साहित्यकार ऋषिराम चापागाईं

  • Home
  • Nepal
  • Kusma
  • साहित्यकार ऋषिराम चापागाईं

साहित्यकार ऋषिराम चापागाईं Our Motto is to cater best education to students

हामी यता छौ है
23/06/2026

हामी यता छौ है

के साँच्चै अब हाम्रो पहाडका गाउँहरू खाली हुँदै गएका हुन्?कहिलेकाहीँ गाउँको बाटोमा हिँड्दा मनले एउटा प्रश्न सोध्छ - के सा...
17/06/2026

के साँच्चै अब हाम्रो पहाडका गाउँहरू खाली हुँदै गएका हुन्?

कहिलेकाहीँ गाउँको बाटोमा हिँड्दा मनले एउटा प्रश्न सोध्छ - के साँच्चै अब हाम्रो पहाडका गाउँहरू खाली हुँदै गएका हुन् ?

एक समय थियो, बिहान घाम नउदाउँदै गाउँका आँगनहरू मानिसको चहलपहलले भरिन्थे। गाईबस्तुको घण्टी बज्थ्यो, मेलापात जाने दिदीबहिनीहरूको हाँसो सुनिन्थ्यो, खेतबारीमा हलो जोत्ने किसानको पसिना बग्थ्यो। चाडपर्व आउँदा गाउँभरि रमाइलो हुन्थ्यो, घरघरमा धुवाँ उठ्थ्यो, बालबालिकाको हल्लाले डाँडाकाँडा नै गुञ्जिन्थे। तर आज त्यही गाउँमा पुग्दा दृश्य फेरिएको छ।

कतिपय घरका ढोकामा ताला झुन्डिएका छन्। कतै झ्यालका सिसा फुटेका छन्। कहिल्यै नसुक्ने भनिएका आँगनमा घाँस उम्रिएका छन्। एक समय हाँसोले भरिएका घरहरू अहिले सुनसान छन्। गाउँका पाटी, चौतारी, मेलापातका बाटाहरू सबैजसो एक्लिएका छन्। मानौँ ती बाटाहरू आज पनि
आफ्ना मान्छे फर्किने प्रतीक्षामा बसेका छन्। नेपालका हजारौं युवाहरू रोजगारी, पढाइ र राम्रो भविष्यको खोजीमा गाउँ छोडेर सहर वा विदेश गएका छन् । उनीहरूलाई दोष दिन पनि सकिँदैन। गाउँमा मेहनत गरेर पनि जीवन चलाउन गाह्रो छ। खेतीपातीको उचित मूल्य छैन। शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत सुविधाको अभाव छ। त्यसैले धेरैले बाध्य भएर आफ्नो जन्मथलो छोडेका छन् । सबैभन्दा दुःखलाग्दो कुरा त के छ भने, गाउँमा अब प्रायः बुबाआमा र हजुरबुबा-हजुरआमा मात्र बाँकी छन्। उनीहरू बिहान उठेर खाली घरतिर हेर्छन्। छोराछोरीका कोठाहरू सफा गर्छन्। कहिलेकाहीँ मोबाइलमा आएको एउटा फोन कुरेर दिन बिताउँछन्। दसैं-तिहार आउँदा "यसपालि आउँछ कि?" भन्ने आशा राख्छन्। तर धेरैको त्यो आशा वर्षोंसम्म पूरा हुँदैन।

कतिपय आमाहरूले छोरा विदेश गएको दिनदेखि हरेक साँझ बाटोतिर आँखा लगाएर बस्ने बानी बसालेका छन्। कतिपय बुबाहरूले आफ्नो दुःख कसैलाई सुनाउँदैनन्, तर एक्लै हुँदा आँखाबाट आँसु झर्छ। उनीहरूलाई पैसा भन्दा पनि आफ्ना सन्तानको साथ चाहिएको हुन्छ।

पहाडका धेरै खेतहरू बाँझो भएका छन्। जहाँ पहिले धान, कोदो, मकै र फापर फल्थ्यो, त्यहाँ अहिले झारपात उम्रिएको छ। गाउँका विद्यालयमा विद्यार्थी घटेका छन्। कतिपय विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्। गाउँको भविष्य मानिने बालबालिका नै नहुँदा गाउँको भविष्य पनि धमिलो हुँदै गएको छ।
यो केवल घरहरू खाली भएको कथा होइन। यो त सम्झनाहरू खाली भएको र सम्बन्धहरू बिस्तारै हराउँदै गयको छ,, केवल मान्छे मात्र जा५नन्, हाँसो, रौनक, गीत, संस्कार र पहिचान पनि बिस्तारै हराउँदै जान्छ।

आज नेपालका धेरै पहाडी गाउँहरू यही पीडाबाट गुज्रिरहेका छन्। सहरहरू भीडले भरिंदै गएका छन्, तर गाउँहरू मौन बन्दै गएका छन्। विकासको नाममा मानिसहरू अघि बढिरहेका छन्, तर कतै न कतै आफ्नो माटोसँगको सम्बन्ध कमजोर हुँदै गएको छ।

सायद समयले परिवर्तन खोज्छ। मानिसले राम्रो जीवन खोज्छ। त्यो स्वाभाविक पनि हो। तर जब कुनै गाउँमा केवल ताला लागेको घर, बाँझो खेत र वृद्ध आँखाको प्रतीक्षा मात्र बाँकी रहन्छ, तब मन भक्कानिन्छ।

सिकार गर्न नसकेको कुकुर्नी आमा🥹जंगलको छेउमा, सुक्खा पातले ढाकिएको एउटा सानो ओडार थियो। त्यहीँ बस्ने गर्थी एउटी कुकुर्नी—...
14/06/2026

सिकार गर्न नसकेको कुकुर्नी आमा🥹
जंगलको छेउमा, सुक्खा पातले ढाकिएको एउटा सानो ओडार थियो। त्यहीँ बस्ने गर्थी एउटी कुकुर्नी—सबैले उसलाई “मायाँ” भनेर चिन्थे।
उसको नामजस्तै, उसको मन पनि माया नै थियो… विशेष गरी आफ्ना साना छाउराहरूका लागि।
ती छाउराहरूलाई संसार भनेकै आमाको न्यानो पेट थियो।
न तिनीहरूलाई जंगलको डर थाहा थियो, न भोकको पीडा—किनकि आमाले कहिल्यै महसुस गर्न दिएकी थिइनन्।
तर समय सधैं एकै हुँदैन।
केही दिनदेखि मायाँ कमजोर हुँदै गएकी थिइ।
पहिले ऊ छिटो दौडन्थी, सिकार सजिलै समात्थी।
तर अहिले… सिकार देख्दा पनि खुट्टा अगाडि बढ्न मान्दैनथ्यो।
एक साँझ, छाउराहरू कराउन थाले—
“आमा… भोक लाग्यो…”
त्यो आवाज सानो थियो, तर मायाँको मुटुमा ठूलो चोटजस्तै लाग्यो।
उसले फेरि प्रयास गरिन्।
जंगलतिर लागिन्… आँखाले सिकार खोज्दै, मनले साहस जुटाउँदै।
अगाडि एउटा सानो खरायो देखियो।
पहिले भएको भए, त्यो क्षणमै समात्थी।
तर आज… शरीर साथ दिइरहेको थिएन।
ऊ दौडिन्—तर दुई पाइला पनि अघि बढ्न सकिनन्।
खरायो टाढा गयो… अनि हरायो।
मायाँ रोकिइन्।
सास फेर्दै, आकाशतिर हेरिन्।
सायद उसले पहिलोपटक आफूलाई कमजोर मानेकी थिइ।
रित्तो मुख लिएर फर्किँदा, ओडार नजिकैबाट फेरि आवाज आयो—
“आमा… आयौ?”
त्यो आवाजमा विश्वास थियो।
त्यो विश्वास… जसले आमालाई कहिल्यै हार्न दिँदैन।
ऊ मुस्कुराउने प्रयास गर्दै ओडारभित्र छिरी।
छाउराहरू दौडिएर आए, आमाको शरीरमा टाँसिए।
“खाना?”
साना आँखाले सोधे।
मायाँ केही बोलिनन्।
केवल टाउकोले माया गर्दै थिचिन्।
त्यो रात, छाउराहरू भोकै सुत्न बाध्य भए।
तर आमाले सुतिनन्।
ऊ बाहिर निस्किइन्…
चिसो हावा चलिरहेको थियो।
शरीर काँपिरहेको थियो।
ऊ फेरि सिकार खोज्न निस्किइन्—
यसपटक आशाले होइन… केवल माया ले।
तर जंगल शान्त थियो।
न कुनै सिकार, न कुनै मौका।
बिहान हुन थाल्यो।
मायाँ थाकेर एउटा रुखमुनि बसिन्।
आँखा बिस्तारै बन्द हुन थाले…
उसको मनमा अन्तिम कुरा एउटै थियो—
“मेरो छाउराहरू… भोकै छन्…”
त्यो सोच्दै, उसले आँखा चिम्लिइन्।
बिहानको घाम लाग्दा, छाउराहरू उठे।
आमा छेउमा थिइनन्।
उनीहरू बाहिर निस्किए—
सानो पाइला, डरले भरिएको मन।
केही टाढा, रुखमुनि…
आमा शान्त थिइन्।
उनीहरू दौडिएर गए, आमालाई छुन थाले।
तर आमाले आँखा खोलिनन्।
सानो छाउराले आमाको शरीरमा टाउको राख्यो…
जसरी सधैं राख्थ्यो।
तर यसपटक…
न्यानोपन थिएन।
हावा चलिरहेको थियो।
पातहरू खसिरहेका थिए।
जंगल उस्तै थियो—
तर एउटा आमाको कथा त्यहीँ समाप्त भयो।

सन्देश:
आमाको माया शब्दले होइन, बलिदानले लेखिएको हुन्छ।
कहिलेकाहीँ, उनीहरू हार्दैनन्…
केवल आफ्नो सबै कुरा दिएर चुपचाप टाढा जान्छन्।

"मान्छेले समय बदल्ने हो कि, समयले मान्छे बदल्ने हो !"जीवनमा हरेक मान्छेले कुनै न कुनै मोडमा आफूलाई बलियो, स्थिर र अडिग ठ...
12/06/2026

"मान्छेले समय बदल्ने हो कि, समयले मान्छे बदल्ने हो !"

जीवनमा हरेक मान्छेले कुनै न कुनै मोडमा आफूलाई बलियो, स्थिर र अडिग ठान्छ। उसलाई लाग्छ– निर्णय म लिन्छु, बाटो म बनाउँछु, समयलाई पनि म आफ्नो हिसाबले मोड्छु। तर वास्तविक जीवन यति सरल हुँदैन। जब परिस्थितिहरू बदलिन्छन्- सफलता आउँछ, असफलता आउँछ, आफ्ना टाढा हुन्छन्, विश्वास टुट्छ, अवसर आउँछ, संघर्ष बढ्छ - त्यही समयले मान्छेको सोच, व्यवहार, प्राथमिकता, र कहिलेकाहीँ चरित्रसम्म बदलिदिन्छ।

तर अर्को सत्य पनि त्यत्तिकै शक्तिशाली छ। इतिहासमा धेरै मानिसहरूले परिस्थितिसँग हार मानेनन्; बरु आफ्नो निर्णय, साहस, अनुशासन, र दृष्टिकोणले समयको दिशा नै बदले। अरूले असम्भव भनेको ठाउँमा उनीहरूले नयाँ अध्याय सुरु गरे।

त्यसैले यो प्रश्नको उत्तर एकतर्फी छैन। कमजोर मान्छे समयसँग बदलिन्छ। बलियो मान्छे समयलाई बदल्ने प्रयास गर्छ।

अन्तिम परीक्षा यही हो -जब समय कठिन हुन्छ, तिमी परिस्थितिको उत्पादन बन्छौ कि परिस्थितिलाई बदल्ने कारण?

12/06/2026
नदीको लक्ष्य छ, सागरको छैन।कहिल्यै सोच्नुभएको छ? नदी किन बगिरहेकी छ, नाला किन दौडिरहेछ, तर सागर किन शान्त छ?सानो नालाको ...
10/06/2026

नदीको लक्ष्य छ, सागरको छैन।
कहिल्यै सोच्नुभएको छ? नदी किन बगिरहेकी छ, नाला किन दौडिरहेछ, तर सागर किन शान्त छ?
सानो नालाको पनि एउटा सपना छ, कतै पुग्नु छ, केही बन्नु छ। ढुङ्गा छिचोल्दै, पहाड काट्दै, उ निरन्तर अघि बढिरहेछ।
तर विशाल सागरलाई सोध, "तिमी कहाँ पुग्न चाहन्छौ?" उसको उत्तर हुन्छ— "मलाई कतै पुग्नु छैन, म त पूर्ण छु, म त आफ्नै अस्तित्वमा रमाएको छु।"
नाला भन्छ, "हेर मलाई, म दौडिरहेको छु, संघर्ष गरिरहेको छु, मेरो गन्तव्य छ, मेरो भविष्य छ।"
सागर मुस्कुराउँछ र भन्छ— "जहाँ पुग्न तिमी दौडिरहेका छौ, म त त्यहीँ पहिले नै छु। तिमी खोजमा छौ, म प्राप्तिमा छु। तिमी यात्रामा छौ, म विश्राममा छु।"
जीवन पनि यस्तै हो, जबसम्म आफूलाई अधूरो ठान्छौं, नदीझैँ बगिरहन्छौं, गन्तव्य खोजिरहन्छौं।
तर जब आफूभित्रको सागर भेटिन्छ, त्यसपछि दौडको अन्त्य हुन्छ, मन शान्त हुन्छ, र आत्माले भन्छ—
"अब कतै पुग्नु छैन, म आफैँ गन्तव्य बनेको छु।"
🌊 नदीको धर्म बग्नु हो, सागरको धर्म रहनु हो। अधूरोपनले लक्ष्य खोज्छ, पूर्णताले शान्ति रोज्छ।

पात झरे पनि रुख मोरदैन ।वनको बीचमा उभिएको एउटा रुखले मानिसलाई सन्देश दिँदै भन्यो, "मलाई हेर, हरेक वर्ष मेरा पातहरू झर्छन...
03/06/2026

पात झरे पनि रुख मोरदैन ।
वनको बीचमा उभिएको एउटा रुखले मानिसलाई सन्देश दिँदै भन्यो, "मलाई हेर, हरेक वर्ष मेरा पातहरू झर्छन्। कतिपयले मलाई सुक्न लागेको ठान्छन्, कतिपयले मेरो समय सकिएको भन्छन्। तर पात झर्दैमा म मरेको हुँदैन। म त नयाँ मौसमको प्रतीक्षा गरिरहेको हुन्छु।"
मानिसको जीवन पनि यस्तै हो। कहिलेकाहीँ आफ्ना मान्छे टाढा जान्छन्, सपना टुट्छन्, मेहनतको फल पाइँदैन, अनि लाग्छ सबै सकियो। तर त्यो अन्त्य होइन। त्यो त जीवनले नयाँ अध्याय सुरु गर्नुअघि दिएको परीक्षा मात्र हो।
म आँधी, हुरी, वर्षा र चर्को घाम सबै सहेर उभिएको छु। मेरा केही हाँगाहरू भाँचिए, केही पातहरू झरे, तर मेरो जरा माटोभित्र अझै बलियो छ। त्यसैले म फेरि हरियो बन्छु, फेरि फुल्छु र फेरि फल दिन्छु।
तिमी पनि जीवनमा केही गुमायौ भन्दैमा हार नमान। आज तिम्रो जीवनका पातहरू झरेका हुन सक्छन्, तर यदि आत्मविश्वास, धैर्य र आशाको जरा बलियो छ भने तिमी फेरि उठ्नेछौ। संसारले झरेका पात मात्र देख्छ, तर भित्र लुकेको शक्तिशाली जरा देख्दैन।
याद राख, प्रकृतिको नियम नै यही हो—झरेको पात फेरि पलाउँदैन, तर रुखले नयाँ पात अवश्य जन्माउँछ। त्यसैले विगतमा हराएको कुरामा रोइरहनुभन्दा नयाँ सुरुवातको तयारी गर। किनकि पात झरे पनि रुख मर्दैन, र संघर्षले थाकेको मानिस पनि सकिँदैन। समय फेरिन्छ, मौसम फेरिन्छ, अनि जीवन पनि फेरिन्छ।

कहिलेकाहीँ जिब्रोमा बल्छी लगाउदा पनि अरुको प्यारो भईन्छ ।
02/06/2026

कहिलेकाहीँ जिब्रोमा बल्छी लगाउदा
पनि अरुको प्यारो भईन्छ ।

29/05/2026

जीवन एउटा यस्तो यात्रा हो, जसमा कुनै वारेन्टी वा ग्यारेन्टी छैन। हामी जति योजना बनाऔँ, जति तयारी गरौँ, अन्ततः प्रत्येक कदम अनिश्चितताले भरिएको हुन्छ। बिहानको उज्यालोले आशा दिन्छ, तर साँझको अँध्यारोले सम्झाउँछ—सबै कुरा अस्थायी हुन्, सबै क्षणहरू केवल केही समयका पाहुना हुन्। यही अस्थायीत्वभित्र जीवनको वास्तविक सौन्दर्य लुकेको हुन्छ।

हामी प्रायः ठूलो लक्ष्य, ठूलो सफलता र ठूलो सुखको पछाडि दौडिन्छौं। तर जीवनका सबैभन्दा गहिरा र अमूल्य क्षणहरू साना र साधारण हुन्छन्—साथीको निस्वार्थ हाँसो, आमाको आँखामा झल्किने माया, शीतल हावामा नाच्ने पातहरूको स्पर्श, वा आफ्नै मनभित्र भेटिने मौन शान्ति। यिनै साना अनुभूतिहरू जीवनका साँचो रत्न हुन्।

जीवनमा कुनै निश्चितता छैन। आजको खुशी भोलिको सुनिश्चितता होइन, र आजको दुःख सधैं रहने पनि होइन। त्यसैले डर, चिन्ता, पछुतो वा अपराधबोधले आजका क्षणहरूलाई नबिगारौँ। प्रत्येक सास, प्रत्येक स्पर्श र प्रत्येक अनुभूति मूल्यवान छ। यी नै जीवनको सत्य हुन्, यी नै यसको गहिरो अर्थ हुन्।

जीवनको सार स्थायी सफलता वा धनसम्पत्ति होइन, बरु अनिश्चिततालाई स्वीकार गर्दै वर्तमानलाई पूर्ण हृदयले जिउनु हो। जब हामी यसरी बाँच्न सिक्छौं, तब मात्र जीवनको गहिराइ, यसको मौन सौन्दर्य र यसको दार्शनिक मूल्य अनुभूत गर्न सक्छौं।

Address

Kusma
Kusma
3340

Alerts

Be the first to know and let us send you an email when साहित्यकार ऋषिराम चापागाईं posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share