24/09/2026
जरुरी सूचना !!!
मिति २०८३/०६/०८ र ०९ गते बिदा सम्बन्धमा !
शिक्षा विकास तथा समन्वय इकाई कास्की , शिक्षा महाशाखा ,पोखराको मिति २०८३/०६/०८ गतेको निर्णयअनुसार सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पूर्वसावधानी अपनाउनका लागि यस श्री जनप्रिय माध्यमिक विद्यालयले आज ८ गते र भोलि ९ गते स्थानीय बिदा दिने निर्णय गरेको छ र दुई दिनको बिदालाई पछि दिइने स्थानीय बिदासँग समायोजन गरिनेछ।
यस अवधिमा विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्णलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन तथा सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछौँ।
सतर्क रहौँ, सुरक्षित रहौँ।