Dhamma Digital

Dhamma Digital Nepali Buddhism online free books store Theravada Buddhism in Modern Nepal

आज मिति 2082/11/10 Feb 22 आइतबार सम्पन्न भएको धम्मडिजिटल दिवस तथा पुस्तक विमोचन समारोहका के हि झलकहरु उपस्थिति हुनुभएको ...
22/02/2026

आज मिति 2082/11/10 Feb 22 आइतबार सम्पन्न भएको धम्मडिजिटल दिवस तथा पुस्तक विमोचन समारोहका के हि झलकहरु
उपस्थिति हुनुभएको सम्पूर्ण महानुभावहरुलाई साधुवाद।।।

हाम्रो यस dhammadigital संस्थाको अध्यक्ष श्रद्धये शुभवति गुरुमाको बुवा पोक्छे लामाको असमाहिक निधन भएको हुनाले हामी यस सं...
09/02/2026

हाम्रो यस dhammadigital संस्थाको अध्यक्ष श्रद्धये शुभवति गुरुमाको बुवा पोक्छे लामाको असमाहिक निधन भएको हुनाले हामी यस संस्थाको तर्फबाट दिबंगत बुवालाई सुगति सहित निर्वाण कामना गरी परिवारमा समवेदना सहित हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौ।।।

बर्माका महाशी सयादोको मूल लेखनमा भिक्षु ज्ञानपूर्णिकको नेपालभाषामा अनुदित पुस्तक संगिता धाख्वाले नेपाली भाषामा अनुवाद गर...
18/01/2026

बर्माका महाशी सयादोको मूल लेखनमा भिक्षु ज्ञानपूर्णिकको नेपालभाषामा अनुदित पुस्तक संगिता धाख्वाले नेपाली भाषामा अनुवाद गर्नुभएको महास्मृतिप्रस्थान सूत्र (पालि शब्दार्थ र अभिप्राय) हो । यस पुस्तकमा चार स्मृतिप्रस्थानका कायानुपस्सना (आनापान, इर्यापथ, सम्प्रजन्य, प्रतिकूल मनसिकार, धातुमनसिकार, नवसिवथिक पर्व), वेदनानुपस्सना, चित्तानुपस्सना र धम्मानुपस्सना (नीवरण, स्कन्ध, आयतन, बोध्याङ्ग, सत्य पर्व)का पालि शब्दार्थ र अभिप्राय व्याख्या गरिएको छ ।

बर्माका महाशी सयादोको मूल लेखनमा भिक्षु ज्ञानपूर्णिकको नेपालभाषामा अनुदित पुस्तक संगिता धाख्वाले नेपाली भाषा.....

म्यानमारका अग्गमहापण्डित लेदी सयादोद्वारा रचित पट्ठानुद्देसदीपनीलाई अनागारिका अग्गञाणीले नेपाली भाषामा अनुवाद गर्नुभएको ...
18/01/2026

म्यानमारका अग्गमहापण्डित लेदी सयादोद्वारा रचित पट्ठानुद्देसदीपनीलाई अनागारिका अग्गञाणीले नेपाली भाषामा अनुवाद गर्नुभएको हो । यस पुस्तकमा पट्ठानुद्देसलाई पच्चयत्थदीपनी, पच्चयसभागनय र पच्चयघटनानय शिर्षकहरूमा छुट्याएर वर्णन गरिएको छ । पच्चयत्थदीपनीमा २४ वटा प्रत्ययलाई प्रत्येकको अर्थ, अभिप्राय, प्रत्यय (कारण), प्रत्ययुत्पन्न (फल) र प्रत्यय शक्तिलाई व्याख्या गरिएको छ । त्यस्तै पच्चयसभागनयमा ५४ प्रकारका पट्ठानप्रत्ययहरूलाई तीनवटा कालमा विभाजन गरेर विस्तृतरूपले देखाइएको छ । त्यस्तै नै प्रत्ययघटनानयमा एउटा एउटा प्रत्ययुत्पन्न धर्ममा धेरै प्रत्ययहरू समावेश भएकोलाई देखाएको छ ।

म्यानमारका अग्गमहापण्डित लेदी सयादोद्वारा रचित पट्ठानुद्देसदीपनीलाई अनागारिका अग्गञाणीले नेपाली भाषामा अनु.....

साभार: बुद्धको संस्कृति र महत्व भिक्षु अश्वघोष
16/05/2025

साभार: बुद्धको संस्कृति र महत्व
भिक्षु अश्वघोष

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when Dhamma Digital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Dhamma Digital:

Shortcuts

Share