाउन पनि सकिन्छ।
त्यसको लागि: १ गिलास मनतातो पानीमा आधा चम्चा नुन राखेर घोल्नुहोस्: र त्यस पानीले मुख कुल्ला गर्नुहोस्। त्यसो गरेमा स्वासलाई दुर्गन्धित बनाउने ब्याक्टेरियाहरू मर्दछ।औषधी पसलमा अल्कोहल नमिसाइएको माउथवासहरू पनि पाइन्छन्, त्यसको प्रयोग गर्न पनि सक्नुहुन्छ । यसरी मुख कुल्ला गर्दा रातभरी मुखमा जम्मा भएर बसेका ब्याक्टेरियाहरू हट्छन् र स्वास गनाउने समस्यामा कमी हुँदै जान्छ।
सुत्ने बानीलाई सुधार्नुहोस् : राती सुत्दा घुर्नुभयो अथवा मुख खुल्ला गरेर सुत्नुभयो भने गह्रौँ स्वास फेर्नुपर्ने हुन्छ, जसले गर्दा विहान स्वास गनाउन सक्छ । त्यसैले सुत्ने बानीमा सुधार ल्याउनु जरुरी हुन्छ । त्यसको लागि उत्तानो परेर सुत्नुभन्दा कोल्टे परेर सुत्नु उचित हुन्छ, र सुत्दा मुखको सट्टा नाकले सास फेर्ने बानी बसाल्नुहोस् ।
सुत्नुभन्दा अगाडि नाकबाट सास फेर्ने बानी गर्नुहोस् : सुत्नुभन्दा अगाडि एउटा कुरा सम्झिनुहोस्, “नाक सास फेर्नको लागि हो र मुख खानको लागि हो !” केहि दिनसम्म सुत्नुभन्दा पहिले नाकले स्वास फेर्ने अभ्यास गर्नुहोस्, अनि सुत्दा पनि मुख बन्द गर्नुहोस् र नाकले नै स्वास फेर्नुहोस् ।
सुत्नुभन्दा अगाडि १ गिलास पानी पिउनुहोस् –राति सुत्दा शरीरमा पानीको कमी हुन गयो भने पनि मुख सुक्खा हुने गर्दछ, जसले विहानमा दुर्गन्धित सास निम्त्याउँदछ । त्यसैले दिनमा पनि कम्तीमा ८ गिलास पानी पिउनुपर्ने हुन्छ र राति सुत्नुभन्दा अगाडि पनि १ गिलास पानी जरुर पिउनुहोस्। १ गिलास दूध पिउँदा पनि दुर्गन्धित सासमा कमी आउँदछ ।
ताजा फलफूल तथा साजसब्जिहरू खानुहोस् : ताजा र प्रशस्त पानी पाइने फलफूल, जस्तै गाँजर, काँक्रो, स्याउ, आदि दैनिक खानुभयो भने पनि सास गनाउने समस्यामा कमी हुन्छ । धेरै बोसो तथा चिल्लो भएका खानेकुराहरू नखाँदैमा उचित हुन्छ। त्यसले गर्दा मुखमा किटोन्स नामक रसायन जम्मा हुन्छ, जसले एकदमै दुर्गन्धित सास पैदा गराउँदछ। त्यसैले यस्ता खानेकुराहरू खानुभन्दा पहिले विचार पुर्याउनु जरुरी हुन्छ ।
लसुन, प्याँज र पीरो खानेकुराहरू नखानुहोस् : सबैलाई थाहा भएकै कुरा हो कि, प्याँज खाएपछि कत्तिको सास गनाउँछ भनेर हुन त प्याँज खानु स्वास्थ्यको लागि राम्रै कुरा हो, तर नराम्रो सासबाट मुक्त हुन चाहनुहुन्छ भने यस्ता खानेकुराहरू नखाँदै उचित हुन्छ। नियमित रूपमा लसुन, प्याँज सेवन गर्ने मानिसहरूको सास मात्रै होइन, पुरै शरीरबाट नै दुर्गन्ध आउने गर्दछ ।
गुलियो खानेकुरामा कमी गर्नुहोस् : धेरै गुलियो खानेकुराहरू खाएपछि मुखमा केहि कणहरू बाँकी हुन्छ, जुन पछि गएर दुर्गन्धको श्रोत बन्न जान्छ । त्यस्ता कणहरूमा ब्याक्टेरिया पनि छिट्टै नै आकर्षित हुने गर्दछ। ती ब्याक्टेरियाहरू एसिडमा परिणत हुन्छन् र दाँत कुहिने, दाँत खिइने तथा सास गनाउने जस्ता विभिन्न समस्याहरू देखा पर्दछ। त्यसैले गुलियो खानेकुराहरू खइसकेपछि पानीले मुख कुल्ला गर्न नबिर्सनुहोला ।
शुद्ध हलुका र सुपाच्य भोजन गर्ने । जिव्रो माथिल्लो भागमा लागेको लेउजस्तो फोहर सफा गर्ने र रातो टमाटरमा नून हालेर खाने । सफासग धोएको काचो पालुङ्गो र बन्दा चपाएर विहान बेलुका खाने गर्नाले पनि राहत मिल्ने चिकित्सकहरु बताउछन । आधा चम्चा सुठोको धुलो विहान बेलुका खाना पछि खाने गरेमा पनि त्यसले दुर्गन्ध घटाउछ। खाना पछि तुलसी पत्ता, पुदिन र काँचो सलगम चपाएर खाने गर्नाले पनि समस्या समाधान हुन्छ। कागती र अमलाको प्रयोग बढाएमा पनि दुर्गन्ध कम हुन्छ।
प्रसस्त पानी पिउनी पीउने, थोरै थोरै भएपनि पानी पिइ राख्नु राम्रो हुन्छ । ‘टङ क्लिनर’ले विहान जिव्रो सफा गर्ने र विहान खाना खाएपछि र सुत्नु अघि ब्रस र मन्जनले दाँत सफा गर्ने कागती र पुदिनाको रस एक गिलास मनतातो पानीमा मिलाएर विहान बेलुका मुख कुल्ला गर्ने गरेमा पनि समस्या समाधान हुनसक्छ । त्यसबाहेक सुगन्धीत फलहरु जस्तौ ल्वाङ, सुकमेल, अलैची मुखमा राख्नाले पनि दुर्गन्ध कम हुन्छ। भिटामिन सि र क्याल्सियम बढाउने खाद्य पदार्थको सेवन गर्ने। बढी अपाच्य खानेकुरा नखाने, तारेको पिरो मसलादार र चटपटे बस्तु नखाने । धेरै गुलियो, खाद्य पदार्थबाट टाढै रहने, चिया, कफि, रक्सी, माछा, मासु कम खाने र खाईसकेपछि राम्ररी दाँत जिव्रो सफा गर्ने र पानी पीउने ।
चिकित्सकको सल्लाह लिनुहोस् : जुनसुकै उपायहरू अपनाउँदा पनि तपाईँको सास गनाउन छोडेन भने त्यो सामान्य अवस्था पक्कै पनि होइन। त्यस्तो अवस्थामा तुरुन्त चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ ।कम्तीमा पनि वर्षको एकचोटि सबैजनाले दन्त चिकित्सकसँग आफ्नो दाँतको जाँच गराउनु आवश्यक हुन्छ । त्यसो गरेमा तपाईँको दाँतमा तपाईँले थाहा नपाउने गरि आउने समस्याको पनि तुरुन्तै पहिचान हुन्छ र अझ बढी समस्या आउनबाट बच्न सकिन्छ ।
सेवाका लागि सम्पर्कः
🏥 𝗙𝗹𝗼𝗿𝗲𝗻𝗰𝗲 𝗜𝗻𝘁𝗲𝗿𝗻𝗮𝘁𝗶𝗼𝗻𝗮𝗹 𝗛𝗼𝗺𝗲 𝗖𝗮𝗿𝗲
📞 𝟗𝟖𝟒𝟗𝟎𝟎𝟎𝟔𝟖𝟎
☎️01-5902133
🌐florenceintlhomecare.com.np
📧 [email protected]
🛑 Putalisadak, Kathmandu

यी घरेलु सामग्री प्रयोग गरी आफ्नो अनुहार सुन्दर बनाउनुहोस्       आफ्नो सौन्दर्य कायम राख्न जो कोहीलाई पनि चहाना हुन्छ । ...
15/04/2022

यी घरेलु सामग्री प्रयोग गरी आफ्नो अनुहार सुन्दर बनाउनुहोस्
आफ्नो सौन्दर्य कायम राख्न जो कोहीलाई पनि चहाना हुन्छ । तर, कसरी भन्ने कुराको ज्ञान तपाई हामी सबैलाई नहसन सक्छ । यस्ता केहि उपाय बारे आज हार्मी चर्चा गर्दै छौ । सधैं केही श्रम गरिरहनु नै सौन्दर्य प्राप्तिको राम्रो उपाय हो । यसो भन्दैमा जतिबेला पनि बजारमा पाइने कस्मेटिक्स प्रोडक्ट प्रयोग गर्नु हुँदैैन ।अनुहारको छालाको चमक र यौवनलाई दीर्घकालीन रूपमा स्वस्थ एवं कान्तिमय बनाउन दिनहुँ पँँच मिनेट समय दिनुपर्छ।
मुसुरोको दाल – मुसुरोको दाललाई मोटो धूलो (सुख्खा पाउडरजस्तो बनाई डब्बामा राख्ने, यही मुसुरोेको दालको पाउडरले अनुहार धोए छाला गोरो एवं सफा देखिन्छ । काँक्रा– चिल्लो छाला हुनेहरूले काँक्राको रस पूरै अनुहारमा लगाई १० मिनेटसम्म राख्ने र चिसो पानीले अनुहार सफा गर्ने । छालामा अनावश्यक चिल्लो आएर हैरान भएकाहरूका लागि यसले एस्ट्रिजेन्टको काम गर्नुका साथै छाला कसिलो हुन्छ ।
गोलभेंडा– अनुहारमा चिल्लो आएको तथा कालो दाग देखिएको छ भने टमाटरलाई लेदो बनाई पूरै अनुहारमा लगाउने, २० मिनेटपछि पानीले अनुहार सफा गरे चिल्लो छालालाई फाइदा हुनुका साथै दाग हटेर छाला सफा एवं सुन्दर देखिन्छ । बेसार – काँचो बेसारको मसिनो लेप दूधमा हाली पातलो घोल बनाएर नुहाउनुअघि सम्पूर्ण शरीरमा हल्का मालिस गर्ने । यो मालिसले केही दिनमै सम्पूर्ण शरीरको छालामा निखार आई छाला मुलायम, गोरो एवं बेदाग देखिन्छ ।
आलु–आँखा वरिपरि कालो घेरा छ भने आलुलाई कोरेसोमा कोर्ने र आँखामाथिबाट कोरेको आलु १५ मिनेटसम्म राखेर नियमित रूपमा सफा गरे कालो घेरा समाप्त हुन्छ । मह– महलाई प्राकृतिक मोस्चराइजर मानिन्छ । छाला सुख्खा छ भने सधैं राति दूधको तरमा मह मिसाई अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा फाइदा पुग्छ । महले छाला मुलायम एवं चम्किलो बनाउँछ ।
अण्डा– अण्डाको प्रयोगले अनुहारको कान्ति वृद्धि हुन्छ । छाला सुख्खा छ भने अण्डाको पहेंलो भागलाई साताको दुई पटक अनुहारमा लगाउने । छाला चिल्लो छ भने अण्डाको सेतो भाग लगाउने । सुख्खा छालामा पहेंलो भाग नियमित लगाए अनुहारको छाला कसिलो बनाउन हुन्छ । मेवा – मेवामा पाइने एन्जाइमले छालाको मृतकोष हटाई नयाँ कोष उत्पन्न गर्छ र छाला मुलायम हुन्छ । मेवाको लेप लगातार केही महिना लगाउने हो भने छालाको सबै दाग हराउँछ ।
कागती– अनुहारको छालाको सौन्दर्य वृद्धिमा कागतीको महत्वपूर्ण भूमिका हुुन्छ । कागतीको रस दिनहुँ चिल्लो छालामा लगाइयो भने छाला सफा, गोरो एवं बेदाग हुन्छ । छाला सुख्खा छ भने कागतीको रसमा थोरै तर मिसाई अनुहारमा लगाउनुपर्छ । यसो गर्दा छालाको फोहोर निस्कनुका साथै छाला नरम एवं मुलायम हुन्छ । कागतीमा प्राकृतिक ब्लिच भएका कारण यसको प्रयोग दिनहुँ गरे छाला गोरो एवं सफा देखिन्छ ।
दही – दही छाला र केश दुवैका लागि अत्यन्त लाभकारी छ । सुख्खा, सामान्य र तैलीय छालाका लागि दही गुणकारी मानिन्छ । दुई चम्चा दहीमा थोरै मात्रामा बेसन मिसाएर अनुहारमा लगाई २० मिनेटपछि सफा गरे सुख्खा र सामान्य छाला सधैं चम्किलो देखिन्छ । छाला चिल्लो छ भने दुई चम्चा दही लिने र त्यसमा एक चुटकी बेसार र एक चम्चा गहुँको चोकर मिसाई लेदो बनाएर पूरा अनुहारमा लगाउने र सुकेपछि चिसो पानीले अनुहार धुने, छाला गोरो, बेदाग र चम्किलो देखिन्छ । केरा– सुख्खा छालामा केरालाई दूधमा मिसाई बनाइएको लेप लगाउने र २० मिनेटपछि सफा गर्ने । यो उपाय केही महिना नियमित अवलम्वन गरे छालामा एक प्रकारको चमक आउँछ र छाला छिट्टै चाउरी पर्दैन ।
तुलसीको पात – तुलसीका पातलाई कागतीको रसमा मिसाएर मसिनो पेस्ट बनाई अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा छालामा भएको दाग एवं चाउरी समाप्त हुन्छ । बदाम– बेलुका आधा कप दूधमा दुई(तीन दाना बदाम भिजाएर राख्ने र बिहान मसिनो पेस्ट बनाई सुख्खा छाला भएकाहरूले पूरा अनुहारमा लगाई २० मिनेटपछि सफा गर्ने । यो लेप सुख्खा छालाका लागि अत्यन्तै गुणकारी मानिन्छ । यसबाट छाला मुलायम एवं चम्किलो देखिन्छ भने छाला चाउरी पर्नबाट पनि जोगिन्छ ।
चना – चनाको बेसनमा दूध मिसाई लेप बनाएर अनुहार धुनुपर्छ । यो उपाय अपनाउँदा अनुहारको छालाको सौन्दर्य वृद्धि हुन्छ । जौ – जौको पीठो दूधमा मिसाएर लेप बनाई अनुहारमा लगाएर १०(१५ मिनेटपछि सफा गर्दा चायाँ वा पोतो पूर्णरूपमा हटेर जान्छ अनि छाला कसिलो, मुलायम एवं चम्किलो देखिन्छ ।
सेवाका लागि सम्पर्कः
🏥 𝗙𝗹𝗼𝗿𝗲𝗻𝗰𝗲 𝗜𝗻𝘁𝗲𝗿𝗻𝗮𝘁𝗶𝗼𝗻𝗮𝗹 𝗛𝗼𝗺𝗲 𝗖𝗮𝗿𝗲
📞 𝟗𝟖𝟒𝟗𝟎𝟎𝟎𝟔𝟖𝟎
☎️01-5902133
🌐florenceintlhomecare.com.np
📧 [email protected]

गाजर खाने गर्नु भएको छ ? यस्ता छन् गाजरका औषधीय गुण !एजेन्सी । जाडोमा गाजर खान खुबै मज्जा हुन्छ । दिनदिनै काँचो गाँजर खा...
11/04/2022

गाजर खाने गर्नु भएको छ ? यस्ता छन् गाजरका औषधीय गुण !
एजेन्सी । जाडोमा गाजर खान खुबै मज्जा हुन्छ । दिनदिनै काँचो गाँजर खाँदा वा त्यसको जुस पिउँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या समाधान हुन्छ । औषधीय गुणहरूले भरिएको गाजरले जाडोमा फाइदा पनि गर्छ । दिनदिनै गाजर खानुका यस्ता फाइदा हुन्छन् :– गाजर र पालुंगोको रसमा भुटिएको जीरा र वीरेनून मिसाएर पिउँदा शरीरको कमजोरी हट्छ । जाडोमा दिनदिनै गाजर वा त्यसको जुस सेवन गर्दा शरीर तातो रहन्छ ।
गाजरको रसमा मरिच मिसाएर पिउँदा रुघाखोकी र कफको समस्या कम हुन्छ । दिनदिनै गाजर पिउँदा ग्यास, अल्सर, अपच र पेट गडबडी जस्ता समस्या हराउँछन् । त्यसको रसमा कागती र पालुंगोको रस मिसाएर पिउँदा कब्जियतको समस्या हटाउँछ । क्याल्सियम, प्याक्टिन फाइबर, भिटामिन ए बी र सीका गुणहरू हुन्छन् । यसको सेवनले कोलेस्ट्रोल स्तर नियन्त्रण गरेर मुटुरोगको खतरा कम गर्छ ।
इम्युन सिस्टमलाई ठीक राख्नका लागि दिनदिनै गाजरको रसमा मह हालेर पिउनुस् । पाचनतन्त्र ठीक राख्नुका साथै पेटका समस्या पनि हटाउँछ । एक सय पचास ग्राम गाजर, तीन लसुन र ल्वाङको अचार बनाएर दिनदिनै बिहान खाँदा पुरानो रुघाखोकी समेत निको हुन्छ । गाजरको रसमा अमलाको रस र वीरेनून मिसाएर पिउँदा पिसाबको संक्रमण र पिसाब पोल्ने समस्याबाट मुक्ति पाइन्छ ।
चुकन्दर, पालुंगो र गाजरलाई कोरेर दूधमा मिसाएर मज्जाले उमाल्नुस् र दिनदिनै पिउनुस् । शरीरमा रगतको कमी हुन पाउँदैन । दिनदिनै दुईवटा काँचो गाजर खाँदा दिमाग तीखो हुनुका साथै आईक्यु स्तर पनि बढ्छ । चश्मा लगाउनुहुन्छ भने दिनदिनै गाजर र पालुंगोको रस एक गिलास पिउनुस् । आँखाको तेज बढ्छ ।
सेवाका लागि सम्पर्कः
🏥 𝗙𝗹𝗼𝗿𝗲𝗻𝗰𝗲 𝗜𝗻𝘁𝗲𝗿𝗻𝗮𝘁𝗶𝗼𝗻𝗮𝗹 𝗛𝗼𝗺𝗲 𝗖𝗮𝗿𝗲
📞 𝟗𝟖𝟒𝟗𝟎𝟎𝟎𝟔𝟖𝟎
☎️01-5902133
🌐florenceintlhomecare.com.np
📧 [email protected]

Address

Putalisadak
Putalisadak

Alerts

Be the first to know and let us send you an email when Baby Care at Home posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Baby Care at Home:

Shortcuts

Share