20/05/2026
हार्दिक धन्यवाद ज्ञापन
शिक्षा केवल किताबमा सीमित हुँदैन, यो माया, सहयोग र जिम्मेवारीमा पनि झल्किन्छ। शिक्षक एउटा पढाउने गुरु मात्रै होइनन् शिक्षक अभिभावक पनि हुन भनी प्रमाणित गरी ज्वलन्त उदाहरण बन्नु भएकोमा तपाईंहरुलाई हृदय देखि नै विद्यालयको तर्फ बाट आभार प्रकट गर्दछौँ।
शिक्षक आफैमा एउटा त्यस्तो किताब हो जसमा हरेक कुरा हरुको समाधान सँगै माया,प्रेम, सदभाव तथा प्रेरणाले भरिएको हुन्छ।
यस #श्री_विष्णु_मन्दिर_आधारभूत_विद्यालय_भि_न_पा_10_तिलकेनि #का आदरणीय शिक्षकहरू—प्रधानाध्यापक भुमिसरा आचार्यज्यू , शिक्षक नन्दा जोशीज्यू, शिक्षक झुमा थापाज्यू , चन्द्रा भण्डारीज्यू र कार्यालय सहयोगी शेर ओड ज्यूले सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालय पोशाक आफ्नो व्यक्तिगत लगानीमा वितरण गरी उदाहरणीय कार्य गर्नुभएको मा पूरै टिम लाई धेरै धेरै धन्यवाद छ । तपाईंहरूको यो अमूल्य कार्यले सम्पूर्ण विद्यालय परिवार नै गर्भान्भित भएको छ। विद्यार्थीहरू प्रति को यो माया यो अपनत्व मा कहिले कमी नआओस्
यहाँहरूको यो महान कार्यले सबैलाई प्रेरणा मिलोस्।
03/05/2026