30/08/2022
हरितालिका तीज!
नारीहरुको शसक्तिकरण, स्वतन्त्रता, अधिकार, चेतना आदि जस्ता कुराको उत्थानको लागि आजको दिन बिशेष छ। नारीहरुको आवाजलाई बुलन्द पार्न, नारीहरुको बेदना, पीर मर्का, दुख, सुख आदि कुराहरुलाई साटासाट गर्नको निमित्त यो चाडले विशेष महत्व पाएको छ। समाजमा नारी प्रतिको हेराई, सोचाई, ब्याहार आदि कुराहरुलाई नारीहरुले तीजमा ब्यक्त गर्दछन। जे जस्ता राम्रा नराम्रा कुराहरु भए पनि, यो हाम्रो समाजले उत्पन्न गरेका चिजहरु हुन, हाम्रो समाजले नारीहरुको रक्षाको लागि विभिन्न चाडहरुको सृजना गरेको छ, यो अर्थले पनि हाम्रो समाजले महिलाहरुको उत्थानको लागि कतै देवि देवताको रुपमा कतै चाड बाडको रुपमा महिलाको रक्षाको लागि राम्रो काम गरेको छ।
सबै महिला तथा समस्त नेपालीहरुको लागि हरितालिका तीजको शुभकामना ♥️♥️♥️
CP Lokendra Jargha Thapa