Gokarneshwor Light Academy

Gokarneshwor Light Academy

Share

Totally English environment and English medium
school
• Quality education
• Spacious play ground

Gokarneshwor Light Academy is community based private Secondary school which runs classes in English Medium. In the lap of Gokarna Forest, it is flourishing its name, fame and knowledge in surrounding area. Established on 2064 B.S by socially motivated personals of Makalbari, now it accommodates and provides the education for more than 700 students with 45 teaching and non teaching staffs. With th

Photos from Gokarneshwor Light Academy's post 26/05/2026

गोकर्णेश्वर लाइट एकेडेमीमा लोकतान्त्रिक अभ्यासको उत्सव

विद्यार्थी नेतृत्व छनोटका लागि सम्पन्न निर्वाचन, भोलि अन्तिम नतिजा सार्वजनिक हुने

काठमाडौँ । गोकर्णेश्वर लाइट एकेडेमीमा विद्यार्थीहरूको नेतृत्व विकास तथा लोकतान्त्रिक संस्कार अभिवृद्धि गर्ने उद्देश्यले आयोजित संसदीय अभ्यासअन्तर्गतको विद्यार्थी निर्वाचन कार्यक्रम उत्साहपूर्ण तथा भव्य वातावरणमा सम्पन्न भएको छ। विद्यालय परिसर दिनभर चुनावी माहोलले भरिएको थियो भने विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
निर्वाचन कार्यक्रमपश्चात् विद्यालयले प्रारम्भिक मतगणना सुरु गरेको जनाएको छ। अन्तिम मत परिणाम भने भोलिसम्म सार्वजनिक गरिने निर्वाचन समितिले जानकारी दिएको छ।
विशेष समारोहलाई सम्बोधन गर्दै विद्यालय इन्चार्ज मधुसूदन ढुङ्गानाले विद्यार्थीहरूलाई शुभकामना तथा बधाई व्यक्त गर्दै भन्नुभयो, “विद्यालय केवल पाठ्यपुस्तकमा सीमित हुँदैन। यस्ता अभ्यासले विद्यार्थीलाई भविष्यको जिम्मेवार नागरिक र सक्षम नेतृत्वका रूपमा तयार पार्छ। आजको सहभागिताले भोलिको नेतृत्व सुनिश्चित गर्छ।”
त्यस्तै, स्कुल कोअर्डिनेटर सञ्जय खनालले विद्यार्थीहरूको अनुशासित सहभागिताको प्रशंसा गर्दै भन्नुभयो, “विद्यार्थीहरूले देखाएको उत्साह र जिम्मेवारी साँच्चिकै प्रेरणादायी छ। लोकतान्त्रिक अभ्यासलाई व्यवहारमै उतार्ने यो कार्यक्रम विद्यालयको महत्वपूर्ण उपलब्धि हो।”
विद्यालयका प्रिन्सिपल सौर्यनाथ आचार्यले निर्वाचनलाई सिकाइको महत्वपूर्ण माध्यमको रूपमा व्याख्या गर्दै भन्नुभयो, “नेतृत्व क्षमता, निर्णय गर्ने कला र सहकार्य भावना विकास गर्न यस्ता कार्यक्रम अत्यन्त प्रभावकारी हुन्छन्। विद्यार्थीहरूले आजको अभ्यासबाट जीवनभर उपयोगी अनुभव प्राप्त गरेका छन्।”
कोअर्डिनेटर तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख राज घिमिरेले कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता र आत्मविश्वास वृद्धि गरेको उल्लेख गर्दै भन्नुभयो, “विद्यालयले शिक्षासँगै व्यवहारिक र सामाजिक सीप विकासलाई पनि प्राथमिकता दिएको छ। निर्वाचन कार्यक्रम त्यसैको उत्कृष्ट उदाहरण हो।”
मतदान प्रमुख अधिकृत तथा अतिरिक्त क्रियाकलाप सहायक इन्चार्ज कृष्ण रेग्मीका अनुसार निर्वाचन प्रक्रिया पूर्ण रूपमा शान्तिपूर्ण, निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न भएको हो। उहाँले भन्नुभयो, “विद्यार्थीहरूको सहभागिता अत्यन्त उत्साहजनक रह्यो। मतगणना कार्य व्यवस्थित रूपमा अगाडि बढाइएको छ र अन्तिम परिणाम भोलिसम्म सार्वजनिक गरिनेछ।”
विद्यालय परिसरमा देखिएको उत्साह, प्रतिस्पर्धा र लोकतान्त्रिक अभ्यासले गोकर्णेश्वर लाइट एकेडेमीलाई पुनः एकपटक सिर्जनशील तथा व्यवहारिक शिक्षाको उत्कृष्ट केन्द्रका रूपमा स्थापित गरेको छ।

लोकतान्त्रिक अभ्यासको उत्कृष्ट नमुना : गोकर्णेश्वर लाइट एकेडेमीमा भव्य विद्यार्थी निर्वाचन 26/05/2026

लोकतान्त्रिक अभ्यासको उत्कृष्ट नमुना : गोकर्णेश्वर लाइट एकेडेमीमा भव्य विद्यार्थी निर्वाचन विद्यार्थी नेतृत्व छनोटका लागि सम्पन्न निर्वाचन, भोलि अन्तिम नतिजा सार्वजनिक हुने Advertisement 1 काठमाडौँ । गोकर्णेश्वर...

Photos from Gokarneshwor Light Academy's post 25/05/2026

“हाम्रो संस्कृति, हाम्रो पहिचान” भन्ने मूल नारासहित नेपाल लोक नृत्य सेन्टर द्वारा आयोजित राष्ट्रिय स्तरको एकल नृत्य प्रतियोगिता “नृत्य नेपाली पारा–२०८२/०८३” मा गोकर्णेश्वर लाइट एकेडेमी का छात्राहरुले उत्कृष्ट सफलता हासिल गरेका छन्।
प्रतियोगितामा विद्यालयकी छात्रा आशा लामाले उत्कृष्ट प्रस्तुति दिँदै पाँचौँ स्थान हासिल गर्न सफल भएकी छन् भने अर्की छात्रा बिपना रामदम ले नवौँ स्थान प्राप्त गरेकी छन्।
विजेता छात्राहरुलाई नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

Photos from Gokarneshwor Light Academy's post 24/05/2026

मनास्लु कलेजद्वारा आयोजित एस.इ.इ.–२०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा उत्कृष्ट शिक्षक सम्मान समारोह मा सम्मानित हुनुहुने नेपाली विषयका शिक्षक श्री पशुपति सापकोटा सरलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

उहाँको कुशल मार्गदर्शनमा यस वर्ष ५४ जना विद्यार्थीमध्ये २३ जनाले नेपालि व४.० GPA हासिल गर्न सफल भएको गौरवपूर्ण उपलब्धिका लागि विशेष बधाई।

त्यसैगरी, ४.० GPA हासिल गर्न सफल विद्यार्थीहरू सौरभ चालिसे, युनिक खड्का, युनिक मान बस्नेत, विजय तामाङ, समिर पटेल तथा सुबोध आचार्यलाई उज्ज्वल भविष्यको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

तपाईंहरूको निरन्तर प्रगति, सफलता र उज्ज्वल भविष्यको कामना गर्दछौँ। 🌺

गोकर्णेश्वर लाइट एकेडेमीका छात्राहरु राष्ट्रिय लोकनृत्य प्रतियोगितामा उत्कृष्ट - शिला पोष् 24/05/2026

गोकर्णेश्वर लाइट एकेडेमीका छात्राहरु राष्ट्रिय लोकनृत्य प्रतियोगितामा उत्कृष्ट - शिला पोष् गोकर्णेश्वर लाइट एकेडेमीका छात्राहरु राष्ट्रिय लोकनृत्य प्रतियोगितामा उत्कृष्ट Advertisement 1 काठमाडौंँ ।गोकर्णेश्व.....

24/05/2026

SEE–2082 उत्कृष्ट नतिजा प्राप्त विद्यार्थी सम्मान तथा बिदाइ कार्यक्रम–२०८३

Photos from Shilapost Media Network's post 23/05/2026
मेहनतको सम्मान : 4.0 GPA ल्याउने GLA का विद्यार्थीहरुलाई नगरपालिकाद्वारा सम्मानित - शिला पोष्ट 23/05/2026

मेहनतको सम्मान : 4.0 GPA ल्याउने GLA का विद्यार्थीहरुलाई नगरपालिकाद्वारा सम्मानित - शिला पोष्ट SEE Batch 2082 मा गोकर्णेश्वर लाइट एकेडेमीलाई नगरपालिकाको सम्मान Advertisement 1 काठमाडौं । SEE Batch 2082 मा उत्कृष्ट नतिजा हासिल गर्दै 4.0 GPA...

Photos from Gokarneshwor Light Academy's post 22/05/2026

SEE Batch 2082 मा 4.0 GPA प्राप्त गर्न सफल हाम्राे विद्यालयका ६ जना विद्यार्थीहरू युनिक खड्का, युनिक बस्नेत, साैरभ चालिसे, समीर पटेल, विजय कुमार तामाङ र सुबाेध आचार्य तथा विद्यालय आज गाेकर्णेश्वर नगरपालिकाबाट सम्मानित भएकोमा हामी अत्यन्त हर्षित छौं।
यो गौरवपूर्ण सफलता हासिल गर्न अहोरात्र मेहनत गर्नुहुने विद्यार्थीहरू, अभिभावकज्यूहरू, शिक्षक–शिक्षिकाहरू तथा सम्पूर्ण विद्यालय परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। साथै, यस उपलब्धिको कदर गर्दै सम्मान प्रदान गर्नुहुने नगरपालिकाप्रति पनि विशेष आभार प्रकट गर्दछौं।
यस सम्मानले आगामी दिनमा अझ उत्कृष्ट नतिजाका लागि थप प्रेरणा र हौसला प्रदान गरेको अनुभूति गरेका छौं। भविष्यमा पनि गुणस्तरीय शिक्षा र उत्कृष्ट उपलब्धिका लागि निरन्तर समर्पित रहने प्रतिबद्धतासहित खुशी व्यक्त गर्दछौं।

20/05/2026
Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Gokarneshwor Municipality-4, Makalbari
Kathmandu
977