24/08/2026
📢 I र II का आवेदकहरूका लागि महत्त्वपूर्ण सूचना 📢
TOPIK I र TOPIK II दुवैका स्वीकृत आवेदकहरूलाई विवरण पुष्टि गर्ने इमेल (Information Confirmation Email) पठाइसकिएको छ।
कृपया आफ्नो इमेल लगइन गरी पठाएको विवरणहरू ध्यानपूर्वक जाँच्नुहोला।
तपाईंले जाँच्नुपर्ने विवरणहरू:
* अङ्ग्रेजीमा पूरा नाम (Full English Name)
* जन्म मिति (Date of Birth)
* लिङ्ग (Gender)
* कोरियन नाम (यदि पेश गर्नुभएको भए)
* फोटो (Photo)
सबै विवरणहरू तपाईंको सरकारी परिचयपत्र (नागरिकता वा पासपोर्ट) सँग हुबहु मिलेको हुनुपर्नेछ।
---
⚠️ विवरण सच्याउने र इमेल नआएको सम्बन्धी जानकारी:
* विवरण सच्याउनुपर्ने भएमा: कुनै त्रुटि भेटिएमा, २०२६ अगस्ट २७ बिहान ११:०० बजेभित्र [email protected] मा इमेलमार्फत जानकारी पठाउनुहोला।
* इमेल प्राप्त नभएको भएमा: यदि तपाईं स्वीकृत आवेदक हुनुहुन्छ र परीक्षा शुल्क भुक्तानी गरिसक्नुभएको छ तर पुष्टि इमेल प्राप्त भएको छैन भने, तुरुन्तै [email protected] मा सम्पर्क गर्नुहोला।
📌 कोरियन नामसम्बन्धी विशेष सूचना:
कृपया ध्यान दिनुहोला, कोरियन नाम उल्लेख गर्नु ऐच्छिक (OPTIONAL) हो। यदि पुष्टि इमेलमा कोरियन नामको ठाउँ खाली छ भने चिन्ता नलिनुहोला—यसले तपाईंको आवेदन, दर्ता वा परीक्षा दिन पाउने योग्यतामा कुनै असर पार्ने छैन। अनिवार्य विवरणहरू (अङ्ग्रेजी नाम, जन्म मिति, लिङ्ग वा फोटो) मा त्रुटि भएमा मात्र इमेल पठाउनुहोला।