राधिका माध्यमिक विद्यालय, उर्लावारी-६

राधिका माध्यमिक विद्यालय, उर्लावारी-६

Share

सम्पूर्णलाई स्वागत गर्दछौ ।

17/08/2026

साना नानीहरू आफैं संस्कारिक वा कुसँस्कारिक हुँदैनन् । उनिहरु प्रति गरिने ब्यवहार र दिइने ब्यवहारिक ज्ञानले बालबालिका ज्ञानी वा अज्ञानी बन्छन् ।विद्यालय ब्यवाहिक ज्ञान दिने थलो पनि हो, शिक्षक हरुको मेहेनत र जिम्मेवारीले बाल ब्यवहारमा परिवर्तन ल्याउने कुरा निसन्देह छ ।
बर्षे विदा पस्चात विद्यालय खुलेको पहिलो दिन शिक्षक अनुशा अधिकारीले र सविना शाक्यले प्रयोग गर्नु भएको यो ब्यहारिक ज्ञान शिक्षण सम्मान जनक छ । शिक्षक अनुशा र सविनालाई हार्दिक धन्यवाद ।

06/08/2026

प्राथमिकदेखि माविसम्मका शिक्षकको तलब कति ?
काठमाडौं / सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको नयाँ तलब तालिकाअनुसार प्राथमिक तहदेखि माध्यमिक तहसम्मका शिक्षकहरूको पारिश्रमिक वृद्धि गरिएको छ ।
नयाँ व्यवस्था अनुसार माध्यमिक तहका शिक्षकहरूले सबैभन्दा बढी तलब पाउने भएका छन्। माध्यमिक तह तृतीय श्रेणीका शिक्षकको मासिक तलब ६० हजार ८७४ रुपैयाँ कायम गरिएको छ भने द्वितीय श्रेणीका शिक्षकले ६७ हजार ९०७ रुपैयाँ र प्रथम श्रेणीका वरिष्ठ शिक्षकले ७४ हजार ९५८ रुपैयाँ मासिक तलब पाउनेछन् ।
त्यस्तै, निम्न माध्यमिक (निमावि) तहका शिक्षकहरूमध्ये तृतीय श्रेणीका शिक्षकको तलब ४८ हजार ३८७ रुपैयाँ तोकिएको छ। यस्तै, द्वितीय श्रेणीका शिक्षकले ६० हजार ८७४ रुपैयाँ र प्रथम श्रेणीका शिक्षकले ६३ हजार ९०४ रुपैयाँ मासिक तलब पाउने व्यवस्था गरिएको छ।
यसैगरी, प्राथमिक तहका शिक्षकहरूको तलब पनि वृद्धि गरिएको छ। एसएलसी उत्तीर्ण तृतीय श्रेणीका शिक्षकको तलब ४३ हजार ४२८ रुपैयाँ, द्वितीय श्रेणीको ४८ हजार ३८७ रुपैयाँ र प्रथम श्रेणीको ६० हजार ८७४ रुपैयाँ कायम गरिएको छ। यस्तै, दुई विषयभन्दा बढीमा एसएलसी अनुत्तीर्ण शिक्षकको मासिक तलब ३४ हजार ४२६ रुपैयाँ तथा दुई विषयसम्म अनुत्तीर्ण शिक्षकको तलब ३६ हजार ४४५ रुपैयाँ तोकिएको छ ।
सरकारले नयाँ तलबमान २०८३ साउन १ गतेदेखि लागू हुने गरी निर्धारण गरेको जनाएको छ। मन्त्रालयका अनुसार शिक्षकहरूले निजामती कर्मचारीसरह ग्रेड रकमका साथै वृद्धिपश्चात् कायम हुने तलबको थप १० प्रतिशत मासिक प्रोत्साहन भत्ता पनि प्राप्त गर्नेछन् ।

Photos from राधिका माध्यमिक विद्यालय, उर्लावारी-६'s post 31/07/2026

हार्दिक बधाई सृष्टि
पोखरा विश्व विद्यालयमा B E ब्याचलर इन इन्जिनियरिङ मा पूर्ण छात्रवृतिमा नाम निकाल्न सफल राधिका माध्यमिक विद्यालय, उर्लावारी-६ कि एक मेघावी छात्रा Shristi Bista लाई उतरोतर प्रगतिको कामना सहित हार्दिक बधाई ।

30/07/2026

उत्कृष्ठ र सफल सन्तान कसरी?
प्रिय अभिभावकज्यू,
हरेक अभिभावकको चाहना हुन्छ आफ्नो सन्तान उत्कृष्ठ बनोस, सफल बनोस र सबैको प्रशंसाको पात्र बनोस तर त्यस्तो चाहना पुरा गर्न तपाईहरुको भुमिका कति महत्वपूर्ण हुन्छ भन्ने कुरा चाहि धेरैलाई थाहा नहुन सक्छ वा थाहा भएर पनि लापरवाहि गरिएको हुन्छ । केहि कुरा यहा राखिएको छ ध्यान दिएर पढ्नु होला ।
बच्चालाई हँसिलो र सुखी राख्नुहोस: विशेषतः ५ वर्ष मुनिको बच्चाको मष्तिस्कको विकास तिब्र गतिमा भइरहेको हुन्छ र यो उमेरमा भए गरेका कृयाकलापले भविष्यको निर्धारण गर्ने गर्छ । पाँच बर्ष सम्मको बच्चालाई रुवाउने हप्काउने मनदुखाउने वा कुनै पनि किसिमको मानसिक तनाव दिंदै नदिनुहोला । यो उमेरमा तनाव दिनुभयो भने बाँकी सबै किशोराबस्था,युवावस्था र हुदै प्रौढावस्थामा पनि बच्चा तनाव ग्रस्त नै हुन्छ किनकी यो अवस्थामा मस्तिस्कमा कार्टिसोल (cartisol) नामको ग्रन्थीको तिब्र विकास भइरहेको हुन्छ जसले बच्चालाई वृद्ध अवस्था सम्म तनाब ब्यवस्थापनमा ठुलो सहयोग गरिरहेको हुन्छ । बच्चालाई "बोडि छाडा" भनेर रुवाउने अनि फकाएर खुसी पार्ने गरिन्छ यो प्रवृती बच्चालाई विष खुवाउनु सरह हो । एक पटक बच्चा चित्त दुखाएर रुँदा ४८ घण्टा उसको मस्तिष्कले कोर्टिसोल उत्पादन गर्न सक्दैन । फेरी एकपटक रुवाउँदा फेरी ४८ घण्टा विकास रोकिन्छ । परिणाम स्वरूप तपाईको सानो लपरवाही वा अज्ञानताले त्यो बच्चाले बुढो हुन्जेल सम्म तनाव व्यवस्थापन गर्न सक्दैन । साना कुराले तनाव भइरहन्छ तनाव ग्रस्त मान्छे कहिल्यै सफल हुँदैन ।
५ वर्ष मुनिको बच्चासंग झर्किएर, रिसाएर वा ठुलो आवाज निकालेर नबोल्नुहोला। उसलाई आदेश दिने काम जस्तै कुनै सामान बोकेको भए यहा राख् , उता जा जस्ता शब्द विल्कुल प्रयोग नगर्नुहोस बच्चा तर्सिन सक्छ ।तपाईकोआवाजबाट बच्चा तर्सियो भने त्यो तर्साइले उसको मस्तिष्कमा तिब्र रूपमा बृद्धि भइरहेको थाइरोक्सिन ग्रन्थीमा रोकावट आउछ जसले उसको मस्तिस्कमा नकरात्मकता (Negativity) को विकास हुनजान्छ त्यसैको परिणाम हो बच्चा जिद्दि हुन्छ र नराम्रा काममा लाग्छ ।
यदि तपाईका बच्चाहरुका मस्तिष्क मा उल्लेखित हर्मोनहरु सन्तुलित रूपमा निरन्तर वृद्धि भइरहेका छन् भने बच्चा अत्यन्तै जिज्ञाशु हुन्छ । किन? कसरी? के का लागि ? जस्ता प्रश्न बारम्बार सोधि रहन्छ जस्तै आकाशमा जहाज देख्दा बच्चाले प्रश्न गर्छ त्यो के हो? कहाँ गएको? किन गएको ? त्यसको खुट्टा खै त ? तपाई नरिसाई न झर्कि सहज रूपमा त्यस्ता प्रश्नको जवाफ दिनुहोला । अझ यस्तो अवस्थामा बच्चालाई काखमा बोकेर मायालु भावले उतर दिनु होला । त्यसले तपाईको बच्चाको सामाजिकीकरणमा १००% सहयोग गर्छ । समाजमा घुलमिल हुन्छ र आफ्ना कुरा प्रष्टसंग राख्न सक्छ ।
स्वस्थ्य मास्तिस्क भएको बच्चा बढी हाँस्छ उसको हाँसो नरोक्नु होला ।
आमाले आफ्नो बच्चालाई राम्ररी छातीमा टासेर बोक्नुहोला त्यस्तो बोकाईले बच्चालाई स्वर्णिम आनन्द प्राप्त हुन्छ । याद गर्नु भएको छ आमाले छातीमा टासेर बोक्दा बच्चा चाँडै निदाउँछ ? निदाउनु मस्तिष्क को तनाव विहिनताको प्रमुख लक्षण हो । यस्तो अवस्थामा बच्चाका शारीरिक तथा मानसिक विकासका लागि आवस्यक सम्पूर्ण हर्मोनहरु समानुपातिक विकास हुन्छन् जसले बच्चालाई सफल सक्षम र योग्य नागरिक बनाउछ ।
** धन्यवाद**

24/07/2026

दिब्य राधिका स्मारिका २०८२ बाट

18/07/2026

कृपया नानीको प्रोत्साहनको लागि सहयोग गरिदिनु होला

Name : Sampadha Adhikari
Little prince and princess urlabari season.4 (2026)
contest no : 5
Address : Urlabari-4
School name : Radhika Secondary School
Photo kjk studio

17/07/2026

राधिका माध्यमिक विद्यालय उर्लावारी -६ का शिक्षकहरु के गर्नु हुन्छ ?
१. सकेसम्म विदामा बस्नुहुन्न बस्नैपरे दुई दिन अगाडि नै विदा स्विकृत गरेर बस्नु हुन्छ जसको कारण प्रशासन लाई उहाँको ठाँउमा अर्को शिक्षकको ब्यवस्था गर्न सजिलो हुन्छ । आकस्मिक र बाध्यात्मक परिस्थितीमा फोन र्माफत जानकारी गराउनु हुन्छ ।
२. ९ः४५ मा विद्यालय प्रवेश गरि सक्नुहुन्छ, प्राथाना सभामा सकृय सहभागी हुनुहुन्छ । विद्यार्थीहरुको प्रार्थाना सभामा हुने प्रस्तुतिलाई उत्प्रेरित गर्न शिक्षकहरु पनि आफ्नो प्रस्तुति दिनुहुन्छ ।
३. प्रार्थाना सभाको समापन पश्चात बर्ग शिक्षकहरु विद्यार्थीहरु संगै कक्षामा जानुहुन्छ र करिव ५ मिनेट उनिहरुलाई warm up गराउनु हुन्छ ।
४. विशेष कारणले अघिल्लो दिन उनुपस्थित भएका विद्यार्थीलाई समय मिलाई छुटेको पाठ सिकाउनु हुन्छ ।
५. कुनै एकाईको समाप्ती पछि ग्रीड अनुसार त्यो एकाईबाट परीक्षामा आउने ज्ञान , बोध तथा उच्च दक्षता सम्बन्धिका प्रश्नको निर्माण गरि रचनात्मक लेखनलाई प्रोत्साहन तथा पृष्ट पोषण प्रदान गर्नुहुन्छ ।
६. प्रविधियूक्त शिक्षणका लागि पेनड्राइभ तथा स्मार्टफोनको प्रयोग गर्नुहुन्छ तर कक्षा समयमा ब्यक्तिगत कामकालागि मोवाइलको प्रयोग गर्नुहुन्न ।
७. लिजर समयमा लेख्य गृहकार्य दिएको भए ध्यानपूर्वक अक्षरस परिक्षण गरि विद्यार्थीलाई पृष्ट पोषण दिनुहुन्छ ।
८. अभिभावकलाई प्रत्यक्ष भेटि वा फोन मार्फत विद्यार्थिको प्रगति वा सुधार्नु पर्ने पक्षको बारेमा जानकारी
गराउनु हुन्छ ।
९. महिनामा एकपटक औपचारिक बैठक बसी वा आवस्यकता अनुसार विषय शिक्षकहरू आफ्नो शिक्षण विधि वा पाठका जटिलता वा सरल ताका वारेमा छलफल गर्नुहुन्छ जसले शिक्षणमा एकरूपता ल्याएको छ ।
१०. खालि भएको समयमा विद्यार्थी उसको पारिवारिक पृष्टभुमी तथा उसले गरेको प्रगतीको बारेमा छलफल गर्नु हुन्छ ।
११. विद्यार्थीहरुको कक्षागत समूह बनाई अनलाईन मार्फत विद्यार्थि का पठनमा परेका समस्याको समाधान गर्नुहुन्छ ।
१२. विद्यार्थीहरुका अन्तर निहित प्रतिभाहरु पता लगाई सोको वारेमा विद्यालयमा गठित विभिन्न अतिरिक्त समितीमा जानकारी गराउनु हुन्छ ।
१३. पर्याप्त मात्रमा सन्दर्भ सामग्रीको प्रयोग गरि शिक्षण गर्नुहुन्छ ।
१४. विद्यार्थी मैत्री र विद्यार्थी सहभागी शिक्षण विधि प्रयोग गर्नु हुन्छ ।
१५. आफुलाई कुनैकुराको समस्या परे वा केहि कुरा आवस्यक परे तत्काल प्र अ लाई जानकारी गराउनु हुन्छ ।
प्रिय गुरुहरुको कलात्मक शिक्षण तथा मेहेनतको विद्यालय उच्च सम्मान गर्दछ ।

09/07/2026

अतिरिक्त कृयाकलाप
कसैलाई आरोप लाउनु अघि राम्ररी बुझ्नुहोस

08/07/2026

सुचना !!
सम्पूर्ण अतिरिक्त कक्षाहरुमा सहभागि विद्यार्थी नानीबाबुहरु, प्रशिक्षकज्युहरू तथा अभिभावकज्यूहरु,
राधिका माध्यमिक विद्यालयले सनिबार र आइतवार सञ्चालन गरिरहेको नि:शुल्क अतिरिक्त कक्षाहरू यहि श्रावण ४ गते देखि सञ्चालन हुने प्रथम त्रैमासिक परीक्षाको तयारिलाई मध्यनजर गरि विद्यार्थी तथा अभिभावक समेतको सुझाव अनुसार यहि आषाड २७ र २८ गते दुवै दिन स्थगित गरिएको छ साथै परीक्षा समापन पश्चात विद्यालय खुलेपछि पुन उक्त कक्षाहरू सञ्चालन गरिने कुराको सुचित गरिन्छ । साथै उत्त दिनहरूमा घरमै परीक्षाको तयारी गर्न तथा गराउनु हुन समेत अनुरोध गरिन्छ ।
राधिका माध्यमिक विद्यालय, उर्लावारी-६

Want your school to be the top-listed School/college in Morang?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Urlabari Morang
Morang

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00