07/03/2026
पहिलोपल्ट लाग्दै होला डर के हो?
यो हार मात्र हो भने यो अन्तर के हो?
हाम्रा घाउहरू नहेरेर बाटो काट्थ्यौ,
अब तिम्रो घाउको बाँकी सफर के हो?
धरातल बिर्सिएर हिँड्नुहुन्थ्यो हजुर,
थाहा भयो नि जनताको कदर के हो।
लंका जलाउने हनुमानलाई सोधे हुन्छ,
हेपाइ के हो ? गर्वको पुच्छर के हो ?
थोरै थपघटको अर्थ मैले बुझेको थिएँ,
हजुरले बुझाइदिनु भयो दोब्बर के हो ।
प्रदीप रोदन
गोरखा