29/04/2026
नयाँ शैक्षिक कार्ययोजना: २१ गतेदेखि नयाँ उचाइमा!
वैशाख २ गतेदेखि शैक्षिक सामग्री निर्माण र भर्ना अभियानमा खटिएको विद्यालय परिवार अब अर्को महत्त्वपूर्ण चरणमा प्रवेश गर्दैछ। घरदैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै अब हामी विद्यार्थीहरूको सृजनात्मक प्रतिभा (Creative Talent) प्रस्फुटनका लागि २१ गतेदेखि विशेष सक्रियताका साथ अघि बढ्नेछौँ।
हाल विद्यालयमा शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन आवश्यक शैक्षिक सामग्रीहरू निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। विद्यार्थी भाइबहिनीहरू, हामी तपाईंहरूको स्वागतका लागि पूर्ण तयारीका साथ पर्खिरहेका छौँ।