18/07/2026
हाम्रो बिधालयका उर्जावान शिक्षक Pokharel सरलाइ जन्मदिनको सुभाकामना ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री मावि भौंसाबारी, कानेपोखरी ५, मोरङ, Education, kanepokhari 5, Morang.
18/07/2026
हाम्रो बिधालयका उर्जावान शिक्षक Pokharel सरलाइ जन्मदिनको सुभाकामना ।
15/06/2026
सम्पूर्ण शिक्षक ,विद्यार्थी, अभिभावक एवं कर्मचारीहरूमा भोलि धिमाल जातिको स्थानीय पर्व "जातिरी (सिरिजात)" परेको अवसरमा कानेपोखरी गाउँपालिकाद्वारा स्थानीय विदा दिने निर्णय भएकोले विद्यालय बन्द रहने कुरा सबैमा सूचित गरिन्छ।
आज मिति २०८३ जेठ २२ गते शुक्रबार नियमित पठनपाठन पछिको समयमा विद्यालयमा नियमित अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत वक्तृत्व कला प्रतियोगिता सम्पन्न भयो। उक्त कार्यक्रममा कक्षा ६ देखि १० सम्मका २१ विद्यार्थीहरु सहभागी भई 'सामाजिक सञ्जालका अवसर र चुनौती' विषयमा आफ्ना विचार हरू राखेका छन् विद्यार्थीहरुलाई अझ सफलताको शुभकामना व्यक्त गर्दछौं ।
02/06/2026
पुस्तकालयमा विद्यार्थीहरू शान्त र अनुशासित वातावरणमा मन लगाएर अध्ययन गरिरहेका देखिन्छन्। उनीहरूले विभिन्न पुस्तक तथा सन्दर्भ सामग्रीको सदुपयोग गर्दै आफ्नो ज्ञान र सीप अभिवृद्धि गरिरहेका छन्। अध्ययनप्रतिको यस्तो लगनशीलता र जिज्ञासाले उनीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ।
19/05/2026
जेठ १ गते शुक्रबार नियमित पठनपाठन पछि भएको हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल पहेँलो सदनका सन्ध्या तामाङ, सुजन लिम्बु, लक्ष्मीप्रसाद पराजुली, कृष्ण बस्नेत र रक्षा धिमाल लाई पुरस्कार वितरण गर्नुहुँदै विद्यालयका प्रधानाध्यापक राजु सर।
जेठ १ गते शुक्रबार आफ्नो नियमित पठनपाठन पछि शुक्रबारे अतिरिक्त क्रियाकलापमा नृत्य प्रस्तुत गर्दै कक्षा ९ की छात्रा आरती रम्तेल
आज मिति २०८३ जेठ १ गते नियमित पठनपाठनको कार्यक्रमपछि नियमित शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रमको अवसरमा आफ्नो नृत्य प्रस्तुत गर्दै कक्षा १० की विद्यार्थी एलिजा पोख्रेल
आज मिति २०८३ जेठ १ गते नियमित पठनपाठनको कार्यक्रमपछि नियमित शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रमको अवसरमा आफ्नो नृत्य प्रस्तुत गर्दै कक्षा १० की छात्रा सोनु गौतम
आज मिति २०८३ जेठ १ गते नियमित पठनपाठनको कार्यक्रमपछि नियमित शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रमको अवसरमा आफ्नो हाँस्य व्यङ्ग्य नृत्य प्रस्तुत गर्दै कक्षा १० का विद्यार्थी सन्देश गौतम
नृत्य प्रस्तुत गर्दै कक्षा १ देखि ७ सम्मका छात्राहरू