17/03/2022
बिशेष अभिभावकहरुको लागि अनुरोध
------------------------------------------------
१, बेलुका ८:००बजे-सम्ममा टिभी बन्द गर्नुहोस् । टिभिमा ८ बजे भन्दा पछाडि आफ्नो बच्चा भन्दा महत्त्वपूर्ण केही आउँदैन ।
२, आफ्नो बच्चाको स्कुलको कापी किताब हेर्नको लागि ३०/४५ मिनेट समय निकाल्नुहोस ! उसको गृहकार्य पूरा गराउनुहोस् ।
३, दैनिकी सबै बिषयको कापी हेर्नुहोस् त्यस बिषयको खास ध्यान दिनुहोस् जसमा ऊ राम्रो गरिरहेको छैन ।
४, बच्चाको आधारभूत शिक्षा भबिश्यको लागि अति महत्त्वपूर्ण हुन्छ ।
५, बच्चालाई रातको १० बजे सुत्न र बिहान ६ बजे उठ्नको लागि बानि बसाल्नुहोस् ।
६, यदि तपाईं कुनै पार्टी/सामाजिक कार्यमा बच्चाको साथमा जानुहुन्छ भने धेरै रातसम्म घर फर्कनुहुदैन भने भोलिपल्ट बच्चाहरूलाई आराम गर्न दिनुहोस् ( स्कुल नपठाउनुहोस् ) यदि तपाईं भोलि बच्चा स्कुल पठाउन चाहनुहुन्छ भने रातको १० बजेभित्र घर फर्कनुहोस ।
७, आफ्नो बच्चालाई बिरुवा लगाउन र उसलाई हेरचाह गर्नको लागि बानी बसाल्नुहोस ।
८, सुत्ने समय आफ्नो बच्चालाई पृथ्वीनारायण,भिमसेन,अम्बर सिंह थापा, बलभद्र कुवर जस्ताको जिबनी गाथा सुनाउनुहोस् ।
९, हरेक बर्ष गर्मी वा जाडोको छुट्टीमा (आफ्नो गक्ष अनुसार) कहि घुमाउन लानुहोस् । यसले उनीहरुको भिन्दै मान्छेको साथ नयाँ ठाउँमा बस्न सिक्छ्न ।
१०, आफ्नो बच्चाको प्रतिभाको पत्ता लगाउनुहोस् । र उसलाई तिखार्न साहायता गर्नुहोस् । बच्चा कुनै बिषय संगित, खेल, अभिनय , चित्रकला, नृत्य , आदिमा रुचि राख्न सक्छन् यसले उनीहरुको जीवन रमाइलो बनाउछ ।
११, बच्चालाई प्लास्टिक प्रयोग नगर्नको लागि सिकाउनुहोस । तातो खाना र पानी प्लास्टिकमा प्रयोग नगर्नको लागि भन्नुहोस् ।
१२, भान्साकोठामा खाना बनाउने समय जो यस्तो होस् बच्चाले मन पराऊन् । उनीहरुलाई खाना बनाउनको लागि आफुलाई सहयोग गर्नको लागि भन्नुहोस्, बच्चाहरुलाई राम्रो लाग्ने छ ।
१३, प्रत्येक बच्चा जन्मदा नै बैज्ञानिक हुन्छन् । उनीहरु सँग धेरै प्रश्न हुन्छन् , यो सबै प्रश्नको जवाफ हामी दिन सक्छौं । हामी सचेत हुनुपर्छ बच्चाको प्रश्नमा रिसाउनु हुँदैन । उसको प्रश्नको जवाफ तुरुन्त दिनुहोस् । जवाफ थाहा छैन भने सोधपुछ गरेर दिनुहोस् ।
१४, बच्चालाई अनुशासन र बाँच्नको लागि राम्रो तरिकाले भन्नुहोस् । ( सहि र गलत व्याख्या गर्नुहोस् )
शाभार