09/05/2026
जनकल्याण मा वि रामपुर १० रामटार पाल्पाले विविध कार्यक्रम सहित ६४औ बार्षिकोत्सव सम्पन्न गरेको छ। कार्यक्रममा शैक्षिक तथा अक्षयकोष पुरस्कार वितरण,नया विद्यार्थिलाई स्वागत, अवकाशप्राप्त शिक्षकहरु_ युवराज ओस्ती,पुर्णचन्द्र भण्डारी,साथै बिष्णु प्रसाद भण्डारीलाई विदाई सम्मान गरिएको छ। न्यानो कपडा वितरण गरेका मुकुन्द भण्डारी र विनोद कडरिया,विपन्न विद्यार्थिलाई आर्थिक सहयोग व्यवस्थापन गरेका रुक्मागत पाण्डे (राजेन्द्र) लाई सम्मान पत्र द्वारा सम्मानित गरिएको छ। बिष्णु प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख रमण बहादुर थापा र विशिष्ट अतिथि वडा अध्यक्ष तोयानाथ सारु थापा उपस्थित हुनुभएको थियो। रु ८२०००/- को मुना मेमोरियल ट्रस्टको रकम विद्यालयबाटै संचालन हुने गरि संरक्षक धनकुमारी अधिकारी परिवार बाट विद्यालयलाई हस्तांतरण गरिएको छ। तुल्सी प्रसाद भण्डारी र दुर्गादेबी भण्डारी द्वारा स्वर्गीय बुबा आमा र दाजुको सम्झनामा रु १६०५५/-को अक्षयकोष स्थापना गर्नुभएको छ भने स्वर्गीय भुपराज भण्डारीको सम्झनामा परिवारका सदस्यहरुबाट रु ५००००/_ को अक्षयकोष स्थापना गर्नुभएको छ। कार्यक्रममा प्रमुख अतिथि थापाले विद्यालयको प्रगतिको विषयमा चर्चा गर्दै भौतिक विकासमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ। विशिष्ट अतिथि सारु थापाले आवश्यक सहयोग गर्ने जानकारी गराउदै सबै मिलेर काम गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो।यस्तै पुर्व शिक्षक युवराज ओस्तीले शौचालय निर्माणमा सहयोग गर्ने जानकारी गराउनु भएको छ। विद्यालयका स प्र अ दामोदर तिमिल्सिनाद्वारा कार्यक्रम संचालन ,प्र अ आनन्द भण्डारी द्वारा बार्षिक प्रतिवेदन,शिक्षक प्रतिनिधि गोपाल खराल द्वारा स्वागत, अध्यक्ष बिष्णु प्रसाद भण्डारी बाट अध्यक्ष प्रतिवेदन, शि अ संघ अध्यक्ष घनश्याम भट्टराई द्वारा धन्यवाद,अक्षयकोष दाता उपेन्द्र अधिकारीद्वारा शुभकामना तथा कोष हस्तांतरण जानकारी ,पुर्व विद्यार्थि सुरज पौडेल द्वारा शुभकामना,पूर्व शिक्षक पुर्णचन्द्र भण्डारी द्वारा शुभकामना, विद्यार्थिहरु अभिनव, आलोक,प्रितिशा र हार्दिक द्वारा स्वागत -शुभकामना प्रस्तुत गरिएको छ। विभिन्न समुहमा तथा एकल रुपमा विद्यार्थिहरुले नॄत्य प्रस्तुत गरेका थिए। प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ।
विद्यालय परिवार।