Learn Nepal Today

Learn Nepal Today

Share

Learn Nepal Today

30/05/2026

काठमाडौं महानगर छात्रवृत्ति परीक्षा: २६ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का लागि भाेली जेठ १७ गते छात्रवृत्ति छनोट परीक्षा सञ्चालन गर्ने भएको छ। यस वर्ष २६,८८८ आवेदनमध्ये २६,६८० विद्यार्थी योग्य भएका छन् भने २०८ आवेदन अस्वीकृत भएका छन् ।

परीक्षा ८३ वटा केन्द्रमा सञ्चालन हुनेछ। प्रवेशपत्र अनिवार्य रूपमा रंगीन प्रिन्ट गर्नुपर्ने व्यवस्था गरिएको छ ।

शिक्षा अधिकृतका अनुसार परीक्षा प्रक्रिया पूर्ण रूपमा पारदर्शी र निष्पक्ष बनाउन सबै तयारी पूरा गरिएको छ । विद्यार्थीहरूले महानगरको आधिकारिक पोर्टलबाट प्रवेशपत्र डाउनलोड गर्न सक्नेछन् ।

योग्यता क्रम र म्याचिङ लिस्टका आधारमा छात्रवृत्ति सिफारिस गरिनेछ। छनोट भएका विद्यार्थीहरूले कक्षा ११ र १२ मा कुनै पनि शैक्षिक शुल्क तिर्नु पर्दैन ।

30/05/2026

शिक्षामा फेरि घट्यो सरकारी प्राथमिकता !

कूल बजेटको केवल १०.२७% मात्र शिक्षाका लागि विनियोजन गरिएको छ। अन्तर्राष्ट्रिय प्रतिबद्धता २०% भए पनि शिक्षा बजेट लगातार घट्दो क्रममा छ ।

२ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ छुट्याइए पनि यसको ठूलो हिस्सा तलबभत्तामै खर्च हुने देखिन्छ । प्रश्न उब्जिएको छ, के यसले नेपालको शिक्षा क्षेत्रमा अपेक्षित परिवर्तन ल्याउन सक्ला ?

🎥 शिक्षा बजेटका मुख्य तथ्य, नयाँ कार्यक्रम र यसको प्रभावबारे विस्तृत जानकारीका लागि Reel हेर्नुहोस् ।

EducationPolicy

30/05/2026

नेपालका खेलकुदप्रेमीका लागि ठूलो खबर!

सरकारले खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ। ३ वर्षभित्र १० वटा फ्लडलाइटसहितका फुटबल रंगशाला, ५ वर्षभित्र ८ प्रमुख सहरमा आधुनिक क्रिकेट रंगशाला, आवासीय तालिमको व्यवस्था र अन्तर्राष्ट्रिय पदक विजेतालाई आजीवन निःशुल्क स्वास्थ्य सुविधा!

यी सबै योजनाको विस्तृत जानकारी जान्न चाहनुहुन्छ?

🎥 पूरा जानकारीका लागि यो Reel अन्तिमसम्म हेर्नुहोस्!

Budget2083 NepalYouth SportsDevelopment

30/05/2026

नेपालका खेलकुदप्रेमीका लागि ठूलो खबर !

सरकारले खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ । ३ वर्षभित्र १० वटा फ्लडलाइटसहितका फुटबल रंगशाला, ५ वर्षभित्र ८ प्रमुख सहरमा आधुनिक क्रिकेट रंगशाला, आवासीय तालिमको व्यवस्था र अन्तर्राष्ट्रिय पदक विजेतालाई आजीवन निःशुल्क स्वास्थ्य सुविधा !

यी सबै योजनाको विस्तृत जानकारी जान्न चाहनुहुन्छ ?

🎥 पूरा जानकारीका लागि यो Reel अन्तिमसम्म हेर्नुहोस् !

25/05/2026

🐶📚
सिक्किमको टोक्ची प्राथमिक पाठशाला मा विद्यार्थीहरूसँगै प्रार्थनामा सहभागी हुँदै ‘भाइ’ नामको कुकुर ।
विद्यालयको अनुशासन र बालबालिकासँगको आत्मीय सम्बन्धले यो दृश्यलाई अझ विशेष बनाएको छ । ❤️
पछिल्लो समय सामाजिक सञ्जालमा यो भिडियो निकै भाइरल बनेको छ, जहाँ ‘भाइ’ को मासूम उपस्थितिले धेरैको मन जितिरहेको छ । 🙏🐾
BhaiDog

24/05/2026

खोला मिच्नेहरूमाथि कारबाही !

पोखराको फिर्के खोला आसपास अतिक्रमण गरी निर्माण गरिएका संरचनामाथि महानगरले डोजर चलाएको छ ।
खोला क्षेत्र संरक्षण, बाढी जोखिम न्यूनीकरण तथा सार्वजनिक जग्गा व्यवस्थापनलाई लक्षित गर्दै अभियान अघि बढाइएको बताइएको छ । 🚜

24/05/2026

अब प्रविधिसँगै अघि बढ्दै विकास!

दुर्गम क्षेत्रमा निर्माण सामग्री पुर्‍याउन नयाँ विकल्प, ड्रोनमार्फत अरूण हाइड्रोपावरको सामान ढुवानी सुरु।
जहाँ सडक पुग्न कठिन छ,
त्यहाँ अब आकाशमार्गबाट सेवा। 🌤️

यसले समय बचत, लागत नियन्त्रण र तीव्र निर्माण कार्यमा ठूलो सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। 🇳🇵

23/05/2026

🍯 “डाबर मह” बजारबाट फिर्ता गर्न निर्देशन! 🚨

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपालको एक ब्याचको मह (Honey) बजारबाट फिर्ता गर्न आदेश दिएको छ। प्रयोगशाला परीक्षणमा “न्यूनस्तर” भेटिएपछि सम्बन्धित उत्पादन तत्काल बिक्री–वितरण रोक्न निर्देशन दिइएको हो।
⚠️ ब्याच नम्बर: NB00477
🍯 500 ग्राम प्याक
📅 उत्पादन मिति: डिसेम्बर 2025
साथै, “Magnesium Glycinate” नामक आहारपूरक उत्पादन दर्ता बिना बिक्री भइरहेको पाइए कानुनी कारबाही हुने चेतावनी पनि विभागले दिएको छ।
✅ उपभोक्ताले खरिद गर्दा उत्पादनको ब्याच नम्बर, गुणस्तर र दर्ता जानकारी अवश्य जाँचौं।

25/04/2026

प्याच्च के बोलेका थिए, युट्युबेले घेरिहाले । गाह्रो छ बोल्न पनि ।

Want your school to be the top-listed School/college in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Lalitpur