Bright Star E.M School Pvt. Ltd

Bright Star E.M School Pvt. Ltd

Share

Quality education is our motto Quality Education Is Our Motto

14/07/2021
एसइईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन 14/06/2021

एसइईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन ३१ जेठ २०७८ काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्त....

09/06/2021
मन्त्रिपरिषद् बैठकको निर्णय : एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट गर्ने 31/05/2021

यश बर्षको SEE परिक्षा पनि आन्तरिक मुल्यांकनबाट नै हुने ।।।

मन्त्रिपरिषद् बैठकको निर्णय : एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट गर्ने काठमाडौं, १७ जेठ । सरकारले यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मुल्यांकनबाट गर्ने निर्णय गरेको छ । शिक्षा, ...

10/05/2021

यस वर्षको कक्षा १० र १२ को परिक्षा स्थगित गरिएको सूचना ।

06/05/2021

प्रतिरक्षा प्रणाली बलीयो बनाउने प्राकृतिक उपायहरूः
डा. हेमराज काेइराला

काेराेना भाइरस राेग वा काेभीड १९ काे कारणा अाज सम्पूर्ण विश्व तहस नहस भएकाे छ। विगत डेढ बर्ष देखि विश्व मानव समुदायलाइ तहस नहस बनाउदै लगेकाे याे राेगले ३२लाख मान्छेकाे ज्यान लिइसकेकाे छ। यस परिपेक्षमा यस राेगबाट जाेगीन अनेकाै उपायहरूकाे पनि खाेजी हुदै छ । तर यस राेगकाे दिगाे र भरपर्दाे उपाय भनेकाे प्रतिरक्षा प्रणालीलाइ ससक्त पार्नु नै हाे । प्रतिरक्षा प्रणाली ससक्त भए याे राेगले त्यति असर गर्न सक्दैन र व्याक्तिले भाइरसलाइ सजिलै जित्न सक्दछ।
कसरी गर्ने राेग प्रतिराेधक क्षमताकाे सशक्तिकरणा।
ईम्यूनीटी वा रोग प्रतिरोधक क्षमताको सशक्तिकरण कसरि गर्ने भन्ने बारेमा जान्नु भन्दा पहिला प्रतिरक्षा प्रणली वा ब्याधि क्षमत्व (Immune system) भनेको के हो भनेर बुझ्न जरूरी छ । प्रतिरक्षा प्रणली अन्तरगत बोन म्यारो वा हड्डी भित्रको मज्जामा उत्पन्न भई रगत, तन्तुहरू, र लिम्फ नोडहरूमा रहेने सेता रक्तकोश हरू, लिम्फनोड, फियो, थाइमस आदिले मिलेर बनेको यस्तो प्रणाली जसले रोग कारक सूक्ष्मजीवहरू जस्तै ब्याक्टेरिया, भाईरस, ढुसी, एवं परजीवीहरू शरीरमा प्रवेश गर्ने बित्तिकै आक्रमण गरेर नष्ट गरिदिन्छन् । प्रतिरक्षा प्रणाली मजबुत भए रोगका किटाणुहरूलाई प्रतिरक्षा प्रणालीका कोषहरूले जित्दछ र रोगले केही गर्न सक्दैन तर प्रतिरक्षा प्रणाली कमजोर भए रोगका किटाणुहरूले जित्दछ र मान्छे मर्दछ । यसर्थ प्रतिरक्षा प्रणालीको सशक्तिकरण नै हरेक सूक्ष्मजीवबाट हुने रोगहरूको सबै भन्दा भरपर्दो उपचार हो । प्रतिरक्षा प्रणालीको सशक्तिकरण गर्न वा रोग प्रतिरोधक क्षमता बढाउन निम्न प्राकृतिक चिकित्सा विधिहरू अपनाउन सकिन्छ ।
१. दैनिक आठ घण्टाको निन्द्राः बेलुका ९ बजे देखि ५ बजे बिचको राम्रो, गहिरो र मिठो निन्द्राले सेता रक्तकोषहरू बढाउने, घाउ खटिरा निको पार्ने र संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका गर्दछ ।
२. पर्याप्त पानीको सेवनः पर्याप्त पानीको सेवन गर्नाले शरीरमा विजातिय द्रब्यहरूको संकलन हुन पाउदैन । यसोहुदाँ शरीरमा अनावश्यक रूपमा हानीकारक ब्याक्टेरिया, भाईरस, ढुसी एवं परजीवीहरूको बृद्घिहुन पाउदैन। यसका अलावा पनी कमहुँदा शरीरमा विषाक्त पदार्थहरू जम्मा भई प्रतिरक्षा प्रणालीका कोषहरूलाई समेत निष्तेज पार्दछ ।
३. योगभ्यासः योगभ्यासले शरीरमा रक्तसंचार सूचारू पार्ने, पोषक तत्वहरूको समान वितरण गर्ने, विजातिय द्रब्यको निस्कासनमा भूमिका खेल्ने र प्रतिरक्षा प्रणालकिा कोषहरू उत्पादन गर्न मद्यत गर्दछ।
४. प्रणायाम ः कपालभाती, भस्त्रिका, सूदर्शन क्रिया जस्ता छिटो–छिटो श्वास लिएर गरिने प्राणयामले शरीरमा नेचूरल किलर सेल र टी सेलको मात्रा बढाउने हुँदा भाईरसको संक्रमण संग लड्न मद्यत गर्दछख ।
५. ध्यानः ध्यानले तनाव कम गर्दछ। तनाव कम हुँदा प्रतिरक्षा प्रणलीको आफै मजबुत हुन्छ ।
६. शाकाहारी खानाः शाकाहार मानवको प्रकृति प्रदत्त अधिकार हो ।शाकाहारी जीवन शैली अपनाउदा मान्छेले आफूलाई धरै जूनोसिस (जनावरबाट मान्छेमा सर्ने रोगहरू) बाट बच्न सक्दछ । यसका अलवा मंशाहारीलाई विभिन्न किसिमका संक्रमणहरू पनि भईरहन्छन । शाकाहारी खानाले संक्रमण र प्रदाहलाई निको पार्न मद्यत गर्दछ ।
७. पर्याप्त फलपूmल एवं तरकारीको सेवनः फलपूmल एवं तरकारी हरूमा प्रसस्त मात्रामा भिटामिन, खनिज एवं लवण र एण्टी–अक्सिडेण्टहरू पाईन्छन । यी तत्वहरूले रोग प्रतिरोधक कोषहरूको उत्पादन एवं बृद्घि–विकाशमा महत्वपूर्ण भूमिका अदा गर्दछ ।
८. आधा घण्टाको सूर्य स्नान (घाम तपाई)ः सूर्यको प्रकास सर्वश्रेष्ठ प्राकृतिक किटनासक हो । यसका अलावा सूर्य–स्नान गर्दा शरीरमा प्रतिरक्षा प्रणलीलाई मजबुत पार्ने भिटामिन डी को संश्लेषण हुन्छ ।
९. रेशा र चोकर यूक्त खानेकुराः रेशा एवं चोकरले विजातीय द्रब्यहरूलाई शरीरबाट निष्काशन गर्नमा, पाचन प्रणालीलाई सफा गर्न र संक्रमणलाई निस्तेज गर्नमा मद्यत गर्दछ ।
१०. हताको एकदिन उपवाशः उपवाशले प्रतिरक्षा प्रणालीलाई रिसेट गर्न मद्यत गर्दछ एवं उपवास पश्चात प्रतिरक्षा प्रणालीका कोषहरूको उत्पादन लाई पनि मद्यत गर्दछ ।
११. सकरात्मक सोचः महामारी पैmलदा मान्छे रोगले भन्दा पनि डरले मर्ने गर्दछन । यस्तो बेलामा सकरात्मक हुदाँ समस्या संग लड्न थप बल प्राप्त हुन्छ ।
१२. प्रकृति संगको सामिप्यता ः प्रकृति संगको समिप्यताले प्रकृतिमा विद्यमान ब्याक्टेरिया, भाईरस, ढुसी एवं परजीवीहरूसंङ्ग प्रतिरक्षा प्रणलीको जम्काभेट भईरहने हुदा प्रचिरक्षा प्रणालीलाई चूष्त राख्न मद्यत गर्दछ ।
१३. धुमपानको एवं मद्यपान त्याग ः धूमपान एवं मद्यपानले प्रत्यक्ष रूपमा प्रतिरक्षा प्रणलीलाई निस्तेज गर्दछ ।
१४. चिनीको सेवन नगर्ने ः चिनी सेवनले मुखमा एवं शरीरमा हानीकारक ब्याक्टेरीयालाई आकर्षित गर्दछ । यी ब्याक्टेरिया भएको ठाउमा भाईरस चाडै आकर्षित हुन्छ र संक्रमण फैलन्छ।
१५. जंङ्कफूड, फाईडफूड, रिफाईण्डफूड नगर्नेः जंङ्कफूड, फाईडफूड, रिफाईण्डफूडमा विद्यमान हानीकारक केमीकलहरूले रगतमा विद्यमान प्रतिरक्षाका कोषहरूलाई निस्तेज बानाई दिन्छन।

यी विधिहरूको यथोचित प्रयोगले हाम्रो शरीरको व्याधि क्षमत्व वा रोग प्रतिरोधक क्षमता बढ्दछ । व्याधि क्षमत्व मजबुत भएपछि रोगलाई सजिलै जित्न सकिन्छ ।

03/05/2021

बाँकेमा जारी निषेधआज्ञा बैशाख २७ गते सम्मका लागि थपियो ।।

02/05/2021

कोरोना भाइरस सर्न सक्ने मुख्य कारणहरु।।।

Want your school to be the top-listed School/college in Nepalganj?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Gulariya Road, Khajurakhurd, Banke
Nepalganj
21913

Opening Hours

Monday 09:00 - 16:30
Tuesday 09:00 - 16:30
Wednesday 09:00 - 16:30
Thursday 09:00 - 16:30
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:30