Araniko Memorial Eng School- Amardaha

Araniko Memorial Eng School- Amardaha

Share

Since 2052

27/05/2026

अभिभावक महोदय
विषय: विद्यालय बन्द सम्बन्धमा ।
प्रस्तुत विषयमा जेठ १४ गते र १५ गते इद र गणतन्त्र दिवसको उपलक्ष्यमा २ दिन विद्यालय बन्द हुने व्यहोरा अनुरोध छ ।
जेठ १८ गते सोमबार देखि विद्यालय पुनः सुचारु हुने व्यहोरा अनुरोध छ ।
Dear Parents, Greetings!
The school will remain closed on 14th and 15th Jesth on account of Eid and Republic Day of Nepal. The school will resume from Monday, 18th of Jestha.

30/04/2026

📢 महत्वपूर्ण सूचना 📢
आदरणीय अभिभावकज्यू ,शिक्षक कर्मचारी तथा प्यारा विद्यार्थीहरू
विषय: विद्यालय बिदा रहने सम्बन्धमा।
भोलि मिति २०८३ साल वैशाख १८ गते शुक्रबार बुद्ध जयन्ती, विश्व मजदुर दिवस तथा उभौली पर्व का अवसरमा विद्यालय बिदा रहनेछ। साथै, मिति २०८३ साल बैशाख १९ गते शनिबार नियमित बिदा रहनेछ। त्यसैगरी, नेपाल सरकारको निर्णयलाई पालना गर्दै अर्को सूचना जारी नभएसम्म प्रत्येक आइतबार विद्यालय बिदा रहने छ।
तसर्थ, मिति २०८३ साल बैशाख २१ गते सोमबारदेखि विद्यालयको पठनपाठन नियमित रूपमा सञ्चालन हुने जानकारी गराइन्छ।
नोट: विद्यालय बिदा रहेता पनि बिधालयका विभिन्न गतिविधि हरूकाे बिषयमा जानकारी दिन १८ गते शुक्रबार र २० गते आइतबार २ बजेसम्म प्रशासन भने खुल्ला रहने छ।
— विद्यालय प्रशासन

28/04/2026

सुचना
आदरणीय अभिभावक ज्यु ,शैक्षिकसत्र २०८३ काे भर्ना अभियान शुरू भएकाे हुँदा आफ्नो नानी बाबु हरूकाे भर्ना गरी सिट सुरक्षित गर्नु हुन जानकारी
गराइएको छ।

27/04/2026

Dear Parents/Guardians,
We kindly request you to arrange the necessary books, copies, dresses, shoes, and socks for your children and send them to school regularly. Your support in their teaching-learning activities is highly appreciated.

26/04/2026

सम्पुर्ण अभिभावक ज्यूहरु,
यहि मिति २०८३-०१-१० गतेदेखि विद्यालयमा विभिन्न अतिरिक्त क्रियाकलापहरु हुँदै गरेको यहाँहरुलाई अवगतै छ। तसर्थ मिति २०८२-०१-१३ गतेबाट नयाँ शैक्षिक सत्रअनुसार पाठ्यक्रमको दैनिक पठनपाठन तालिका (Daily Routine) तयार भइसकेको हुनाले आफ्ना नानिबाबुहरुको लागि आवश्यक पर्ने पुस्तक, कपि, कलम लगायतका शैक्षिक सामग्री लिई यहि मिति २०८३-०१-१४ गते सोमबारबाट विद्यालय समयमा विद्यालय पठाईदिएर नियमित कक्षा सञ्चालन गर्न सहजीकरण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ॥

विद्यालय प्रशासन

23/04/2026

आदरणीय अभिभावक ज्युहरु,
सादर नमस्कार ।
भोलि मिति २०८३/१/११ गते सुक्रवार पनि सम्पुर्ण कक्षाहरुमा नियमित पठनपाठन एबम शैक्षिक गतिबिधिहरु सन्चालन हुने भएको हुँदा सदाको समयमानै नानिहरुलाई गाडिको लागि तयारी अवस्थामा राखिदिनु हुन सबैमा अनुरोध गरिन्छ ।

✍️ बिद्यालय प्रशासन

Photos from Araniko Memorial Eng School- Amardaha's post 22/04/2026

आदरणीय अभिभावक ज्युहरु,
सादर नमस्कार ।
भोलि मिति २०८३/१/१० गते बिहीवार देखि सम्पुर्ण कक्षाहरुमा नियमित पठनपाठन एबम शैक्षिक गतिबिधिहरु सन्चालन हुने जानकारी गराईन्छ।
बिद्यालय प्रशासन

19/04/2026

सुचना!!
सम्पुर्ण अभिभावक तथा विद्यार्थीवर्गमा , शैक्षिक सत्र २०८३ को लागि पाठ्य पुस्तकहरु exchange गर्ने ,नानी बाबु हरूकाे रिजल्ट तथा भर्ना सम्बन्धी जानकारीका लागि यही मिति २०८३-१-७ गते साेमबार विहान १०ः३० बजे बाट २ बजे सम्म बिधालय आई जानकारी लिनु हुन अभिभावक तथा विद्यार्थी वर्गमा जानकारी गराइन्छ ॥
नोट : वैशाख ४ गते बाट नै दैनिक विद्यालय प्रशासन तथा लेखा शाखा खुल्ला रहेकाे जानकारी गराउँदछौं ।
विद्यालय प्रशासन

13/04/2026

नव वर्ष २०८३ को शुभ पावन अवसरमा सम्पूर्ण, विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षिका एवम् देश तथा विदेशमा छरिएर रहनु भएका नेपाली दाजुभाइ तथा दिदी बहिनी लगायत सम्पूर्णमा सु-स्वास्थ्य, दीर्घायु एवम् उत्तरोतर प्रगतिको शुभकामना व्यक्त गर्दछु।

प्रिन्सिपल
प्रदीप ढुङ्गाना
अरनिको मे. ई. स्कूल

Want your school to be the top-listed School/college in Morang?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Sunwarshi 2 Amardaha Morang
Morang
56600

Opening Hours

09:00 - 17:00