17/06/2026
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशकाे आयोजना, मध्यविन्दु प्रादेशिक अस्पताल, नवलपुरकाे प्राविधिक सहयोग तथा प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरकाे समन्वयमा मिति २०८३/०३/०३ गते Snake Bite Case Management Training काे दोश्रो ब्याच आजबाट शुरू भएको छ। अस्पतालका मेसु डाक्टर रमेश आचार्यको अध्यक्षतामा सञ्चालन भएको उद्दघाटन कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपुरका प्रमुख केशव प्रसाद चापागाईं, प्रशिक्षकहरु डाक्टर विक्रम तिवारी, डाक्टर छबिलाल थापा लगायतको विशेष उपस्थिति रहेको छ। तालिममा सबै प्रदेश अस्पतालहरुबाट र प्रभावित क्षेत्रका स्थानिय अस्पतालबाट सहभागिता रहेको यस कार्यक्रममा प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका नबराज शर्मा, अमृता त्रिपाठी, स्वस्तिका कुँइकेल, रवीन्द्र लामिछाने लगायतको उपस्थिति रहेको छ।
17/06/2026
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेश काे आयोजनामा सञ्चालन भएको "मेडीको-लिगल तालिम" आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पन्न भएको छ। केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक हेमन्त शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा होग्रेथ भुर्तेल, दृष्टि पौडेल लगायतको उपस्थिति रहेको थियो। तालिममा प्रादेशिक अस्पताल हरुका ७ जना चिकित्सकहरूको उपस्थिति रहेको थियो।
16/06/2026
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेश का पूर्व कर्मचारीहरू ब. स्वा. शि.अधिकृत कृष्ण प्रसाद अर्याल (धर्म पत्नी सान्ता कुमारी अर्यालयका साथमा) र जनस्वास्थ्य अधिकृत स्मृती मान्नधरको फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रमको अध्यक्षता कार्यालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले गर्नुभएको थियो भने कार्यालयका ब. स्वा. शि. प्रशासक रमेश प्रसाद अधिकारी, ब. स्वा. शि. प्रशासक हेमन्त शर्मा पौडेल लगायत कार्यालयका कर्मचारीहरूको समउपस्थितिमा सम्पन्न भएको थियो।
16/06/2026
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशकाे आयोजना, मध्यविन्दु प्रादेशिक अस्पताल, नवलपुरकाे प्राविधिक सहयोग तथा प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरकाे समन्वयमा मिति २०८३/०२/३१ गतेदेखि सञ्चालन भएको Snake Bite Case Management Training काे पहिलो ब्याच आज समापन भएको छ। अस्पतालका मेसु डाक्टर रमेश आचार्यको अध्यक्षतामा सञ्चालन भएको समापन कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपुरका प्रमुख केशव प्रसाद चापागाईं, प्रशिक्षकहरु डाक्टर विक्रम तिवारी, डाक्टर छबिलाल थापा लगायतको विशेष उपस्थिति रहेको थियो। अन्तर्राष्ट्रिय स्तरमै Snake Bite Case Management विज्ञ डाक्टर छबिलाल थापा मूख्य प्रशिक्षक रहनुभएको थियो। तालिममा सबै प्रदेश अस्पतालहरुबाट र प्रभावित क्षेत्रका स्थानिय अस्पतालबाट सहभागिता रहेको उक्त कार्यक्रममा प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका नबराज शर्मा, अमृता त्रिपाठी, स्वस्तिका कुँइकेल, रवीन्द्र लामिछाने लगायतको उपस्थिति रहेको थियो।
15/06/2026
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशकाे आयोजनामा १० दिने मनोसामाजिक परामर्श सम्बन्धी ६ महिने तालिम (मोड्युल ३- दोस्रो समुह) आज मिति २०८३/०३/०१ गते प्रादेशिक स्वास्थ्य तालिम केन्द्र पोखरामा शुरू भएको छ। तालिममा गण्डकी प्रदेशका विभिन्न पालिकाहरुमा कार्यरत मनोसामजिक परामर्शदाता र प्रादेशिक अस्पतालहरुका ओसीएमसीमा कार्यरत नर्सिङ कर्मचारी सहित १९ जनाको सहभागिता रहेको छ।।
14/06/2026
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेश काे आयोजना, मध्यविन्दु प्रादेशिक अस्पताल, नवलपुर काे प्राविधिक सहयोग तथा प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरकाे समन्वयमा आजदेखि Snake Bite Case Management Training शुरुभएको छ। अस्पतालका मेसु डाक्टर रमेश आचार्यको अध्यक्षतामा सञ्चालन भएको उद्दघाटन कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपुर का प्रमुख केशव प्रसाद चापागाईंको विशेष उपस्थिति रहेको थियो। अन्तर्राष्ट्रिय स्तरमै Snake Bite Case Management विज्ञ डाक्टर छबिलाल थापा मूख्य प्रशिक्षक रहनुभएको छ। तालिममा सबै प्रदेश अस्पतालहरुबाट र प्रभावित क्षेत्रका स्थानिय अस्पतालबाट सहभागिता रहेको छ।
12/06/2026
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशकाे आयोजनामा राेजगार प्रबर्धन कार्यक्रम अन्तर्गत मनाेसामाजिक परामर्श सेवा तालिमकाे प्रदेश स्तरीय समिक्षा बैठक तालिम केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक हेमन्त शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ।
11/06/2026
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशकाे आयोजनामा आज मिति २०८३/०२/२८ गतेदेखि धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा २१ दिने ग्रामीण अल्ट्रासाउण्ड (ROUSG) तालिम (सातौँ ब्याच) शुरू भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयहरूले जिल्ला भित्र आवश्यकताका आधारमा मनोनयन गरी पठाइएका गण्डकी प्रदेशका विभिन्न ग्रामिण क्षेत्रमा कार्यरत ७ जना नर्सिङ स्वास्थ्यकर्मिहरुको सहभागिता रहेको छ । ग्रामिण क्षेत्रमा कार्यरत SBA तालिम प्राप्त नर्सिङ कर्मचारीहरुले यो तालिम लिए पश्चात प्रशुती कार्यमा थप सहज हुने तथा गर्भवती महिलाको जोखिम न्यूनीकरण गर्ने उद्धेश्य राखिएको छ। धौलागिरी प्रादेशिक अस्पताल बागलुङ का मेसु डाक्टर किरण तिवारीको अध्यक्षतामा उद्दघाटन कार्यक्रम सञ्चालन भएको थियो।
11/06/2026
बागलुङ नगरपालिका, बागलुङको आयोजना तथा प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशकाे प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको ६ महिने मनोसामाजिक परामर्शदाता तालिम सम्बन्धी छलफल कार्यक्रममा नगरपालिका उपप्रमुख राजु खड्का।
08/06/2026
प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशकाे आयाेजना तथा IDEA Nepal काे प्राविधिक सहयाेमा प्रदेश अस्पताल बेसीशहर लमजुङमा संचालित SHP/SBA माेडुलर (१, २ र ३ मोड्युल) तालिम मिति २०८३/०२/२४ गते अस्पतालका निमित्त मे.सु.काे अध्यक्षता तथा प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक हेमन्त शर्मा पौडेललेकाे प्रमुख आतिथ्यतामा तालिम समापन भएको छ।