श्री जनता माध्यमिक विद्यालय बेदकोट नगरपालिका ७ गाउजी , कञ्चनपुर

श्री जनता माध्यमिक विद्यालय बेदकोट नगरपालिका ७ गाउजी , कञ्चनपुर

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री जनता माध्यमिक विद्यालय बेदकोट नगरपालिका ७ गाउजी , कञ्चनपुर, School, Bedkot, Mahendranagar.

25/07/2026

यह बिद्यालयका माध्यमिक तह गणित विषयका शिक्षक श्री शिवराज जोशी सरलाइ जन्मदिनको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौं।

Photos from श्री जनता माध्यमिक विद्यालय बेदकोट नगरपालिका ७ गाउजी , कञ्चनपुर 's post 24/07/2026

आजको शुक्रबार इको क्लबको नेतृत्वमा विद्यालयका सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरु ले संयुक्तरुपमा विद्यालय सरसफाई एवं विद्यालय प्राङ्गणमा विभिन्न प्रजातिका फूल तथा अन्य बिरुवाहरू वृक्षारोपण गरी आजको शुक्रबार स्तरीय कार्यक्रम सम्पन्न भएको छ। साथै यस वृक्षरोपण कार्यमा वेदकोट ८ निवासी श्री धनजितराम लुहारज्यूले हाम्रो विद्यालयलाई विभिन्न प्रजातिका ५० वटा फूलका बिरुवाहरू निःशुल्क रुपमा उपलब्ध गराई सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
कुल वृक्षारोपण भएको बिरुवा सङ्ख्या ३००

08/07/2026

यस विद्यालयबाट SEE मौका परीक्षा मा सहभागी हुनुभएका १६जना विध्यार्थी मध्ये १४ जना विद्यार्थी ग्रेडेड भएका छन्।ग्रेडेड हुनुभएका विध्यार्थी भाइबहिनीहरू हरुलाई हार्दिक बधाई तथा शुभकामना।

Photos from श्री जनता माध्यमिक विद्यालय बेदकोट नगरपालिका ७ गाउजी , कञ्चनपुर 's post 03/07/2026

आजको शुक्रबार विध्यालय को इको क्लब र बालक्लव को संयुक्त सहभागितामा विद्यालय परिसर, विद्यालय प्रवेश मार्ग एवम् स्थानीय बजार (पुतली बजार) क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरियो ‌सम्पुर्ण सहभागी विध्यार्थी भाइबहिनीहरू एवम् शिक्षिका हेमा पन्त म्याम लाइ हार्दिक धन्यवाद।

Photos from श्री जनता माध्यमिक विद्यालय बेदकोट नगरपालिका ७ गाउजी , कञ्चनपुर 's post 01/07/2026

बेदकोट नगरपालिका वडा नं. ६/७ (गाउजी/मुसेपानी) का दक्षिण कोरियामा रोजगारीमा रहेका युवाहरूले आफ्नो गाउँ, समाज र शिक्षाप्रति देखाएको उत्तरदायित्व साँच्चिकै प्रशंसनीय छ। श्री जनता माध्यमिक विद्यालय, गाउजीबाट माध्यमिक शिक्षा परीक्षा (SEE ) उत्तीर्ण गरेकी मेहनेती तथा जेहेन्दार छात्रा रेखा बोहराको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले रु. १०,००० आर्थिक सहयोग प्रदान गरेर उहाँहरूले "विदेशमा भए पनि आफ्नो माटो र समाजप्रतिको दायित्व कहिल्यै बिर्सनु हुँदैन" भन्ने सन्देश दिनुभएको छ। यस्ता साना सहयोगले धेरै विद्यार्थीका ठूला सपना पूरा गर्न प्रेरणा दिन्छन्। समाज परिवर्तनको सुरुवात यस्तै सकारात्मक सोच र सहकार्यबाट हुन्छ।
यस पुण्य कार्यमा संलग्न सम्पूर्ण दाजुभाइहरूलाई हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौं। आगामी दिनमा पनि यस्तै सामाजिक तथा शैक्षिक अभियानहरू निरन्तर अघि बढून् भन्ने शुभकामना।

19/06/2026
Photos from श्री जनता माध्यमिक विद्यालय बेदकोट नगरपालिका ७ गाउजी , कञ्चनपुर 's post 19/06/2026
08/06/2026

माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को ग्रेडवृद्धी परीक्षा जनता माध्यमिक विद्यालय गाउजीको परीक्षा केन्द्र घटाल मा.वि.सुडामा रहेको व्यहोरा जानकारी गरिन्छ।

30/05/2026

सहयोग त चाहिन्छ नै

Want your school to be the top-listed School/college in Mahendranagar?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Bedkot
Mahendranagar