Agriculture science centre palung Makwanpur

Agriculture science centre palung Makwanpur Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Agriculture science centre palung Makwanpur, Education, Palung, Palung.

With Directorate of Research and Extension – I just got recognised as one of their top fans! 🎉
15/01/2026

With Directorate of Research and Extension – I just got recognised as one of their top fans! 🎉

28/12/2025

थाहा नगरपालिकाका कृषकलाइ बाख्रापालन सम्बन्धी तालिम

कृषि तथा वन विज्ञान विश्वविद्यालय, अनुसन्धान तथा प्रसार निर्देशनालय, रामपुर, चितवन को आयोजना एवं नेपाल कृषि अनुसन्धान पर...
28/12/2025

कृषि तथा वन विज्ञान विश्वविद्यालय, अनुसन्धान तथा प्रसार निर्देशनालय, रामपुर, चितवन को आयोजना एवं नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय पशु प्रजनन् तथा आनुवंशिक अनुसन्धान केन्द्र, खुमलटार, ललितपुरसंगको सहकार्यमा कृषकहरुको सीप तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि २ दिने बाख्रापालन तथा व्यवस्थापन तालिमको आज थाहा नगरपालिका- १, ओखरबजार स्थित कृषि विज्ञान केन्द्रको सभाहलमा भब्यताका साथ सम्पन्न गरियो । हाम्रो निमन्त्रणालाई स्विकार गरि आफ्नो अमुल्य समय प्रदान गरिदिनुभएकोमा नार्क अन्तर्गत पशु तथा मत्स्य अनुसन्धान निर्देशक एवं प्रमुख बैज्ञानिक डा. नीना अमात्य गोर्खाली, बैज्ञानिक डा. सरोज सापकोटा, बरिष्ठ प्राविधिक अधिकृत भोजराज पोख्रेल ज्यूहरुप्रति हार्दिकतापूर्वक कृतज्ञता प्रकट गर्दछौं । साथै थाहा नगरपालिका परिवार, झम्केश्वरी मा.वि. परिवार, विद्यालय व्यस्थापन समिति प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।
रैथाने खरी जातको बाख्रा अनुवंशिक श्रोत संरक्षणका लागी देखाउनु भएको प्रतिबद्धताप्रति सहभागी सम्पुर्ण कृषकहरु प्रती हार्दिक आभार व्यक्त गर्दछौ । थाहा नगरपालिका क्षेत्र भित्र रैथाने खरी जातका बख्रा श्रोतका लागी प्रशस्त सम्भावना ठहर गर्दै नेपाल सरकार कृषि तथा पशुपन्छी बिकास मन्त्रालय पशु सेवा बिभाग ,बगमती प्रदेश कृषि मन्त्रालय पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय ,नेपाल कृषि अनुसन्धान परिषद र थाहा नगरपालिका कार्यालय ,हेफर इन्टरनेसनल लगायत अन्य सरोकारवाला निकायहरु संग समेत हातेमालो गर्दै अगाडि बड्ने बिश्वास लिएका छौ ।



Directorate of Research and Extension
Agriculture and Forestry University - AFU

28/12/2025
वनजङ्गलमा पाइने खान योग्य देउले च्याउको बारेमा जानौ:-देउले च्याउ समुहमा उमिरन्छ । यसको टुप्पामा छाता जस्तो आकृति हुन्छ ।...
04/07/2025

वनजङ्गलमा पाइने खान योग्य देउले च्याउको बारेमा जानौ:-

देउले च्याउ समुहमा उमिरन्छ । यसको टुप्पामा छाता जस्तो आकृति हुन्छ । यो एक-डेड बित्ता लामो हुन्छ । यो धमिराको गुँडबाटै पलाएको हुन्छ । देउले च्याउलाई वनस्पति जगतमा टर्मिटोमाइस्सि् अल्बुमिनोस्स् (Termitomyces albuminosus) भनिन्छ । यो प्रजातिको च्याउ असार, श्रावण, भाद्र महिनामा मात्र पाइन्छ ।

च्याउ फूल नफूल्ने वनस्पति अन्तर्गत पर्दछ । च्याउ जातिका बिरुवाहरु फन्जाई वर्गमा पर्दछ्न् । यो एक प्रकारको ढुसी हो । यो ढुसी मसिनो धागोको जालिजस्तै हुन्छ । यसलाई माइसेलियम भनिन्छ । यि बिरुवाहरुमा हरितकण नहुने हुनाले यिनिहरुले प्रकाश संश्लेषण क्रिया गर्न सक्तैनन् । यि बिरुवाहरु मृतोपजीवी हुन् । यिनिहरु कुहिएको वस्तुमा, चिसो र ओसिलो ठाउँमा उम्रन्छ्न् । लगभग पाँच हजार वर्ष अगाडि देखिको खोज र अनुसन्धानबाट संसारमा तीन हजार ८०० किसिमका च्याउहरू पत्ता लागेका छन् । तीमध्ये एक हजार जाती विषालु, दुई हजार जाती खान योग्य र २०० जाती औषधीय गुणयुक्त पाइएका छन् । तीमध्ये पनि ६ किसिमका च्याउ अद्वितीय गुणले भरिपूर्ण छन् ।

नेपालमा १ हजार २ सय ७१ प्रजातिका च्याउ पाउने जानकारी महेशकुमार अधिकारी लिखित ‘मसरुम अफ नेपाल’ (२०१४) शीर्षक पुस्तकको पृष्ठ २३ मा उल्लेख छ । च्याउहरु मूलत खान हुने, खान नहुने र विषालु गरी मुलतः ३ प्रकृतिका हुन्छन् । नेपालमा करिब १ सय ५० प्रजातिका च्याउ खाने गरिन्छ । च्याउमा प्रोटिन, भिटामिनहरूमा थाइमिन, राइवोलेविन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, विभिन्न एमिनो एसिडस् आदि तत्वहरू पाइन्छ । त्यस्तै, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । बोसो नगन्य मात्रामा पाइन्छ, च्याउमा स्टार्च हुँदैन, त्यसैले च्याउलाई पौष्टिक खानाको रूपमा लिइएको हो ।

02/07/2025
13/01/2025

पुष र माघ महिनामा फलफूल बगैंचामा गर्नुपर्ने मुख्य मुख्य कृषि कर्महरु
=======================================
• फलफूल बगैंचामा तालिम तथा काँटछाँटको काम गर्ने ।
• ठुला काटिएका ठाँउमा बोर्डोपेष्ट, बोर्डोपेण्ट बनाई लगाउने र बोटमा बोर्डो मिश्रण बनाई छर्ने ।
• काँटछाँटबाट निस्किएका हाँगाहरु हटाउने र बगैंचा सरसफाई गर्ने ।
• बोटको फेदमा खनी बेसिनको तयारी गर्ने ।
• बोटको उमेर अनुसार आवश्यक मात्रामा बिरुवालाई मलखाद दिने र आवश्यकता अनुसार सिँचाइ गर्ने ।
• नयाँ बगैंचा स्थापना गर्ने कृषकले माग अनुसारका गुणस्तरिय फलफूलका विरुवाहरु ल्याउने र राम्रोसँग रेखाङ्कन गरि विरुवा लगाउने विरुवा लगाएपश्चात अनिवार्य टेको दिने र बिरुवामा सिंचाई गर्ने ।
• नर्सरी धनिले रुटस्टक र सायनको ब्यवस्था मिलाउने र कलमि गर्ने कार्य गर्ने । टप वर्किङको लागि सायन मैनले र चिसोले उपचार गरेर राख्ने ।
• माग अनुसारको विरुवा विक्री वितरण गर्ने ।

[जानकारी उपयुक्त लागेमा सेयर गर्न सक्नुहुनेछ । र थप प्राविधिक जानकारी चाहिएमा सोध्नुहोला]

यस कृषि तथा वन विज्ञान विश्वविद्यालय, अनुसन्धान तथा प्रसार निर्दशनालय मार्फत संचालित Long Term Wheat Research Project अन...
23/11/2024

यस कृषि तथा वन विज्ञान विश्वविद्यालय, अनुसन्धान तथा प्रसार निर्दशनालय मार्फत संचालित Long Term Wheat Research Project अन्तर्गत प्रस्तावित गरिएका गहुँका जातहरु क्रमशः ए.एफ.यु. –डब्लु ०१ र ए.एफ.यु. –डब्लु ०२ को वृहत परिक्षण प्रबर्द्धन को लागि निःशुल्क विउ वितरण गरिने बारे सूचना !!

13/04/2024

HAPPY NEW YEAR 2081

कृषि बिज्ञान केन्द्र पालुङ मकवानपुरमा तरकारी बालीको बिरुवा उत्पादन गरि मकवानपुर जिल्ला थाहा नगरपालिका का ब्यवसाइक किसानह...
25/04/2023

कृषि बिज्ञान केन्द्र पालुङ मकवानपुरमा तरकारी बालीको बिरुवा उत्पादन गरि मकवानपुर जिल्ला थाहा नगरपालिका का ब्यवसाइक किसानहरुलाइ बिरुवा बितरण गरियो ।

Address

Palung
Palung

Telephone

+9779864752687

Website

Alerts

Be the first to know and let us send you an email when Agriculture science centre palung Makwanpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Agriculture science centre palung Makwanpur:

Shortcuts

Share

Category