01/04/2025
25 × 25 को योगफल 625 हुन्छ भनेर म 3 सेकेन्डमा लेख्न र भन्न सक्छुं।
त्यस्तै, 87 × 83 = 7221 हुन्छ भनेर पनि म बढिमा 3 सेकेन्डमै लेख्न र भन्न सक्छुं।
तपाइंहरु पनि मैले जस्तै गर्नसक्न चाहनुहुन्छ भने 2 मिनेट यहाँ ध्यान केन्द्रित गर्नुस :
25 × 25 को हकमा : दायां तर्फका 5 र 5 लाई सिधै गुनण गरेर 25 निकाल्नुस
बायाँ तर्फका दुइमध्ये एउटा 2 मा 1 थपेर 3 बनाई त्यसलाई अर्को 2 ले गुनणगरि 6 निकाल्नुस।
यिनिहरुलाई संगै मिलाएर राख्दा 625 हुन्छ।
त्यस्तै, 87 × 83 को हकमा : दायाँ तर्फका 7 र 3 लाई सिधै गुनण गरेर 21 निकाल्नुस
बायां तफर्का दुइमध्ये एउटा 8 मा 1 थपेर 9 बनाई त्यसलाई अर्को 8 ले गुनणगरी 72 निकाल्नुस।
यिनिहरुलाई संगै मिलाएर राख्दा 7221 हुन्छ।
हेक्का रहोस, दायाँ तर्फका अंकहरु जोड्दा 10 हुने र बायां तर्फका अंकहरु उही हुने दुई अंकका सबै संख्याहरुको गुनणमा यो नियम लागू हुन्छ, जस्तै : 45× 45, 95 × 95, … 74 × 76, 83 × 87…आदि।