Ishwar rimal

Ishwar rimal

Share

सभ्य समाजको निर्माण त्यो दिन जरुर हुन?

19/02/2024

बोलेबापत मृत्युको सजाय पाउने नेपाली समाज र जनताको कल्पनाशिल परानुभती गर्दै, राज्य संचालकलाई खबरदार भन्दै स्वतन्त्रताको अनुभुती गर्दैछु अाज म!
सामन्तवादको अन्त्यको घोषणा ! नेपाल आधुनिक युगमा प्रवेश भएको,नेपाली जनता रैतिबाट नागरिक भएको दिन २००७ साल फागुन ७ को स्मरणमा मनाइने राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाली दिदीबहिनी, दाजुभाइमा हार्दिक शुभकामना।
सामन्तवादको अवशेषहरुले अझैपनि यसैको (प्रजातन्त्र/लोकतन्त्र) खोल अोढेर यसलाइ नै बेलाबेलामा चुनौति दिदै, यो व्यवस्था गलत हो भन्ने देखाउन भ्रम छर्दैछन सबै सचेत हुन जरुरि छ!
जय नेपाल

01/02/2024

सरकारले जुता र लुगा सिउने बनाउने भन्दा पहिला स्वास्थ्य र शिक्षालाई पुर्णरुपमा अाफ्नो दायित्वमा लिई समान वितरण गरोस ! जन्म लिएको परिवारको वर्गको अाधारमा उसले लिने शिक्षा गर्ने उपचारमा हुने विभेदको अन्त गरोस ! अावश्यकता र प्राथमिकता पहिचानमा सस्तो लोकप्रियता हेरेर नचुकोस हाम्रो सरकार !
जय नेपाल !

30/01/2024

जन्म पछि मृत्यु शाश्वत र अकाट्य छ! तर पनि सत्कर्मले सधै जिवित,देश र जनतालाई स्वतन्त्रताको विगुल फुक्दै र सचेतना छर्दै गर्दा,देशलाई पुर्ख्यौलि सम्पति र जनतालाई रैति ठान्ने क्रुर शासकबाट क्रुर मृत्यु भोगेर पनि नेपाली माटो र मनमा सदैव जिवित महान शहिदहरुप्रति स-सम्मान स्मरण सहित भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु!
जय नेपाल!

28/01/2024

अाईडिया विचार सब ठिक छ तर नेता मान्न सकिदैन किनकि हामी पछि पर्छौ भन्ने डरभका नेतृत्वमा रहेका एकपत्र नेताको जालोबाहेक अबको समय काङ्ग्रेस नै गगन , गगन नै काङ्ग्रेस बनेर स्थापित हुनेछ एक समयका लागि! त्यसैको प्रमाणित उदाहरण हो यो!
जय नेपाल !

18/01/2024

संगतगुनाको फल किन भन्नु
शिखरका पत्थरहरु पग्लिन्छन र?
पानी बगिरहदा पनि अटल रहेर
विविध (खोला,नदि,समुन्द्र) नाम किनारले दिएको होईन र?

सस्ता चर्चाको पछि किन लाग्नु??
चर्चा कमाउन सिजन कुर्नुपर्छ
जसले सुमसुमाउछ उसैले सकाउछ
पाहुना सत्कारपछि पुन बिदा हुनुपर्छ!

बर्षमा एकछाक खाएर को बाच्ला र??
उसको मौसममा रमाईदिनुस
अठोट लिएर अटल बस्नुस
छोपिए पनि लिएर जान सक्दैनन् !

07/01/2024

प्रतक्ष चुनाव लड्नि हार्नि,अनि समानुपातिकमा हक खोज्नि,त्यहाँ नपाए राष्ट्रिय सभामा भएपनि नछोड्नि फोहोरि प्रवृति चरित्रहीन अनैतिक क्रियाकलाप लाई राजनीतिको लेप लगाएर यस्तै हो राजनीति भनेर अाफ्नो पाटि र नेताको संरक्षण गर्नुभनेको कार्यकर्ता होइन दास हुनु हो! तसर्थ यस्तो प्रवृतिको सवैले अा-अाफ्न‍ो पाटि र नेतालाई खबरदारि गरौ! दास होईन कार्यकर्ता बनौ !
जय नेपाल!

05/01/2024

जन्मदिनको अनन्त शुभकामना दाजु! सु-स्वास्थ,दिर्घायु,असलता र सफलता सदैव जिवनका गहना बनिरहुन,सदैव खुसि रहनु,सामाजिक न्याय र समाज रुपान्तरणको मार्गमा गतिशिल ती पाईलाहरु कहिल्यै नथाकुन शुभकामना !

01/01/2024

अा-अाफ्नो जात,धर्म,भाषा,पहिचान,भेषभुषा,रितिरिवाज,सुसंस्कार र परम्पराको अबलम्वन,संरक्षण र प्रचार गर्दैगर्दा साथैमा अरुलाई पनि सम्मान गर्दै अघि बढौ! धोती,टोपी,घले,गुन्युचोलि,,,अादि सबैप्रति गर्व हुन्छ/हुनुपर्छ! यहि विविधता नै नेपालीको उदाहरणीय अमुल्य निधिहरु हुन!राज्यले यी मौलिकताहरुको जगेर्ना गर्नुपर्छ!
जय नेपाल!

01/01/2024

यदि हामीले केवल राष्ट्रियताको चर्चा गर्छौं र प्रजातन्त्रको सम्बन्धमा मौन रहन्छौँ भने अधिनायकवादका पक्षधर हुनेछौँ, र यदि प्रजातन्त्रको चर्चा गरेर राष्ट्ररक्षाको कुरोलाई उपेक्षा गर्छौँ भने हामी विदेशी तत्वको हतियार बन्नसक्छौँ.
जननायक बीपी कोइराला

"राष्ट्रिय एकता तथा मेलमिलाप दिवस"
पुष १६ (२०३३-०९-१६)
हिम्मत विवेक निडरता दृढता का साथ काम गर्ने प्रेरणा मिलि रहोस सबैलाई शुभकामना !

31/12/2023

गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका गुरुङ समुदाय लगायत सम्पूर्णमा सुस्वास्थ्य, दीर्घायू, सुख,शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !

29/12/2023

पार्छे नखरा वे-वास्ता गरे झै
मनमा फिटिक्कै भाव नभए झै
तर त्यहि वेवास्ताको पोकोभित्र
पठाउछे माया जगत डुवाउला झै!

कल्पनाकि परिको जस्तो अाकृति
मस्तिष्कमा डेरा जमाएर बसेको छ
जसलाई कहिल्यै सम्झिन पर्दैन
किनकि सम्झनलाई त विर्सनुपर्छ!

उ हरेक कुरालाई हावा हावा भन्छे
हावासरि उडेर अाअोस चाहेर होला
कास म त्यो भाग्यमानी हावा हुन्थे भने
सुस्तरि त्यो काखमा लडिबुडि गर्थे होला!

क्षणभरको उत्तेजना स्खलित भई थाक्ने
भौतिक प्रेमक‍ो रसराग भन्दा पर
स्वैरकल्पनाको अस्खलित प्रेमको प्याला
विनामुल्य,अविचलित बहुमुल्य तर !

29/12/2023

क्रियाले प्रतिक्रियाक‍‍ो जन्म गराउदछ
परिस्थितिजन्य घटनाले अकल्पनीय दुर्घटना भयो,,,,
राज्य र समाजका खातामा गाडि जल्यो,दुई जना मरे,,
धमिलो पानिमा माछा मार्नेहरुलाई जनधनको क्षति तिखर राजनीतिक मसला बन्यो,,,,,अदालतको निर्णय तिम्रै पक्षमा अाउदै रेछ,,,,,,,,,तर अावेस र उत्तेजना भनौ या परिस्थितिको वाध्यात्मक अावश्यकता????
पलपलक‍ो जिवित मरणक‍ो भोगाईले होला तिम्रा लागि पनि एउटा ज्यान गुम्यो,,,,,
तर तिम्रा परिवारका लागि सर्वस्व गुम्यो,,,,,,,एउटा पुस्ताको हासो खुसि जिवनभरिका लागि गुम्यो,,,,,,,अाजको अप्रत्याशित घटनाको क्रममा ज्यान गुमाउनुहुने दुवै मृतकप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु! शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै उहाहरुको सहारा राज्य बनोस,,,,,

राज्यका तहगत निकायहरुका नेतृत्वहरु निर्णय लिदा दुरगामि असर र फाईदा हेरेर निर्णय गर्ने गर्नुहोला,,,,,,,,तपाईहरुको कलमको एक फन्कोले,,,देशको उन्नति र अधोगतिको यात्रा निर्धारण गर्दछ!
जय नेपाल!

Want your school to be the top-listed School/college in Nuwakot?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

नुवाकोट
Nuwakot
NUWAKOT