Shree Parbat English Boarding School

Shree Parbat English Boarding School “Education is the key that unlocks the golden door to freedom.”

बधाई तथा सम्मान कार्यक्रमएस.ई.ई. २०८२ उत्कृष्ट नतिजा सम्मान समारोहआयोजक: Parbat English Boarding Schoolएस.ई.ई. २०८२ मा उ...
18/05/2026

बधाई तथा सम्मान कार्यक्रम
एस.ई.ई. २०८२ उत्कृष्ट नतिजा सम्मान समारोह

आयोजक: Parbat English Boarding School

एस.ई.ई. २०८२ मा उत्कृष्ट नतिजा हासिल गरी विद्यालयको गौरव बढाउनु हुने सम्पूर्ण विद्यार्थीहरू तथा अथक मेहनत गर्ने शिक्षक शिक्षिकाहरूलाई हार्दिक बधाई तथा सम्मान व्यक्त गर्न यस विशेष कार्यक्रमको आयोजना गरिएको छ।
यस वर्ष विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा विद्यालय परिवार अत्यन्त गौरवान्वित भएको छ। विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण तथा अभिभावकहरूको सहयोगका कारण यो सफलता सम्भव भएको हो।
विशेष पुरस्कार:
अध्यक्षज्यूबाट विशेष पुरस्कार
Bhimsen Gurung ज्यूबाट GPA 3.6 भन्दा माथि प्राप्त गर्ने प्रति विद्यार्थीलाई नगद रु. १०,०००/- प्रदान गर्नुभयो ।

विद्यालयबाट पुरस्कार
विद्यालयको तर्फबाट GPA 3.6 भन्दा माथि प्राप्त गर्ने प्रति विद्यार्थीलाई रु. ३,०००/- प्रदान गर्नुभयो ।

विषयगत सम्मान पुरस्कार
• अंग्रेजी विषय
GPA 4.0 प्राप्त गर्ने ५ जना प्रति विद्यार्थीलाई रु. ३,०००/-
पुरस्कारदाता: Resham Pratap Sen
• नेपाली विषय
GPA 4.0 प्राप्त गर्ने १ जना विद्यार्थीलाई रु. १,०००/-
पुरस्कारदाता: Chandrakala Kafle
• कम्प्युटर विज्ञान विषय
GPA 4.0 प्राप्त गर्ने ८ जना प्रति विद्यार्थीलाई रु. ५००/-
पुरस्कारदाता: Hemanta Kafle
• सामाजिक अध्ययन विषय
GPA 4.0 प्राप्त गर्ने १ जना विद्यार्थीका लागि रु. १०,०००/-
पुरस्कारदाता: Tilak Prasad Kafle
विद्यालय परिवार सम्पूर्ण पुरस्कारदाता महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ।
उत्कृष्ट नतिजा ल्याई विद्यालयको गरिमा बढाउनु हुने सम्पूर्ण विद्यार्थीहरू, अभिभावकज्यूहरू तथा शिक्षक शिक्षिकाहरूलाई पुनः हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना व्यक्त गर्दछौं।

SEE नतिजा २०८२ । GPA               विद्यार्थी संख्या  2.4
12/05/2026

SEE नतिजा २०८२ ।

GPA विद्यार्थी संख्या
2.4

22/04/2026

सूचना
पर्वत इंग्लिस बोर्डिङ स्कुलका सम्पूर्ण अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूलाई यसै सूचनामार्फत जानकारी गराइन्छ कि शैक्षिक सत्र २०८३ का लागि नयाँ भर्ना प्रक्रिया मिति २०८३ साल बैशाख १० गतेदेखि प्रारम्भ हुने भएको छ। इच्छुक अभिभावक तथा विद्यार्थीहरूले समयमै भर्ना गराउनुहुन अनुरोध छ। थप जानकारीका लागि विद्यालय प्रशासनसँग सम्पर्क गर्नुहुन अनुरोध छ।
- पर्वत इंग्लिस बोर्डिङ स्कूल परिवार

नयाँ बर्ष  (२०८३) को पावन अवसरमा Parbat English Boarding School विद्यालयका सम्पूर्ण पदाधिकारीज्यूहरू, अभिभावकज्यूहरू तथा...
14/04/2026

नयाँ बर्ष (२०८३) को पावन अवसरमा Parbat English Boarding School विद्यालयका सम्पूर्ण पदाधिकारीज्यूहरू, अभिभावकज्यूहरू तथा शुभचिन्तक महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यस नयाँ बर्षले सम्पूर्णमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धि प्रदान गरोस् भन्ने कामना गर्दछौँ।
साथै, नेपाल सरकार तथा पैयुं गाउॅंपालिकाको निर्देशनअनुसार यही मिति २०८३-०१- १५ गतेदेखि नयाँ भर्ना प्रक्रिया सुरु भई सोही मितिबाट नियमित कक्षा सञ्चालन हुने जानकारी गराइन्छ।
तसर्थ, आफ्ना बालबालिकाहरूको उज्ज्वल भविष्यका लागि समयमै भर्ना गराई सहयोग गरिदिनुहुन सम्पूर्ण अभिभावकज्यूहरूमा हार्दिक अनुरोध गर्दै, यहाँहरूलाई विद्यालय परिवारमा हार्दिक स्वागत गर्दछौँ।

नोट:
अर्को सूचना प्रकाशन नभएसम्मका लागि यही सूचनालाई आधार मानी कार्यान्वयन गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध गर्दछौँ।

07/04/2026

सम्पूर्ण अभिभावकज्यूहरूमा हार्दिक अनुरोध।
यस विद्यालयको वार्षिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रम मिति २०८२ साल चैत्र २५ गते, बिहान ठीक ११:०० बजे विद्यालय प्राङ्गणमा हुने भएकाले, सम्पूर्ण अभिभावकज्यूहरूलाई आ-आफ्ना विद्यार्थी सहित अनिवार्य रूपमा उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

SEE Batch 2082 का दाइ–दिदीहरूलाई कक्षा ९ का विद्यार्थीहरूले सम्मानपूर्वक विदाइ गर्दै उज्ज्वल भविष्यको कामना गरेका छन्।  ...
15/03/2026

SEE Batch 2082 का दाइ–दिदीहरूलाई कक्षा ९ का विद्यार्थीहरूले सम्मानपूर्वक विदाइ गर्दै उज्ज्वल भविष्यको कामना गरेका छन्।



Address

Paiyun Rural Municipality-4
Parbat

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+9779849846899

Website

Alerts

Be the first to know and let us send you an email when Shree Parbat English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Parbat English Boarding School:

Shortcuts

Share

Category