Bhanu Secondary English Boarding School - BSEBS

  • Home
  • Bhanu Secondary English Boarding School - BSEBS

Bhanu Secondary English Boarding School - BSEBS Bhanu Secondary English Boarding School is one of the leading school in Gulmi District Established on 2045 B.S The school has excellent infrastructure.

Bhanu Secondary English Boarding School Was established in 2045 B.S at Harrachour V.D.C. of Gulmi district contributing constantly in this area for spreading light of education .This is only the first private English medium school Around the surrounding which is going on with keen and clear vision about the qualitative education since its origin time.This School has cared enviable niche at the sum

mit of good school thorough the clear aim, objectives and sincere labor and dedication of the team of academia excellent manpower . It has modern academic buildings with spacious classrooms, Laboratories, library, administrative offices, and hostel buildings. Moreover with the sincere labour and dedicated academic excellent, trained manpower modern technologies, e-classes, smart boards, sports, Montessori based education for Pre-Primary level etc are available for the overall development of our students.

यस भानु सेकेण्डरी इङ्गलिस बोर्डिङ्ग स्कूल चन्द्रकोट - ३, गुल्मीद्वारा आयोजित २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) म...
15/05/2026

यस भानु सेकेण्डरी इङ्गलिस बोर्डिङ्ग स्कूल चन्द्रकोट - ३, गुल्मीद्वारा आयोजित २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलतापूर्वक शतप्रतिशत विद्यार्थी उत्तीर्ण भई विद्यालयको शैक्षिक गरिमा अभिवृद्धि गर्न सफल विद्यार्थीहरू तथा उहाँहरूका अभिभावकज्यूहरूको सम्मान कार्यक्रम गरिमामय एवं भव्य वातावरणमा सम्पन्न तथा उक्त कार्यक्रममा विद्यार्थीहरूको अथक परिश्रम, अनुशासन, लगनशीलता तथा उत्कृष्ट शैक्षिक उपलब्धिको उच्च मूल्याङ्कन गर्दै अभिभावकज्यूहरूको प्रेरणादायी भूमिका र अमूल्य योगदानप्रति विशेष सम्मान प्रकट गरियो ।
कार्यक्रममा सफल विद्यार्थीहरूलाई सम्मान तथा शुभकामना व्यक्त गर्दै आगामी शैक्षिक यात्रा अझ उपलब्धिमूलक, सिर्जनशील र उज्ज्वल बन्ने विश्वास व्यक्त गर्दै विद्यालयको शैक्षिक उन्नयनमा निरन्तर सहयोग, विश्वास र साथ प्रदान गर्नुहुने सम्पूर्ण अभिभावकज्यूहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं । यस सम्मान कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह, आत्मविश्वास र सकारात्मक प्रेरणा प्रदान गरेको विश्वास विद्यालय परिवारले लिएको छ । धन्यवाद !

आज मिति २०८३ साल जेठ १ गते शुक्रबारका दिन यस भानु सेकेण्डरी इङ्गलिस बोर्डिङ्ग स्कूल चन्द्रकोट -  ३, गुल्मी  स्कूलमा सम्प...
15/05/2026

आज मिति २०८३ साल जेठ १ गते शुक्रबारका दिन यस भानु सेकेण्डरी इङ्गलिस बोर्डिङ्ग स्कूल चन्द्रकोट - ३, गुल्मी स्कूलमा सम्पन्न School Captain / School Vice Captain निर्वाचन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा हामी अत्यन्त हर्षित छौँ । विद्यार्थीहरूमा नेतृत्व क्षमता, उत्तरदायित्वबोध, अनुशासन तथा लोकतान्त्रिक मूल्य–मान्यताको विकास गर्ने उद्देश्यले आयोजित यस निर्वाचन प्रक्रियामा सम्पूर्ण विद्यार्थीहरूको उत्साहजनक सहभागिता प्रशंसनीय रह्यो । निर्वाचन कार्यक्रमलाई मर्यादित, व्यवस्थित तथा सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने शिक्षकवर्ग, कर्मचारी, अभिभावक एवं सम्पूर्ण विद्यार्थीहरूप्रति विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछौं । निर्वाचित स्कूल School Captain / School Vice Captain क्याप्टेनलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै विद्यालयको गौरव, अनुशासन, शैक्षिक उन्नति र विद्यार्थी हितका लागि समर्पित नेतृत्व प्रदान गर्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौँ ।
“सक्षम नेतृत्वको प्रारम्भ विद्यालयबाट हुन्छ, र यही अभ्यासले भविष्यको जिम्मेवार नागरिक निर्माण गर्दछ ।” धन्यवाद !

आज मिति २०८३ साल जेठ १  गते शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत यस भानु सेकेण्डरी इङ्गलिस बोर्डिङ स्कूल चन्द्रकोट - ३...
15/05/2026

आज मिति २०८३ साल जेठ १ गते शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत यस भानु सेकेण्डरी इङ्गलिस बोर्डिङ स्कूल चन्द्रकोट - ३, गुल्मीमा सदन विभाजन (House Division) कार्यक्रम सम्पन्न गरियो । विद्यालय केवल पठन–पाठन गर्ने थलो मात्र होइन, व्यक्तित्व निर्माण गर्ने सुन्दर पाठशाला पनि हो, भन्ने अभिप्रायले आजको सदन विभाजन कार्यक्रमले विद्यार्थीहरूभित्र रहेको नेतृत्व क्षमता, अनुशासन, सहकार्य, प्रतिस्पर्धात्मक भावना तथा सिर्जनशीलतालाई अझ प्रखर बनाउने विश्वास लिएका छौँ । सदनहरू केवल समूह होइनन्, यी तपाईंहरूको प्रतिभा उजागर गर्ने परिवार हुन् । यहाँबाट सिकिने एकता, जिम्मेवारी र मित्रताको भावना भविष्यका सफल यात्राका आधार बन्नेछन् । खेलकुद, सांस्कृतिक कार्यक्रम, शैक्षिक तथा सामाजिक गतिविधिमार्फत प्रत्येक सदनले उत्कृष्टता प्रस्तुत गर्दै विद्यालयको गौरव बढाओस् भन्ने शुभकामना व्यक्त गर्दछौँ ।
“हार वा जितभन्दा पनि सहभागिता, अनुशासन र सकारात्मक सोच नै वास्तविक सफलता हो ।”
सबै विद्यार्थीहरूलाई आफ्नो सदनप्रति समर्पित भई अनुशासित, सक्रिय र प्रेरणादायी भूमिका निर्वाह गर्न हार्दिक शुभकामना ज्ञापन गर्दछौं । धन्यवाद !

२०८२ सालको SEE मा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई । तपाईंहरूको निरन्तर मेहनत, अनुशासन, आत्मविश्वास र लगन...
12/05/2026

२०८२ सालको SEE मा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई । तपाईंहरूको निरन्तर मेहनत, अनुशासन, आत्मविश्वास र लगनशीलताको उज्यालो परिणामस्वरूप यस वर्ष भानु सेकेण्डरी इङ्गलिस बोर्डिङ्ग स्कूलबाट शतप्रतिशत सफलता हासिल भएको सुखद क्षण साझा गर्न पाउँदा विद्यालय परिवार अत्यन्त गौरवान्वित भएको छ । यस उत्कृष्ट उपलब्धिका लागि सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा सहयोगी सबैमा हार्दिक बधाई तथा धन्यवाद ! आगामी शैक्षिक यात्रा अझ उज्वल, सफल र प्रेरणादायी बनोस् भन्ने शुभेच्छा ।
— विद्यालय परिवार

"म सेवा गर्छु । "विद्यार्थीहरूमा मानवीय मूल्य, सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता, अनुशासन तथा आपतकालीन सहयोग सम्बन्धी...
10/05/2026

"म सेवा गर्छु । "
विद्यार्थीहरूमा मानवीय मूल्य, सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता, अनुशासन तथा आपतकालीन सहयोग सम्बन्धी व्यवहारिक ज्ञान विकास गर्ने मुख्य उद्देश्यले यस भानु सेकेण्डरी इङ्गलिस बोर्डिङ्ग स्कूलमा श्री स्टिवेन नेपालीको अध्यक्षतामा ११ सदस्यीय नेपाल जुनियर / युवा रेडक्रस सर्कल गठन सम्पन्न गरियो । नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !
“सेवा नै जीवन हो, मानवता नै
धर्म हो ।"
- विद्यालय परिवार

विद्यार्थीहरूमा वातावरणीय चेतना, प्राकृतिक स्रोत संरक्षण, सरसफाइ तथा हरित विद्यालयको अवधारणालाई व्यवहारमा उतार्ने उद्देश...
10/05/2026

विद्यार्थीहरूमा वातावरणीय चेतना, प्राकृतिक स्रोत संरक्षण, सरसफाइ तथा हरित विद्यालयको अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यले हाम्रो यस भानु सेकेण्डरी इङ्गलिस बोर्डिङ्ग स्कूलमा श्री सन्दीप थापाको अध्यक्षतामा १५ सदस्सीय Eco Club गठन सम्पन्न गरियो । नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !
“हरित वातावरण, स्वस्थ जीवन”
— विद्यालय परिवार

विद्यार्थीहरूमा नेतृत्व विकास, रचनात्मक क्षमता अभिवृद्धि, बाल अधिकारको संरक्षण, सहभागितामूलक सिकाइ तथा जिम्मेवारी बोधको ...
10/05/2026

विद्यार्थीहरूमा नेतृत्व विकास, रचनात्मक क्षमता अभिवृद्धि, बाल अधिकारको संरक्षण, सहभागितामूलक सिकाइ तथा जिम्मेवारी बोधको विकास गर्ने उद्देश्यले यस भानु सेकेण्डरी इङ्गलिस बोर्डिङ्ग स्कूलमा श्री गृष्मा थापाको अध्यक्षतामा ११ सदस्सीय बाल क्लब गठन सम्पन्न गरियो । नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !
“आजको बाल सहभागिता, भोलिको सक्षम नेतृत्व”
विद्यालय परिवार

आज मे ८ विश्व रेडक्रस दिवसको अवसरमा यस भानु सेकेण्डरी इङ्गलिस बोर्डिङ्ग स्कूल चन्द्रकोट ३ गुल्मीमा शिक्षक तथा विद्यार्थी...
08/05/2026

आज मे ८ विश्व रेडक्रस दिवसको अवसरमा यस भानु सेकेण्डरी इङ्गलिस बोर्डिङ्ग स्कूल चन्द्रकोट ३ गुल्मीमा शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागितामा वृक्षारोपण तथा सरसफाई कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सेवा, अनुशासन, स्वच्छता र वातावरण संरक्षणप्रतिको जिम्मेवारीलाई व्यवहारमा उतार्ने यस अभियानमा सहभागी सम्पूर्णमा हार्दिक धन्यवाद !

Happy International Labour Day! We wish..... strength, dignity and success to all hardworking people who build and shape...
01/05/2026

Happy International Labour Day!
We wish..... strength, dignity and success to all hardworking people who build and shape our world every day.

Happy Buddha Purnima!
01/05/2026

Happy Buddha Purnima!

29/04/2026

भर्ना सम्बन्धि सुचना!
भानु सेकन्डरी इङ्गलिस बोर्डिङ्ग स्कूल २०४५ सालमा गुल्मी जिल्लाको शान्तिपुर बजारसंगैको हर्ऱाचौरमा (हाल, चन्द्रकोट-३, हर्ऱाचौर, गुल्मी) मा ३५ जना विद्यार्थी र ७ जना कर्मचारीहरूका साथ स्थापना गरिएको थियो। प्रारम्भमा पूर्व प्राथमिक तह मात्र सञ्चालन गरिएको यो विद्यालय हाल कक्षा १० सम्म समय सापेक्ष गुणस्तरीय, सिपमुलक तथा संस्कार सहितको शिक्षा प्रदान गर्ने प्रतिष्ठित विद्यालयको रुपमा स्थापित रहेको छ। स्थापना कालदेखि नै गुणस्तरीय शिक्षाको उज्यालो फैलाउने उद्देश्यका साथ लागि परेको यो विद्यालय, जस्तोसुकै परिस्थितिमा पनि यस भेगमा शिक्षा क्षेत्रमा निरन्तर योगदान पुर्‍याउदै आइरहेको छ र पुर्‍याउदै रहनेछ । स्व-प्रेरित र दृढ सङ्कल्पित अनुभवी शिक्षक समूहका स्पष्ट उद्देश्य र लक्ष्यमा यस विद्यालयमा बाल केन्द्रित अध्ययन अध्यापन हुने गर्दछ। शान्त वातावरणमा अवस्थित यस विद्यालय, बाल शुलभ तवरबाट विद्यार्थीहरुको समग्र विकासका लागि समर्पित रहेको छ । बालबालिकाको उज्जवल भविष्यका लागि गम्भिर तथा जिम्मेवार अभिभावकहरुले समयमा नै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं।
प्रधानाध्यापक
भानु सेकन्डरी इङ्गलिस बोर्डिङ्ग स्कूल
चन्द्रकोट–३, हर्राचौर, गुल्मी, लुम्बिनी, नेपाल
बिस्तृत जानकारिको लागि
सम्पर्क नम्बर :- 079-420035
9868257405
9749384824
9857064520
Whatsapp contact : 9868257405
https://bhanuboardingschool.edu.np/

Address

Gulmi Shantipur

32603

Opening Hours

Monday 09:30 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:30 - 17:00
Friday 09:30 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97779420035

Alerts

Be the first to know and let us send you an email when Bhanu Secondary English Boarding School - BSEBS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Bhanu Secondary English Boarding School - BSEBS:

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share