MP Mangal Prasad Model Secondary School

MP Mangal Prasad Model Secondary School This belongs to our grand institution Mangal Prasad Model Secondary School.The institution is built The whole institution is extended to 4.5.

Mangal Prasad School was established as a pioneer educational institution in the Western region. The institution was founded by then-popular personality Mangal Prasad Shastri Known to be Mangal Mad Saap in 1985 BS. Initially, the teaching-learning process started with a wooden house. In 2014BS school started to deliver education at the present location.

बिदा सम्बन्धी सूचना
24/09/2026

बिदा सम्बन्धी सूचना

22/09/2026
हाम्रो विद्यालय मंगल प्रसाद नमुना मा.वि. कक्षा ९ मा अध्ययनरत प्रिय विद्यार्थी Shoaib Siddiqui को मिति २०८३ साल असोज १ अप...
18/09/2026

हाम्रो विद्यालय मंगल प्रसाद नमुना मा.वि. कक्षा ९ मा अध्ययनरत प्रिय विद्यार्थी Shoaib Siddiqui को मिति २०८३ साल असोज १ अप्रत्याशित रूपमा भएको असमायिक दु:खद निधनले हाम्रो विद्यालय परिवारलाई अत्यन्तै मर्माहत तथा दु:खी बनाएको छ ।
यस दु:खद घडीमा शोक सन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होओस् । साथै मृत आत्माको चिर शान्तिको कामना गर्दै स्वर्गवासको लागी विद्यालय परिवार ईश्वरसँग प्रार्थन गर्दछ ।

07/09/2026

🕯️ भावपूर्ण श्रद्धाञ्जली 🕯️
रसुवामा गएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति मंगल प्रसाद नमूना मावि.का विद्यार्थीहरूले आज मैनबत्ती बाल्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्🙏
दुःखको घडीमा पीडित परिवारसँग ऐक्यबद्धता जनाउँदै हाम्रा स-साना विद्यार्थीहरूले देखाएको यो मानवीय संवेदना, कर्तव्यबोध, इमानदारिता र सहयोगी भावना वास्तवमै प्रशंसनीय छ। ❤️
मैनबत्तीको यो सानो उज्यालो केवल श्रद्धाञ्जली होइन, दुःखमा परेकाहरूप्रति हाम्रो साथ, संवेदना र मानवताको उज्यालो पनि हो।
आफू सानो भए पनि भावना र जिम्मेवारीमा ठूलो बन्नुपर्छ भन्ने अनुपम सन्देश हाम्रा विद्यार्थीहरूले आज प्रस्तुत गरेका छन्।
🙏 सम्पूर्ण दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली।
शोकाकुल परिवारजनमा गहिरो समवेदना।
🕯️ मानवता जीवित रहोस्, सहयोगको भावना सदैव जागृत रहोस्।

03/09/2026

साना हातहरूमा ठूलो मानवता, सानो उमेरमा विशाल जिम्मेवारी! ❤️🙏
रसुवामा आएको महाविनाशकारी बाढी–पहिरोबाट प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा मल्हम लगाउने पवित्र उद्देश्यले मंगल प्रसाद नमूना माविका स-साना विद्यार्थी भाइबहिनीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी आर्थिक सहयोग संकलन गरेका छन्।
आफ्नो सानो चाहना त्यागेर विपत्तिमा परेका मानिसहरूको दुःखमा साथ दिने यी नानीबाबुहरूको यो कार्य केवल आर्थिक सहयोग मात्र होइन, मानवता, सामाजिक सद्भाव, करुणा र सहयोगी भावनाको अनुपम उदाहरण हो।
संकलित सहयोग रकम बाँके जिल्लाका जिल्ला प्रमुख श्री दिल कुमार तामाङ ज्यूलाई हस्तान्तरण गर्दै मंगल प्रसाद नमूना माविका नानीहरूले विपत्तिमा परेका रसुवावासीका लागि सहयोगको हात अघि बढाएका छन्।
उनीहरूको सानो योगदानले ठूलो सन्देश दिएको छ—
“खाजा खर्चको केही रकम त्याग्न सक्दा, कसैको पीडामा आशाको दीप बाल्न सकिन्छ।” ❤️
यी स-साना हातहरूलाई सलाम,
यी कोमल मनहरूलाई नमन! 🙏❤️

अभाव र संघर्षले डगाउन नसकेको यो इमान सदा सर्वदा अटल रहनेछ भन्ने कुरामा म विश्वस्त छु।स्याबास बाबुहरु!"म्याम, बिहानी कक्ष...
31/08/2026

अभाव र संघर्षले डगाउन नसकेको यो इमान सदा सर्वदा अटल रहनेछ भन्ने कुरामा म विश्वस्त छु।
स्याबास बाबुहरु!
"म्याम, बिहानी कक्षाको विद्यार्थीले कक्षाकोठामा छोडेको यो क्यालकुलेटर भेटीएकोछ।"

🙏 मङ्गल प्रसाद नमूना माध्यमिक विद्यालयको शिक्षा केवल पाठ्यपुस्तक र कक्षाकोठाभित्र सीमित छैन; विद्यार्थीका रुचि, प्रतिभा,...
28/08/2026

🙏 मङ्गल प्रसाद नमूना माध्यमिक विद्यालयको शिक्षा केवल पाठ्यपुस्तक र कक्षाकोठाभित्र सीमित छैन; विद्यार्थीका रुचि, प्रतिभा, भावना र सम्भावनालाई पहिचान गर्दै जीवनोपयोगी अनुभवसँग जोडिनु नै हाम्रो शिक्षाको मूल उद्देश्य हो।
यसै उद्देश्यअनुरूप Yamaha Himalaya Roadies Season 8 को Audition कार्यक्रममा मङ्गल प्रसाद नमूना माबिका ५० भन्दा बढी विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको छ। विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयले यस्ता सिर्जनात्मक, प्रतिभामूलक तथा अनुभवात्मक कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउँदै आएको छ।
विद्यार्थीको पढाइसँगै आत्मविश्वास, नेतृत्व क्षमता, निर्णय क्षमता, प्रस्तुति कला, अनुशासन र आफ्ना प्रतिभा उजागर गर्ने अवसर पनि उत्तिकै महत्वपूर्ण हुन्छन्। त्यसैले विद्यार्थीलाई यस्ता कार्यक्रममा सुरक्षित र व्यवस्थित रूपमा सहभागी गराउन विद्यालयले आवश्यकताअनुसार शिक्षकहरूलाई समेत ड्युटीमा खटाएर विद्यार्थीहरूसँगै उपस्थित गराउँदै आएको छ।
किनकि हाम्रो विश्वास छ—
“कक्षाकोठाले ज्ञान दिन्छ, तर जीवनका यस्ता अनुभवहरूले त्यो ज्ञानलाई आत्मविश्वास र क्षमतामा रूपान्तरण गर्छन्।” ❤️📚
मङ्गल प्रसाद नमूना माबि. — पढाइसँगै प्रतिभा, संस्कारसँगै सम्भावना र शिक्षासँगै जीवनको तयारी। 🌱🎓

Address

Nepalgunj Sub-Metropolitancity/MP Road-08, Nepalgunj Banke
Nepalganj
21900

Opening Hours

Monday 10:00 - 05:00
Tuesday 10:00 - 05:00
Thursday 10:00 - 05:00

Alerts

Be the first to know and let us send you an email when MP Mangal Prasad Model Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to MP Mangal Prasad Model Secondary School:

Share