श्री खलंगाटार माध्यमिक विद्यालय

श्री खलंगाटार माध्यमिक विद्यालय

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री खलंगाटार माध्यमिक विद्यालय, School, khalangatar Road, Phidim.

Photos from श्री खलंगाटार माध्यमिक विद्यालय 's post 20/07/2026

यस विद्यालय कक्षा -७ मा अध्ययनरत बिप्रशा नेम्बाङकी बुवा मनबहादुर (श्याम) नेम्बाङको निधनप्रती भावपूर्ण श्रद्धाञ्जली सहित समवेदना अर्पण गरि समवेदना पत्र वितरण गर्दै कक्षा-७ का विद्यार्थीहरु।

10/07/2026

वर्खे बिदा सम्बन्धि सूचना

Photos from श्री खलंगाटार माध्यमिक विद्यालय 's post 22/06/2026

यस विद्यालयमा स्थापित अक्षय कोषबाट पहिलो छात्रवृत्ति वितरण कार्यक्रम आज मिति २०८३/०३/०८ गते सम्पन्न भयो। विशेष गरेर निम्न व्यक्तित्वहरु प्रती हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछौं, जस्ले यस्तो महान कार्यको पहलकदमी र सुरुवात गरि विद्यार्थीहरुको शैक्षिक मनोबल बलियो बनाइदिनुभो।
१) प्रकाश अधिकारी (पूर्व प्र.अ)
२) देवीप्रसाद अधिकारी (पूर्व विद्यार्थी)
३) लोकदेश जबेगू
४) बलवीर जबेगू (पूर्व विद्यार्थी/पूर्व शिक्षक स्टाफ) र चन्द्रबहादुर जबेगू
५) रामबहादुर जबेगू (सुब्बा) प्र.अ. र भूमिकला लावती
६) शर्णकुमार येक्तेन (शिक्षक स्टाफ) र बिमला लिम्बू
७)शिवकुमार थाम्सुहाङ (शिक्षक स्टाफ) र शोनी थेबे
८) रत्नकुमार थाम्सुहाङ
९) वीरहाङमा थाम्सुहाङ (पूर्व वि व्य स अध्यक्ष)
१०) रुपनारायण जबेगू
११) गेहेन्द्रराज जबेगू (पूर्व विद्यार्थी )
१२) मनिश थाम्सुहाङ
१३) शान्तिकुमारी थाम्सुहाङ (पूर्व विद्यार्थी) र श्रीमान मानकुमार चेम्जोङ
१४) पुष्पलता थाम्सुहाङ र श्रीमान दुर्गा सुब्बा मेन्याङ्बो
१५) हाङमारानी थाम्सुहाङ
१६) महेन्द्रबिक्रम थाम्सुहाङ (निवर्तमान वि व्य स अध्यक्ष )

Photos from श्री खलंगाटार माध्यमिक विद्यालय 's post 25/05/2026

डिबिजन वन कार्यालय पाँचथरको आयोजना र सब डिबिजन वन कार्यालय प्राङ्बुङको संयोजकत्वमा विद्यालय परिसरमा विभिन्न प्रजातिका बृक्षरोपण सम्पन्न भयो।

30/04/2026

हाम्रो विद्यालयका शिक्षक स्टाफ अर्जुन थापा मगरको फिदिम न पा १० याङ्नाम खलंगाटार निवासी गौतम जबेगुकी जेठी छोरी सिर्जना जबेगुसंग वैवाहिक सम्बन्ध स्थापित भएकोले वैवाहिक समारोहको अवसरमा विद्यालयको तर्फबाट हार्दिक वधाई तथा सफल दाम्पत्य जीवनको शुभकामना ।

Photos from श्री खलंगाटार माध्यमिक विद्यालय 's post 13/04/2026

शिक्षक स्टाफ कमलकुमार खजुम को बुवाआमा र वि व्य स अध्यक्ष बुद्धिमान जबेगुको बुवाको सुद्धाई फजेमा विद्यालयको तर्फबाट समवेदना पत्र वितरण कार्यक्रम।

02/04/2026

आज चैत्र १९ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा सामेल यस विद्यालयका विद्यार्थी लगायत सम्पूर्ण देश भरीका विद्यार्थीहरुमा शैक्षिक सफलताको शुभकामना । आफ्नो भबिस्य निर्माणको प्रारम्भिक पाइलासंगै सुखद र उज्ज्वल यात्राको कामना।

29/03/2026

भावपूर्ण श्रद्धाञ्जली
केही दिन अघि मात्र आमाको निधन भइ मातृ शोकमा रहनु भएका यस विद्यालयका शिक्षक स्टाफ कमलकुमार खजुमको मातृ शोकलाई सेलाउन नपाइ फेरि मिति २०८२/१२/१४ गते उहाको बुवा डम्बरसिङ खजुमको निधनले अर्को असह्य बज्रपात बेहोर्नुपरेको छ। मानवीय पिडाको पराकाष्ठा यो परिस्थितिले विद्यालय परिवार दुखी एवम् मर्माहत भएको छ। दुखको यो घडीमा शोकाकुल परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति मिलोस भन्दै दिबंगत आत्माको चिर शान्तिको कामनासहित परिवारजनमा गहिरो समवेदना अर्पण गर्दछौं।

27/03/2026

भावपूर्ण श्रद्धाञ्जली
यस श्री खलंगाटार मा. वि. का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष (तेस्रो कार्यकाल) बुद्धिमान जबेगुका बुवा पाँचथर फिदिम न.पा. १० याङ्नाम थाक्नाबा निवासी समाजसेवी तथा अग्रज अभिभावक चन्द्रबहादुर जबेगुको ९० वर्षको उमेरमा मिति २०८२ साल चैत्र १३ गतेका दिन भएको असामयिक निधनले विद्यालय परिवारलाई दुखी एवम् मर्माहत तुल्याएको छ। शोकको यस घडीमा शोकाकुल परिवारजनमा शोकलाई ताकतमा बदल्न सक्ने सामर्थ्य मिलोस भन्दै दिवंगत आत्माप्रती चिर शान्तिको कामनासहित शोक सन्तप्त परिवारमा गहिरो समवेदना अर्पण गर्दछौं।

Want your school to be the top-listed School/college in Phidim?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Khalangatar Road
Phidim