17/08/2025
EPS परिक्षाका लागि १ लाख ३ हजार जनाको आवेदन🇰🇷यसपटक दक्षिण कोरिया जानका लागि ईपीएस परीक्षा फाराम भर्नेहरुको संख्या करिब १ लाख ३ हजार पुगेको छ। तर, उत्तीर्ण हुने अनुमानित कोटा भने केवल ५,३०० मात्र रहेको छ।
जसमा म्यानुफ्याक्चरिङ क्षेत्रमा ३,५०० र कृषि क्षेत्रमा १,८०० जना समेटिएका छन्। ५,३०० जनाको मात्र माग रहँदा १ लाखभन्दा बढीले आवेदन दिनु नेपाली युवामाझ कोरियाली रोजगारप्रतिको आकर्षण मात्र होइन, देशभित्रको गम्भीर बेरोजगारी समस्याको प्रतिबिम्ब पनि हो।
परीक्षाको तालिका निकट भविष्यमै सार्वजनिक हुने बताइएकाले परीक्षार्थी उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन्। यससँगै, फाराम भर्ने क्रममा देखिएका नामसम्बन्धी त्रुटि तथा अन्य प्राविधिक समस्या पनि चाँडै समाधान हुने अपेक्षा गरिएको छ।