18/06/2026
सम्पर्क: ९८४२१२२१११/९८४२१०५१५४ ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from जनसेवा माध्यमिक विद्यालय, रमाइलो, मोरङ, Education, Ramailo, Kanepokhari-6, Morang.
18/06/2026
सम्पर्क: ९८४२१२२१११/९८४२१०५१५४ ।
15/06/2026
यसै सूचनाका आधारमा भोलि असार २ गते विद्यालय बिदा गरिएको जानकारी गराइन्छ ।
जरुरी सूचना
जेठ ३१ र असार १ गते आयोजना हुने पी. टी. तालिम (Physical Training)मा छनोट भएका भाइबहिनीहरूलाई आ-आफ्नो House Dress लगाई आउनका लागि जानकारी गराइन्छ ।
11/06/2026
05/06/2026
अति जरुरी सूचना ।
आज विद्यालयमा विद्यालय नेता (School Captain) / उपनेता (Vice-Captain) / सदन नेता / उपनेता चयन मात्र गरिएन बरु निर्वाचन कस्तो हुन्छ भनेर विद्यार्थीहरूलाई प्रयोगात्मक शिक्षण गरियो । निर्वाचनका सबै प्रकृया पूरा गरेर मतदान गराइयो । मतदाता नामावली बनाउने / उम्मेद्वारी दिने / फिर्ता लिने / प्रस्तावक र समर्थक राख्ने / प्रचारप्रसार गर्ने / आचारसंहिता लागु गर्ने / मतगणना प्रतिनिधि राख्ने / हस्ताक्षर गर्ने जस्ता सबै कुरा गरिए / सिकाइयो । मतदान अधिकृत मात्र शिक्षकहरू राखेर अरू सबै भूमिका विद्यार्थीहरूलाई दिइयो । सुरक्षाकर्मीको भूमिकामा स्काउटका विद्यार्थीहरू थिए । उनीहरूलाई आवश्यक परे कसरी बल प्रयोग गर्नुपर्छ भनेर सिकाइयो । हतियार (लाठी) सहितका सुरक्षकर्मीले हतियार चलाउनु परेन । मतदान अति शान्तिपूर्ण रह्यो । ८-१० कक्षाका उम्मेद्वारहरूलाई ६-१० का विद्यार्थीहरूले मतदान गरेका थिए । ६०० भन्दा बढी मतदाता रहेकामा ५१४ मत खसेको थियो । School Captain मा रश्मि लुङ्गेली मगर निर्वाचित भइन् भने School Vice-Captain मा चेसुङ लिम्बू चयन भइन् । रेड हाउस नेता / उपनेता क्रमश: सन्दीपा गुरुङ र शिक्षा काफ्ले, ग्रीनमा मनिष विक र समीर न्यौपाने (निर्विरोध), ब्लूमा सृष्टि न्यौपाने र आगमन यादव तथा येलोमा पूर्णिमा धिमाल र दीक्षा जिमी निर्वाचित भएका छन् । सामाजिक शिक्षण विभागको अगुवाइमा भएको यो निर्वाचनमा खट्ने सबै शिक्षकज्यूहरूमा विद्यालय परिवार आभार प्रकट गर्दछ । विजेता सबै १० जना भाइबहिनीहरूलाई हार्दिक बधाई ! (मध्यान्हको अति चर्को घामका कारण सबै कक्षाका भाइबहिनीहरूलाई एकैपटक लाइनमा लगाउन नसकिएका कारण कक्षागत रूपमा आलोपालो मतदान गराउनु पर्यो ।)
03/06/2026

29/05/2026
कक्षा ११ मा नन् ग्रेडेड (अनुत्तीर्ण) भएका विद्यार्थीहरूका लागि अति जरुरी सूचना ।
28/05/2026
कक्षा ११ को नतिजा प्रकाशन गरिएको । कानेपोखरी गापा परीक्षा समितिको निर्णयअनुसार १ वा २ विषयमा नन् ग्रेडेड भएका वा अनुपस्थित भएका परीक्षार्थीहरूको ग्रेडवृद्धि परीक्षा जेठ २१ र २२ गते सञ्चालन हुनेछ । आफ्नो ग्रेड र GPA का बारेमा जानकारी लिन विद्यालयमा सम्पर्क गर्न सूचित गरिन्छ ।