Nepalgunj Health Campus

Nepalgunj Health Campus

Share

DIPLOMA IN PHARMACY
MEDICAL LAB TECHNOLOGY
AYURVEDIC HA
CAREGIVER

25/08/2026

बिदा सम्बन्धी सूचना

मोहम्मद डे को अवसरमा मिति २०८३/०५/१० गते कलेजमा सार्वजनिक बिदा रहने सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूमा जानकारी गराइन्छ।
उक्त दिन कलेजका सम्पूर्ण पठनपाठन तथा प्रशासनिक कार्यहरू बन्द रहनेछन्। नियमित कक्षा तथा अन्य शैक्षिक गतिविधिहरू २०८३/०५/११ गतेदेखि पूर्ववत् रूपमा सञ्चालन हुनेछन्।

Photos from Nepalgunj Health Campus's post 20/08/2026

अत्यन्त जरुरी सूचना! नेपालगञ्ज हेल्थ क्याम्पसमा भर्नाको अन्तिम अवसर! 📣

CTEVT अन्तर्गत सञ्चालित ३ वर्षे डिप्लोमा कार्यक्रमहरूमा भर्ना हुन चाहने विद्यार्थीहरूका लागि ध्यान दिनुहोस्!

📅 आवेदन फाराम भर्ने अन्तिम म्याद: भोलि, मिति २०८३/०५/०५ गते साँझ ५:०० बजेसम्म।

🎓 उपलब्ध कार्यक्रमहरू:
🔹 HA Ayurveda – ३ वर्षे (आयुर्वेद स्वास्थ्य सहायक)
🔹 Diploma in Medical Laboratory Technology (DMLT) – ३ वर्षे (मेडिकल ल्याब टेक्नोलोजी)

⏰ समय सकिन अब थोरै समय मात्र बाँकी छ। म्याद नछुटाउनुहोस् र आजै आफ्नो आवेदन बुझाउनुहोस्!

📞 थप जानकारीका लागि सम्पर्क:
नेपालगञ्ज हेल्थ क्याम्पस
आदर्शनगर–१०, नेपालगञ्ज, बाँके
फोन: 081-531399, 9841553383

Photos from Nepalgunj Health Campus's post 18/08/2026

📢 विशेष सूचना! विशेष मौका (आंशिक) परीक्षा तालिका प्रकाशित! 🎓
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT), परीक्षा नियन्त्रण कार्यालयद्वारा डिप्लोमा तहका शैक्षिक सत्र २०७४/०७५ (सन् २०१७) सम्म रजिष्ट्रेशन भई अनुत्तीर्ण भएका परीक्षार्थीहरूका लागि विशेष मौका परीक्षाको तालिका प्रकाशित गरिएको छ ।
📍 परीक्षा विवरण:
• परीक्षा केन्द्र: काठमाडौँ
• प्रथम सिफ्ट: बिहान ७:०० बजे देखि
• दोस्रो सिफ्ट: दिउँसो २:०० बजे देखि

16/08/2026

मिति २०८३/०५/०१ गते परेको नाग पञ्चमीको अवसरमा सम्पूर्ण शिक्षक, अभिभावक एवं विद्यार्थीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।साथै, उक्त दिन नेपालगञ्ज हेल्थ क्याम्पसमा नियमित कक्षा सञ्चालन हुने भएकाले सम्पूर्ण विद्यार्थीहरूलाई नियमित रूपमा कक्षामा उपस्थित हुन हार्दिक जानकारी गराइन्छ।

12/08/2026

जगारीको अवसर ! 📢
नेपालगंज हेल्थ क्याम्पसको लागि एक जना योग्य, मेहनती तथा जिम्मेवार कम्प्युटर अपरेटर आवश्यक रहेको छ। यदि तपाईँ आफ्नो सीपलाई प्रयोग गरी हाम्रो टिममा आवद्ध हुन चाहनुहुन्छ भने, आजै आवेदन दिनुहोस्!
योग्यता तथा सीपहरू:
✅ कक्षा १२ (+२) उत्तीर्ण अनिवार्य।
✅ Microsoft Word, PowerPoint, र Excel को राम्रो ज्ञान।
✅ नेपाली टाइपपिडमा दक्षता।
आवेदन प्रक्रिया:
आफ्नो CV तथा आवश्यक कागजातहरू तलको इमेलमा पठाउनुहोस्:
📧 इमेल: [email protected]
📞 सम्पर्क: 9858029499
हाम्रो टिममा आवद्ध भई आफ्नो करियरलाई नयाँ उचाइ दिनुहोस् !

12/08/2026

२०८३ सालको वार्षिक परीक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम मिति २०८३/०४/२८ गते बिहान ११:०० बजे कलेजमा सञ्चालन हुने भएकोले वार्षिक परीक्षा २०८३ मा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरूलाई अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरिन्छ।

उक्त अभिमुखीकरण कार्यक्रममा:
🔹 वार्षिक परीक्षाको विषयगत तयारी
🔹 परीक्षासम्बन्धी आवश्यक जानकारी तथा निर्देशन
🔹 परीक्षाको तयारीसम्बन्धी अन्य महत्वपूर्ण विषयहरूमा जानकारी प्रदान गरिनेछ।

📅 मिति: २०८३/०४/२८
⏰ समय: बिहान ११:०० बजे
📍 स्थान: कलेज

सम्पूर्ण सम्बन्धित विद्यार्थीहरूलाई तोकिएको मिति र समयमा अनिवार्य रूपमा उपस्थित भइदिनुहुन अनुरोध छ।

08/08/2026

📢 अत्यन्त जरुरी सूचना | विशेष मौका परीक्षा सम्बन्धी

नेपालगञ्ज हेल्थ क्याम्पस, नेपालगञ्ज–१०, बाँके का सम्पूर्ण सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ कि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT), परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुर ले डिप्लोमा/प्रमाणपत्र तहको विशेष मौका परीक्षा को आवेदन फाराम भर्ने म्याद थप गरेको छ।

📌 महत्त्वपूर्ण जानकारी तथा मितिहरू:

🔹 विशेष मौका परीक्षामा सहभागी हुन पाउने विद्यार्थीहरू:
👉 शैक्षिक सत्र २०७४/०७५ (२०७५ ई.सं.) सम्ममा रजिस्ट्रेशन कायम भएका डिप्लोमा/प्रमाणपत्र तहका विद्यार्थीहरू, जसले सम्बन्धित परीक्षा प्रणालीअन्तर्गतका तोकिएका वर्ष/खण्डका अन्तिम परीक्षामा पाठ्यक्रमले निर्धारण गरेको परीक्षा दिई अनुत्तीर्ण भएका छन्।

🔹 विलम्ब शुल्कसहित परीक्षा आवेदन फाराम भर्ने अवधि:
👉 २०८३/०४/२५ गतेदेखि २०८३/०४/२७ गतेसम्म
⚠️ सम्बन्धित विद्यार्थीहरूलाई तोकिएको समयभित्र अनिवार्य रूपमा परीक्षा आवेदन फाराम भरी आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरिन्छ।
📌 थप जानकारीका लागि:
🌐 www.ctevtexam.org.np
नेपालगञ्ज हेल्थ क्याम्पस
📍 नेपालगञ्ज–१०, बाँके

08/08/2026

📢 अत्यन्त जरुरी सूचना | विद्यार्थी भर्ना तथा रजिस्ट्रेशन फाराम भर्ने म्याद थप सम्बन्धी
नेपालगञ्ज हेल्थ क्याम्पस, नेपालगञ्ज–१०, बाँके का सम्पूर्ण विद्यार्थीहरूलाई जानकारी गराइन्छ कि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT), परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुर द्वारा विद्यार्थी भर्ना तथा रजिस्ट्रेशन फाराम भर्ने म्याद थप गरिएको छ।
📌 मुख्य मितिहरू:
🔹 नयाँ विद्यार्थीका लागि Online Application Form भर्ने मिति:
👉 २०८३/०४/२२ देखि २०८३/०४/२६ गतेसम्म
🔹 विद्यार्थीहरूले सम्बन्धित शिक्षण संस्थामा Registration Form बुझाउने अन्तिम मिति:
👉 २०८३/०५/०९ गतेसम्म
📌 सम्पूर्ण विद्यार्थीहरूलाई तोकिएको समयसीमाभित्र Registration प्रक्रिया पूरा गर्न नेपालगञ्ज हेल्थ क्याम्पस अनुरोध गर्दछ।

🌐 थप जानकारीका लागि: www.ctevtexam.org.np

नेपालगञ्ज हेल्थ क्याम्पस
📍 नेपालगञ्ज–१०, बाँके

Photos from Nepalgunj Health Campus's post 06/08/2026

📢 अत्यावश्यक सूचना

📝 वार्षिक परीक्षा–२०८३ (नियमित तथा आंशिक)

नेपालगञ्ज हेल्थ क्याम्पसद्वारा सञ्चालित डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन मेडिकल ल्याब टेक्नोलोजी तथा एच.ए. आयुर्वेद कार्यक्रमअन्तर्गत प्रथम, द्वितीय तथा तृतीय वर्षका नियमित एवं आंशिक विद्यार्थीहरूलाई जानकारी गराइन्छ कि सीटीईभीटी (CTEVT) द्वारा प्रकाशित वार्षिक परीक्षा–२०८३ भदौ २३ गतेदेखि प्रत्येक दिन बिहान ७:०० बजेदेखि सञ्चालन हुनेछ।

📌 परीक्षा तालिका सीटीईभीटीद्वारा प्रकाशित आधिकारिक कार्यक्रमअनुसार लागू हुनेछ।

सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूलाई प्रकाशित परीक्षा तालिकाअनुसार अनिवार्य रूपमा परीक्षामा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं।

Photos from Nepalgunj Health Campus's post 31/07/2026

📢 सूचना! सूचना!! सूचना!!!

आयुर्वेद, मेडिकल ल्याब टेक्नोलोजी (MLT) तथा फार्मेसी अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई जानकारी।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT), परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा डिप्लोमा/प्रमाणपत्र तहको नियमित तथा आंशिक परीक्षा–२०८३ को परीक्षा तालिका प्रकाशित गरिएको छ।
🗓️ परीक्षा प्रारम्भ हुने मिति: २०८३ साल भदौ २३ गते
सम्बन्धित सबै विद्यार्थीहरूलाई प्रकाशित परीक्षा तालिका ध्यानपूर्वक सुनिश्चित गर्न अनुरोध गरिन्छ।
🌿 आयुर्वेद
🧪 मेडिकल ल्याब टेक्नोलोजी (MLT)
💊 फार्मेसी
अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई सफल परीक्षाको हार्दिक शुभकामना।

Want your school to be the top-listed School/college in Nepalganj?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Health Campus Road , Adrashnagar/10
Nepalganj
21900

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00