19/05/2026
हाम्रा विद्यार्थीहरूले लुम्बिनी बौद्ध विश्वविद्यालयमा आफ्नो उच्च शैक्षिक लक्ष्य हासिल गरिरहेका छन् भन्ने देख्न पाउँदा साँच्चिकै प्रेरणादायी लागेको छ। आदरणीय सुभाश कुमार लामा थिग्ङ (ज्याङ्छुव वोद्सेर) ज्वू विश्वविद्यालयको भोट बौद्ध अध्ययन कार्यक्रमअन्तर्गतको विभागका पहिलो ब्याचका विद्यार्थी हुनुहुन्थ्यो। उहाँले विश्वविद्यालयबाट BA तथा MA (MBBS) पूरा गर्नुभएको छ। उहाँले विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा श्री मजिल सुवेदी ज्यू को सुपरिवेक्षणमा आफ्नो MA शोधप्रबन्ध (Dissertation) (A Historical Study of the Origins and Comninuity of Kagyu Sub-Traditions in Bhot Buddhism)सम्पन्न गर्नुभएको छ। यस अवसरमा हामी सबैजना (शिक्षा समूह) सुभाश ज्यूलाई उहाँको शैक्षिक उपलब्धिको लागि हार्दिक बधाई ज्ञापन गर्दछौं र उहाँको भविष्य अर्थपूर्ण तथा सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं। साथै, यस शैक्षिक यात्रामा सहयोग गर्ने क्याम्पस तथा विश्वविद्यालय प्रशासन, जिम्मेवार शिक्षकहरू तथा सम्बन्धित सबै व्यक्तिहरूप्रति पनि हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।
भवतु सर्व मङ्गलम्।
20/03/2026
साधु साधु साधु!
अन्य शैक्षिक संस्थानहरूभन्दा भिन्न रूपमा, विश्वविद्यालय प्रायः आफ्नो अनुसन्धान र प्रकाशनमा पुर्याएको उल्लेखनीय योगदानका आधारमा पहिचान गरिन्छ। शिक्षा आधुनिक जीवन र समाज निर्माणको एक सशक्त माध्यम हो। विशेषगरी बौद्ध अध्ययनको क्षेत्रले बौद्धिक तथा नैतिक क्षमताको विकास गर्दै व्यक्तिलाई मात्र होइन, समग्र समाजलाई नै सकारात्मक रूपान्तरणतर्फ उन्मुख गराउँछ। विद्यार्थीहरूको क्षमताको अभिवृद्धि गर्ने तथा बुद्धका अमूल्य शिक्षाहरूलाई विश्वभर प्रसार गर्ने प्रमुख उद्देश्यका साथ, लुम्बिनी बौद्ध विश्वविद्यालयका भोट बौद्ध विद्यार्थीहरू ‘ज्ञानोद्यान’ नामक विद्यार्थी-पत्रिकाको प्रकाशनमा निरन्तर सक्रिय र प्रतिबद्ध रूपमा संलग्न रहँदै आएका छन्। यस पत्रिकाको चौथो संस्करण प्रकाशनको सुखद अवसरमा, सम्पादकीय टोली तथा सम्पूर्ण योगदानकर्ताहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। तपाईंहरूको अथक परिश्रम र समर्पणले आज सार्थकता प्राप्त गरेको छ। साथै, निरन्तर मार्गदर्शन र अमूल्य सहयोग प्रदान गर्नुहुने विश्वविद्यालय प्रशासनप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।
बुद्धभूमिबाट ज्ञानको ज्योतिले सम्पूर्ण विश्वलाई आलोकित बनाओस्।
भवतु सर्व मंगलम्!
10/02/2026
लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तरगत भोट बौद्ध अध्ययनका पहिलो विद्यार्थीकोरुममा पाल्नु भएको प्रिया विद्यार्थीहरुले भोट बौद्ध अध्ययनमा स्नातक को पढाई सफलतापूर्वक सुसम्पन्न गर्नु भएका यस ऐतिहासिक अवसरमा केही शब्द साझा गर्न पाउँदा अत्यन्तै खुशी लागेको छ। यो कार्यक्रम लुम्बिनी बौद्ध विश्वविद्यालयमा मात्र होइन, बुद्धका जन्मभूमि नेपालकै सम्पूर्ण शैक्षिक इतिहासमा पहिलो पटक नै हो, जसप्रति हामी सबैले गौरव महसुस गर्दछौँ। यद्यपि यो औपचारिक विश्वविद्यालय दीक्षान्त समारोहअगाडि आयोजना गरिएको एक अनौपचारिक तथा प्रतीकात्मक कार्यक्रम हो, तथापि यसले लुम्बिनी बौद्ध विश्वविद्यालयको इतिहासमा एक महत्वपूर्ण कोशेढुङ्गाको रूपमा स्थान ओगट्ना सफल भएको छ।
बौद्ध अध्ययनमा शैक्षिक अनुसन्धान र अध्ययनको अत्यन्तै व्यापक सम्भावना रहेको छ। त्यसैले स्नातक विद्यार्थीहरूले एम.ए. उपाधि प्राप्तिलाई आफ्नो अध्ययनको अन्तिम बिन्दुका रूपमा लिनु हुँदैन। बौद्ध दर्शनको प्रभाव आज (फेरि) विश्वभर फैलिँदै गएको छ र पहिलेभन्दा अझ बढी सान्दर्भिक बन्दै गएको छ, जसका कारण दक्ष, विद्वान् तथा अनुभवी बौद्ध अध्येताहरूको आवश्यकता बढ्दो छ। त्यसकारण, बौद्ध सिद्धान्तअनुसार सबै प्राणीहरूको कल्याण र सुखका लागि आफ्नो शैक्षिक यात्रा निरन्तर अगाडि बढाउन स्नातकहरूलाई प्रोत्साहित गरिन्छ। यस क्षेत्रको व्यापक सम्भावनालाई दृष्टिगत गर्दा आगामी दिनहरूमा धेरै अवसरहरू प्रतीक्षारत छन्, र विश्वविद्यालयीय पाठ्यक्रमको समाप्तिलाई बौद्ध अध्ययनको अन्त्यका रूपमा कहिल्यै पनि बुझिनु हुँदैन भन्दै यहाँहरुलाई पुनश्च धैरै धैरै बधाई तथा शुभकामना का सात ‘बहुजन हिताय र बहुजन सुखाय’ को निमित्त सुस्वास्थ्य र धीर्घायुको कामना छ। भवतु सर्व मंगलम्!
02/01/2026
आज मिति २०८२ पौष १८ (2nd Jan 2026) महापरिनिर्वाणको शुभ अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत बौद्ध अध्ययन संकाय र भोट बौद्ध अध्ययन विभागको सहकार्यमा धर्मराज साक्य पण्डित (११८२-१२५१) प्रति समर्पित वार्षिक परिनिर्वाण दिवस आयोजना गरियो। यस कार्यक्रमको उद्देश्य समग्र बौद्ध धर्म-दर्शन, विशेष गरि भोट बौद्ध परम्परा अन्तरगत साक्य बैद्ध परम्पारको इतिहासमा साक्य पण्डित (कुन्गा गेल्छेन) को जीवन, बौद्धिक उपलब्धि तथा दीर्घकालीन प्रभावको स्मरण र सम्मान गर्नु थियो।
गोष्ठी को उद्घाटन परम्परागत विधिअनुसार साक्य पण्डितको तस्बिरको विधिवत् स्थापना, खाता अर्पण तथा दीप प्रज्वलनबाट गरियो, जुन श्रद्धा, प्रज्ञा र धर्मको अविच्छिन्न परम्पराको प्रतीक मानिन्छ। कार्यक्रमको अध्यक्षता बौद्ध अध्ययन संकायका डिन डा. मणिक रत्न शाक्यले गर्नुभयो भने प्रमुख अतिथिका रूपमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति माननीय प्रा. डा. सुवर्णलाल बज्राचार्यको गरिमामय उपस्थिति रहेको थियो। साथै प्रा. अरविन्द कुमार सिंह (ICCR Chair), डा. ङिमा शेर्पा, डा. शारदा पौडेल, डा. निर बहादुर गुरुङ, डा. फणिन्द्र न्यौपाने, भिक्षु वजीर, गेशे येशी दोर्जे, खेन्पो फुर्पा, गेशे जम्पा रिग्जिन, तथा खेन्पो कर्म ठिन्ले लगायतका विशिष्ट विद्वान्, भिक्षु–भिक्षुणी, विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप समृद्ध बनायो थियो। कार्यक्रम दुई चरणमा विभाजित गरेर पहिलो शैक्षिक कार्यक्रम धर्मराज साक्य पण्डितको जीवनी र वहाँले बौद्ध परम्परामा गर्नु भएको योगदानमा आधारित थियो र दोस्रो कार्यक्रम दीप प्रज्वलन। गोष्ठीको प्रमुख शैक्षिक आकर्षणका रूपमा इन्द्रप्रसाद काफ्ले ज्यू ले महापरिनिर्वाणको सैद्धान्तिक महत्त्वबारे प्रस्तुत गर्नुभएको विषयगत प्रवचन रहेको थियो। छलफलका क्रममा साक्य परम्पराले प्राचीन भारतीय बौद्ध धरोहर विशेषतः नालन्दा महाविहार शास्त्रीय परम्परालाई वादविवाद, ग्रन्थ संरक्षण तथा ध्यान अभ्यासका अनुशासित प्रणालीमार्फत संरक्षण गरेको ऐतिहासिक भूमिकामाथि प्रकाश पार्नु भयो। गुरु पद्मसम्भव, महागुरु विमलमित्र, शान्तरक्षित र कावा पाल्त्सेकद्वारा स्थापित आगम र अधिगम परम्पराको निरन्तरता तथा निङ्मा प्राचीन परम्परा र साक्य परम्पराका मूल अभ्यासहरूसँगको गहिरो सामञ्जस्यलाई विशेष रूपमा उल्लेख गरियो।
विद्वत् छलफलका क्रममा महासिद्ध विरूपाको परम्परागत शिक्षालाई पनि विश्लेषण गरियो, जसलाई साक्य साधनाको सारतत्त्व का रूपमा लिइन्छ। साथै वज्रयोगिनी तथा नारोपाका शिक्षाहरूको समन्वयलाई शाक्य महापण्डितद्वारा व्यवस्थित संरक्षण र प्रस्तुतीकरण गरिएको सन्दर्भमा, अतिशा परम्पराको लो जोंग (चित्त प्रशिक्षण) शिक्षासँगको सम्बन्धलाई स्पष्ट पार्नु भयो।
गोष्ठीमा साक्य परम्परा अन्तर्गत बौद्ध धर्मको ऐतिहासिक तथा भौगोलिक विस्तारबारे पनि चर्चा गरियो। यस क्रममा पञ्चशीर्ष पर्वत (पाँच पवित्र शिखर) सँगको सम्बन्ध तथा मंगोलिया, रूसी बुर्यातिया, काल्मिकिया, साथै नेपाल र भारतका ट्रान्स–हिमाली क्षेत्रहरूमा साक्य परम्पराको सांस्कृतिक र सैद्धान्तिक प्रभावलाई विशद् रूपमा प्रस्तुत गर्नु भयो।
शैक्षिक सत्रअन्तर्गत भिक्षु ङिमा साङ्ग्येले “साक्य पण्डितको जीवनी तथा उनको विरासतको महत्त्व” विषयमा र भिक्षु ङवाङ् पासाङले “साक्य पण्डितको विशिष्टता” विषयमा शोधपत्र प्रस्तुत गर्नुभयो। प्रस्तुतिपछि गहन विद्वत् छलफल सम्पन्न भयो। प्रस्तुतकर्ताहरूको शैक्षिक योगदानको कदरस्वरूप मैत्रीका प्रतीकस्वरूप सम्मान प्रदान गरियो। कार्यक्रमको समापन बौद्ध अध्ययन संकायका डिन डा. मणिकरत्न शाक्यद्वारा प्रस्तुत धन्यवाद ज्ञापनमार्फत गरियो, जसमा विश्वविद्यालयको बौद्ध दार्शनिक तथा बौद्धिक परम्पराको संरक्षण र प्रवर्द्धनप्रतिको संस्थागत प्रतिबद्धता पुनः पुष्टि गर्नु भयो साथै लु.वि.वि.को केन्द्रीय क्यापसको प्रारंगण स्थित प्रज्ञा स्तूपमा आयोजना हुने गुरु पूजा तथा मर्मे मोनलाम (दीप प्रणीदान) को घोषणा गर्दै सहभागी सबैलाई सहभागी हुन आमन्त्रण गरियो।
समग्रमा, यो कार्यक्रम एक अर्थपूर्ण शैक्षिक तथा आध्यात्मिक श्रद्धाञ्जलीका रूपमा स्थापित भयो, जसले बौद्ध दर्शन, अन्तर–परम्परागत सौहार्द तथा व्यापक ट्रान्स–हिमाली सांस्कृतिक र बौद्धिक इतिहासमा धर्मराज साक्य पण्डितको कालजयी महत्त्वलाई पुनः पुष्टि गर्यो।
15/12/2025
मिति २०८२मंसिर २८ गते तदानुसार सन् २०२५ डिसेम्बर १४ तारिखका दिन भोट बौद्ध अध्ययन कार्यक्रम अन्तरगतका विद्यार्थीहरुले जे-चोङ्खापा-लोजाङ्ड्रकपा को परिनिर्वाण दिवस मनाएको छ। जे-चोङ्खापा भोटको एक महान् बौद्ध विद्वान हुनुहुन्थ्यो र उहाँ १४औँ शताब्दीमा भोट बौद्ध परम्परा भित्र गेलुग परम्परा का संस्थापक पनि हुनुहुन्थ्यो। भोट बौद्ध अध्ययन कार्यक्रमले भोट बौद्धको चार परम्पराका बाट एक जना विद्वानको परिनिर्वाण दिवस मनाउँदै आइ रहेको छ। यस कार्यक्रमको आयोजक भोट बौद्ध अध्ययन अन्तरगतका भिक्षु- भिक्षिणी कल्याण संघहो जसको पहलमा कार्यक्रम सफल भएकोछ। यस अवसरमा जे-चोङ्खापा (जे-रिन्पोछे) को बौद्ध शिक्षामा योगदान र जीवनीसँग सम्बन्धित, भोट र अग्रेजी भाषामा, दुईवटा फरक् फरक् सत्रहरू आयोजना गरिएको छ। कार्यक्रमको प्रमुक अतिथिको रुपमा विश्व विद्यालाको उपाकुलपति प्रो. डा. सुवर्णलाल बज्रचार्य ज्यू, ICCR chair प्रो. डा. अर्विन सिंह, पूर्व क्याम्पस प्रमुख, वर्तमान क्याम्पस प्रमुख, प्रशासन अधिकृत, र अन्य विश्वविद्यालयका शिक्षा र कर्मचारीहरु र विद्यार्थीहरु को उपस्थिति थियो। शैक्षिक प्रस्तुति पश्चात क्यामपसको प्राङ्गणमा रहेको प्रज्ञा स्तूप परिसरमा पूजा-पाठ र दीप प्रज्वलन गरि कार्यक्रम समापन गरियो।
24/11/2025
लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय क्यापसमा शाङ्पा रिन्पोचेको भ्रमण
लुम्बिनी बौद्ध विश्वविद्यालय नेपालकै एकमात्र बौद्ध विश्वविद्यालय (LBU) ले आज प्रतिष्ठित बौद्ध योगी शाङ्पा रिन्पोचेलाई आत्मीय स्वागत गर्दै विश्वविद्यालयका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
मुक्तिनाथ–चुमिग ग्यात्सा क्षेत्रहरु सँग गहिरो रूपमा सम्बद्ध शाङ्पा रिन्पोछेको जन्म नेपालको डोल्पा जिल्लाना भए पनि वहाँका अघिल्लो अवतार उन्नाइसौं शताब्दीको अन्त्यतिर भोटको ताशिल्हुनपो नजिक जन्मिएका थिए र भोट बौद्ध काग्यु परम्पराका प्रमुख १५औँ ग्याल्वा कर्मापा काक्यब दोर्जे (१८७१–१९२२) का शिष्य थिए। लामो ध्यान–साधनापछि रिन्पोछे हिमाली क्षेत्रमा भ्रमण गरी भोट–नेपाल सिमावर्ती भूभागमा बौद्धधर्म पुनर्जागरणका लागि समर्पित भए। उनले नेपालका हिमाली क्षेत्रहरूमा धेरै महत्वपूर्ण गुम्बाहरु पुनर्निर्माण गरे, जसमा ताराकोट नजिकको प्रसिद्ध सन्दुल गुम्बा प्रमुख उदाहरण हो। साथै, मुक्तिनाथ–छुमिग ग्यात्सा क्षेत्र नजिक उनले एउटा ननरी (बौद्ध ननहरूको मठ) पनि स्थापना गरेका छन्। पोखारा र कठमाण्डौ आति स्थान हरुना रिन्पोछेको बौद्ध अध्ययन केन्द्रहरु रहेकोछ।
रिन्पोछेको यो भ्रमण भोट बौद्ध अध्ययन विभागका विभागाध्यक्ष डा. ङिमा शेर्पाको समन्वयमा सम्पन्न भयो। विश्वविद्यालयका स्नातक, स्नातकोत्तर तथा पीएचडी तहका कार्यक्रमहरूको प्रवर्द्धन तथा शैक्षिक साझेदारी विस्तार यसको प्रमुख उद्देश्य थियो।
अन्तरक्रिया कार्यक्रम बौद्ध अध्ययन संकायका डीनको कार्यालयमा सम्पन्न भयो। कार्यक्रमको सुरुमा डा. मानिक रत्न शाक्य, डीन, ले परम्परागत खाता अर्पण गर्दै रिन्पोछेको स्वागत गरे। डा. शाक्यले LBU को इतिहास र उद्देश्यबारे संक्षिप्त जानकारी दिए भने क्याम्पस प्रमुख दयानिधि गौतमले BA in Buddhist Studies, Bachelor in Geshe Buddhist Studies, Bachelor in Bhot Buddhist Studies, MA in Theravada Buddhism लगायत विश्वविद्यालयका प्रमुख शैक्षिक कार्यक्रमहरूबारे विस्तृत प्रकाश पारे।
त्यसैगरी, इन्द्र प्रसाद काफ्लेले विश्वविद्यालयका कार्यक्रमहरूलाई हिमाली बौद्ध समुदायमा प्रचार–प्रसार गर्नुपर्ने आवश्यकता औंल्याए। डा. शाक्यले रिन्पोछे लाई विश्वविद्यालयका कार्यक्रमहरू आफ्ना भक्तजन र अनुयायीहरूबीच प्रवर्द्धन गरिदिन तथा छात्रवृत्ति सहयोगका लागि पनि अनुरोध गरे।
रिन्पोछेलाले आफ्नो आध्यात्मिक अभ्यास, कार्य तथा अनुभवबारे संक्षिप्त चर्चा गर्दै LBU ले बौद्ध शिक्षा प्रवर्द्धनमा गरिरहेको महत्वपूर्ण भूमिकाको प्रशंसा गरे। उनले LBU का कार्यक्रमहरू प्रवर्द्धन गर्न सकेसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा डा. मानिक रत्न शाक्य, डा. इन्द्र प्रसाद काफ्ले, दयानिधि गौतम, डा. ङिमा शेर्पा, गेशे दोर्जे, खेन्पो, फुर्पा शेर्पा, कर्मा तामाङ, कमल थापा, नेशन श्रेष्ठ, नीरा गौतम, सविता घिमिरे, सञ्जु भण्डारी तथा भोट बौद्ध अध्ययनका अन्य शिक्षाहरु उपस्थिति रहेको थियो।
शाङ्पा रिन्पोचेको यो भ्रमणले विश्वविद्यालयको बौद्ध शैक्षिक क्षेत्रमा अग्रणी भूमिकालाई सुदृढ गर्दै हिमाली बौद्ध गुरुहरूसँगको सम्बन्ध थप प्रगाढ बनाएको छ।
21/11/2025
Warm Welcome to Lumbini Buddhist University. We wish for your successful academic journey and bright and peaceful future. Bhavatu Sarva Mangalam!
12/11/2025
འབྲེལ་ཡོད་ཀུན་གྱི་སྤྱན་ལམ་དུ་ཞུ་རྒྱུ་ནི་ལུམྦི་ནཱི་ནང་པའི་གཙུག་ལག་སློབ་གྲྭ་ཆེན་མོའི་བོད་བརྒྱུད་སྡེ་ཚན་དུ་བསྟན་བཅོས་འཛིན་གྲྭར་དམིགས་ཤིང་ད་ལོའི་བྲིས་རྒྱུགས་བཏང་ཐོག་མཐོ་སློབ་ཏུ་ཚུད་པ་ལྷན་རྒྱས་ཡོངས་ལ་དང་པོ་དགའ་དད་གུས་གསུམ་གྱིས་འཚམས་འདྲི་དགའ་བསུ་གྲངས་མེད་ཞུ་རྒྱུ་དང་། སྤྱི་ཟླ་བཅུ་གཅིག་པའི་ཚེས་༢༡ ནས་འཛིན་གྲྭ་དངོས་སུ་དབུ་འཛུགས་རྒྱུ་ཡིན་པས་འབྲེལ་ཡོད་ཀུན་གྱིས་ཐུགས་སྣང་གནང་རོགས་ཞེས་འབོད་སྐུལ་ཡང་ཞུ་རྒྱུ་ཡིན། གཞན་ཡང་མཐོ་སློབ་འདིར་ཕེབས་ཤིང་བོད་བརྒྱུད་ནང་བསྟན་ཁོངས་གཏོགས་བསྟན་བཅོས་འཛིན་གྲྭར་འཛུལ་འདོད་ཡོད་པའི་ཕོ་མོ་གྲྭ་བཙུན་གསར་ཞུགས་པ་རྣམས་དམིགས་ཤིང་ད་དུང་བདུན་ཕྲག་གཉིས་ཙམ་གྱི་རིང་འཛུལ་ཞུགས་ཀྱི་ཡིག་ཚད་གཏང་ཆོག་པའི་གསལ་བརྡའང་བྱེད་བཞིན་ཡོད། Both BGBS and BBBS are in the notice
07/11/2025
Notice for entrance exam at Central Campus - LBU