Shubhalaxmi English Boarding School

Shubhalaxmi English Boarding School

Share

Subhalaxmi English Boarding School(SLEBS) is a private boarding school established on 2065 B.S. with

Photos from Shubhalaxmi English Boarding School's post 28/06/2024

बधाई तथा शुभकामना
एसईई परीक्षा. २०८० मा सम्मिलित यस विद्यालयका सम्पूर्ण विद्यार्थीहरु ९९.०९ प्रतिशत अतिने उत्तीर्ण उत्कृष्ट नतिजा सहित उत्तीर्ण हुन सफल भएकोमा हार्दिकताका साथ वधाइ ज्ञापन गर्दै उच्च शिक्षा अध्ययन‌को लागि शुभकामना व्यक्त गर्दछौं ।
विद्यालय परिवार शुभलक्ष्‌मी ईंग्लिश बोर्डिङ स्कुल सि . न . पा . ११ ओखलढुङ्‌गा

23/01/2023

💐हार्दिक निमन्त्रणा! हार्दिक निमन्त्रणा !!💐
यस शुभ लक्ष्मी इङलिस बोर्डिङ स्कुलमा यहि मिति २०७९ साल माघ १२ गते बिहीबारका दिन सरस्वती पुजाको शुभ-अवसरमा बिद्याकि देवी सरस्वती माताको पुजा-आरधना तथा स-साना बालबालिकाहरुलाई अक्षरारम्भ कार्यक्रम रहेको हुँदा सो पुन्य अवसरमा स-परिवार उपस्थित भई प्रसाद ग्रहण गरिदिनुहुन सादर निमन्त्रणा गर्दछौं । साथै उक्त दिन नयाँ शैक्षिक सत्र २०८० का लागि स्कुल आउन योग्य बाबुनानीहरुलाई यस बिशेष कार्यक्रममा ल्याई प्ले ग्रुपदेखी कक्षा नौ सम्म नि:शुल्क भर्ना गराई उनीहरूको उज्ज्वल शैक्षिक भबिस्य सुनिश्चित गर्नुहुन हार्दिक अनुरोध गर्दछौं।🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

हाम्रा विशेषताहरु :-
१. बालमैत्री वातावरण
२. प्रविधि युक्त सिकाई
३. मन्टेसरी विधिको प्रयोग
४. दिवा आवास (Day Boarders) को व्यवस्था
५. आर्थिक विपन्न तथा जेहेन्दार र टुहुरा आदि जस्ता विद्यार्थीलाई निशुल्क पठन पाठन गराइने
६. परीक्षाको प्रश्न पत्र स्तरयुक्त हुने,
७. परीक्षा संचालन अभिभावकको उपस्थितिमा लिइने
८. आवश्यकता अनुसार गाडीको सुविधा उपलब्ध गराइने
९. भू.पू तथा बहालवाला नेपाली सेनाका बालबालिकाहरुलाई सम्बन्धित संस्थाबाट प्राप्त छात्रवृत्तिमा अध्ययनको व्यवस्था भएको ।
शुभलक्ष्मी ईङलिस वोर्डिङ स्कुल
अध्यक्ष :9862808064
प्रधानाध्यापक : 9845682558
विद्यालय :- 037520697

16/07/2021

मिति -२०७८-०४-०१

आदरणीय अभिभावक ज्यू
एवं प्यारा विद्यार्थी भाइबहिनीहरु,

विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड १४ को संक्रमणको कारणले नेपाल सरकारले विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नगरी वैकल्पिक शिक्षण सिकाई क्रियाकलापको माध्यमबाट गर्ने निर्णय भएबमोजिम सिद्धिचरण नगरपालिका शैक्षिक प्रशासन शाखाको सूचना अनुसार यस विद्यालयले विद्यार्थीको पठनपाठनमा सहजीकरणको लागि शैक्षिक वर्ष २०७७ सालको अन्तिम नतिजामा कक्षान्नोती भएका विद्यार्थीहरुका लागि नयाँ शैक्षिक वर्ष २०७८का लागि आवश्यक पाठ्यपुस्तकहरु २०७८ साल श्रावण ३ गते आईतबारका दिन विहान १० बजे देखि ४ बजेसम्म विद्यालयमा नै शशुल्क वितरण गरिने भएकोले विद्यालयमा उपस्थित भै पाठ्यपुस्तक लैजानुहुन र सिकाईलाई निरन्तरता दिनुहुन सम्पूर्ण अभिभावक ज्यू एवं विद्यार्थीहरुलाई अनुरोध गर्दछौ । साथै उक्त समयमा नै विद्यार्थीको नाम दर्ता एवं भर्नासमेत गर्न सकिने जानकारी अनुरोध छ।

पालना गर्नुपर्ने स्वास्थ्य मापदण्डहरु :
१) सामाजिक दुरी कायम हुने गरि विद्यालयमा उपस्थित हुनुपर्नेछ ।
२) मास्कको प्रयोग अनिवार्य रुपमा गर्नुपर्ने छ।
३) स्यानिटाईजरको प्रयोग वा साबुन पानीले हात धुनुपर्ने छ ।

नोट: कक्षा ८,९ र १० को अनलाईन कक्षा श्रावण ४ गते सोमबार देखि सुरु हुने भएकाले आवश्यक शैक्षिक सामाग्रीहरु साथ उपस्थित हुनुहोला । अनलाईन कक्षाको रुटिन कमेण्टमा हेर्नुहोला। साथै, अनलाईन कक्षाका लागि प्लेस्टोरमा गई Zoom app download गर्नुहोला र आफ्नो कक्षाको Messenger groupमा join समेत गर्नुहोला र छुटेका साथीहरुलाई समेत Messenger groupमा add गराउनुहोला।
कक्षा ६ र ७ को पनि छिट्टै वैकल्पिक माध्यमबाट शिक्षण सिकाई गर्ने तयारी भैरहेकाले सम्बन्धित अभिभावकहरुलाई विद्यालय प्रशासनसँग सम्पर्कमा रहनुहुन हार्दिक अनुरोध गरिन्छ। कोभिड१९ को प्रभाव कम भएसँगै आउँदा दिनहरुमा अन्य कक्षाका हकमा समेत शिक्षण सिकाईका उपर्युक्त विकल्पहरु अपनाउँदै जाने छौं। हजुरहरुको अमूल्य सुझाव एवं सर-सहयोगहरु हामीलाई निरन्तर प्राप्त भईरहनेछ भन्ने हामीले आशा राखेका छौं।

थप जानकारीका लागि 9845682558मा सम्पर्क गर्नुहोला।

18/06/2021

यस शुभलक्ष्मी ईङ्गलिश स्कूल गोरुमारेभञ्ज्याङ
मिलनचोक,ओखलढुंगामा यही शैक्षिक सत्र २०७८का लागि मिति २०७८ साल असार २ गते बाट कक्षा नर्सरी देखि कक्षा ९ सम्म नयाँ भर्नाका लागि सम्पूर्ण अभिभावक तथा गैर अभिभावकहरूलाई जानकारी गराईन्छ ।

हाम्रा विशेषताहरु
१. गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागि छात्रावृतिको व्यवस्था भएको,
२. विद्यार्थीहरुको लागि दिवा आवास (day hostel) को व्यवस्था भएको,
३. पठनपाठनमा कमजोर विद्यार्थीहरूका लागि विद्यालयमा कोचिङको व्यवस्था भएको,
४. कक्षा ३ देखि कक्षा १० सम्म कम्प्यूटर कक्षाको व्यवस्था भएको,
५. अङ्ग्रेजी माध्यममा सिकाई तथा वातावरण रहेको,

थप जानकारीका लागि ९८४५६८२५५८,९८४२९८१३६१
प्रिन्सिपल

13/04/2021

Happy new year 2078 to all🎉

Photos from Shubhalaxmi English Boarding School's post 13/04/2021

Preparing greeting cards for new year (cls-2 students)

Photos from Shubhalaxmi English Boarding School's post 18/02/2021

Glimpse of Saraswoti puja 2077 B.S

Want your school to be the top-listed School/college in Okhaldhunga?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Okhaldhunga

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00