22/06/2026
International Yoga Day 2026 was celebrated with great enthusiasm at Sainik Awasiya Mahavidyalaya, Pokhara.
The program was honored by the presence of Surya Prasad Bhandari, President of Patanjali Yoga Samiti Kaski, along with members of the district and Pokhara Metropolitan Patanjali Yoga Committees.
Principal Mr. Dolraj Shrestha extended his best wishes for a healthy, happy, and balanced lifestyle. Chief Management Officer Col. Mahendra Kumar Pun also participated in the yoga session.
The event highlighted the importance of yoga in promoting physical, mental, and spiritual well-being.
21/06/2026
Sainik Awasiya Mahavidyalaya Pokhara has successfully organized a swimming program for the students of Class 7. A total of 165 students, including teachers, house helpers and supporting army staff attended the event.
The program provided students with an opportunity to develop swimming skills, build confidence, and enjoy a healthy recreational activity in a safe and disciplined environment.
21/06/2026
आज मिति २०८३-०३-०७ आइतबार यस महाविद्यालय कक्षा ८ मा अध्ययनरत विद्यार्थीको अभिभावक भेला सम्पन्न भएको छ । उक्त भेलामा कक्षा शिक्षकहरुले शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सम्बन्धी अभिभावकहरुलाई जानकारी गराउनु भएको थियो भने अभिभावकहरुले राख्नु भएको सल्लाह ,सुझाब , जिज्ञासाहरु प्रति प्रमुख व्यवस्थापक अधिकृत प्रमुख सेनानी महेन्द्र कुमार पुन र महाविद्यालयका प्राचार्य डोलराज श्रेष्ठले सम्बोधन गर्नु भएको थियो । अभिभावकहरुको उल्लेख उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम ,खेल ,कला कौशल समेत प्रस्तुत गरेका थिए । महाविद्यालयका होस्टेल सुपरिटेन्डेन्ट यज्ञ प्रसाद पाण्डेले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको संचालन शिक्षक कृष्ण प्रसाद सुवेदी तथा विद्यार्थी आर्या पौडेल र आरोग्य कुँवरले गर्नु भएको थियो ।
21/06/2026
निजामती सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न"
आज मिति २०८३/३/७ गते यस महाविद्यालयको शैक्षिक क्यालेण्डर अनुसार कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई निजामती सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो। कार्यक्रमको सहजीकरण प्रदेश लोकसेवा आयोग गण्डकीका परीक्षा महाशाखा प्रमुख उपसचिव श्री शिला बराल सापकोटाद्वारा गरिएको थियो। सो कार्यक्रममा सापकोटाले निजामती सेवाको महत्व, प्रक्रिया, सेवाको अवसर , निजामती सेवाको अन्तर्राष्ट्रिय अभ्यास आदि सम्बन्धमा जानकारी दिनुभएको थियो। उक्त कार्यक्रममा सहजकर्तालाई महाविद्यालयका प्रिन्सिपल श्री डोलराज श्रेष्ठले खादा लगाएर स्वागत गर्नुका साथै धन्यवाद ज्ञापनसमेत गर्नुभएको थियो। यस अभिमुखीकरण कार्यक्रमको संयोजन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख जी. टी.राजु कुँवरले तथा सञ्चालन पी. जी. टी. ध्रुवलाल शर्माले गर्नुभएको थियो।
19/06/2026
शिक्षक बिदाइ कार्यक्रम
यस सैनिक आवासीय महाविद्यालयमा विगत ८ वर्षदेखि अध्यापनरत् जी.टी मुना पन्थको बिदाइका साथै नवआगन्तुक शिक्षक श्री सुदर्शनराज घिमिरेको स्वागत कार्यक्रम संयुक्त रूपमा आज सम्पन्न भयो । कार्यक्रममा महाविद्यालयका प्राचार्य डोलराज श्रेष्ठले विदाइ भई अष्ट्रेलिया जान लाग्नुभएकी शिक्षक पन्थको समुज्ज्वल भविष्यको शुभकामनासहित नवआगन्तुक शिक्षकलाई स्वागत गर्दै आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख व्यवस्थापकीय अधिकृत प्रमुख सेनानी महेन्द्रकुमार पुन मगरलगायत शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । जी.टी. ए.अञ्जु भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा पी.जी.टी. जुनु गौतमले विदाइ हुनुभएकी शिक्षक पन्थको सहयात्राका बारेमा मन्तव्य राख्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
17/06/2026
यस सैनिक आवासीय महाविद्यालय पोखरामा शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका अभिभावकहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त अभिमुखीकरण कार्यक्रममा उपस्थित अभिभावकहरुलाई होस्टेल सुपरिटेण्डेन्ट पी. जी.टी. यज्ञप्रसाद पाण्डेयले स्वागत गर्नुभएको थियो । कक्षा ११/१२ व्यवस्थापन समूहका संयोजक पी. जी .टी वसन्त शर्माले शैक्षिक गतिविधिका बारेमा तथा सहायक हाउस मास्टर पी.जी.टी केदार पौडेलले आवासीय गतिविधिका बारेमा प्रस्तुतीकरण दिनुभएको थियो । कार्यक्रममा प्रमुख व्यवस्थापक अधिकृत प्रमुख सेनानी महेन्द्र कुमार पुन मगरले महाविद्यालयको व्यवस्थापकीय गतिविधिका बारेमा प्रस्तुतीकरणसहित अभिभावकहरुको जिज्ञासालाई सम्बोधन गर्नुभएको थियो । महाविद्यालयका प्रिन्सिपल डोलराज श्रेष्ठले अभिभावकहरूलाई धन्यवाद दिँदै महाविद्यालयको समग्र शैक्षिक अवस्थाका बारेमा मन्तव्य राख्नुभएको थियो । कार्यक्रम कक्षा ११/१२ विज्ञान समूहका संयोजक पी. जी.टी. सुष्मा कोइरालाले सञ्चालन गर्नुभएको थियो ।
16/06/2026
सैनिक आवासीय महाविद्यालय बुटवलका प्रिन्सिपल दोलराज भण्डारी तथा प्रमुख व्यवस्थापक अधिकृत प्र.से. विजय प्रकाश आङदेम्बे लिम्बूको नेतृत्वमा आएको शिक्षक तथा कर्मचारीको अध्ययन भ्रमण दलले अध्ययन तथा अनुभव आदान प्रदानका लागि यस महाविद्यालयको भ्रमण सम्पन्न गरेको छ । भ्रमणका क्रममा सैनिक आवासीय महाविद्यालय पोखराका विभिन्न विभागका विभागीय प्रमुखहरुले आ-आफ्नो विभाग सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो भने भ्रमण दलका सदस्यहरुले आ-आफ्नो जिज्ञाशा राख्नुभएको थियो । त्यसैगरी महाविद्यालयका प्रिन्सिपल डोलराज श्रेष्ठ तथा प्रमुख व्यवस्थापक अधिकृत प्र.से. महेन्द्रकुमार पुन मगर समेतले महाविद्यालयको वस्तुस्थिति माथि उहाँहरुलाई प्रकाश पार्नुभएको थियो ।