23/01/2026
Japanese Film festival
Official page for Ezara Japanese Language School.
Ezara Japanese language is established for not only send Nepalese students to Japan but also to make them known about it essence. Our focus is helping students to build their proficiency in the Japanese language with a view to study in Japan at various institutions. We provide most inventive and time saving information to make the admission and visa processing as simple as possible which otherwise
23/01/2026
Japanese Film festival
23/01/2026
वसन्तपञ्चमी तथा सरस्वती पूजाको हार्दिक मंगलमय शुभकामना । सरस्वती माताको आशीर्वाद सधैं तपाईंसँग रहोस् ।
22/01/2026
"Picnic Fellowship Program"-2082 (Jagdol, Sundarijal)
17/01/2026
15/01/2026
14/01/2026
🎉 We're thrilled to announce a significant milestone! 🎉
We are now a proud Lifetime Member of the Educational Consultancy Association of Nepal (ECAN)! This honor underscores our unwavering dedication to fostering quality education and ethical practices in Nepal and beyond.
As lifetime members, we're more committed than ever to contribute to the vibrant educational landscape, guiding students towards global opportunities with integrity and transparency, a value championed by ECAN.
Thank you for your trust! We look forward to continuing this journey with you.
#पैसा र कामभन्दा जीवन ठूलो हो।
#थकित शरीरलाई आराम नदिँदा, निद्रामै जीवन सकिन सक्छ।
#जापानमा कामको चाप, तनाव र जीवनशैलीका कारण नेपाली विद्यार्थीहरूमा हृदयघात (Heart Attack / Sudden Cardiac Death) को जोखिम बढिरहेको देखिन्छ। धेरैजसो केसमा कामबाट फर्केर सुतेकै अवस्थामा मृत्यु हुने कारणहरू र सावधानीहरू यसप्रकार छन्👇
#सम्भावित मुख्य कारणहरू
1️⃣ अत्यधिक काम र निद्राको कमी
दिनमा 10–14 घण्टासम्म काम + पढाइ
4–5 घण्टामात्र सुत्ने बानी
➡️ यसले हृदयमा अत्यधिक दबाब पर्छ
2️⃣ अत्यधिक तनाव (Mental Stress)
पैसाको दबाब
भाषा, पढाइ, काम, परिवारको चिन्ता
➡️ लामो समयको तनावले BP र हार्ट रेट बढाउँछ
3️⃣ खानपानको समस्या
जंक फुड, इन्स्टेन्ट खाना
नुन, तेल धेरै
समयमा खाना नखाने
➡️ कोलेस्ट्रोल र BP बढ्छ
4️⃣ मदिरा, धूम्रपान, Energy Drink
कामको थकान हटाउन अत्यधिक प्रयोग
➡️ अचानक हार्ट अट्याकको जोखिम
5️⃣ चिसो मौसम + थकान
जाडोमा रक्तनली खुम्चिनु
थकित शरीर सिधै सुत्नु
➡️ निद्रामा हार्ट फेल हुने सम्भावना
6️⃣ स्वास्थ्य जाँच नगर्नु
BP, सुगर, कोलेस्ट्रोल थाहा नहुनु
पहिलेबाट समस्या भए पनि बेवास्ता
#आवश्यक सावधानीहरू (अत्यन्त जरुरी)
✅ 1. निद्रा अनिवार्य बनाउनु
कम्तीमा 6–7 घण्टा सुत्ने
लगातार नाइट शिफ्ट नगर्ने
✅ 2. कामको समय नियन्त्रण
कानुनी सीमा भित्र काम
शरीरले “थाक्यो” भन्ने संकेत सुन्नु
✅ 3. खानपान सुधार
तरकारी, फलफूल
नुन, तेल कम
राति भारी खाना नगर्ने
✅ 4. मदिरा/चुरोट/Energy Drink कम वा बन्द
विशेष गरी थकित अवस्थामा सेवन नगर्ने
✅ 5. कामबाट आएपछि सिधै नसुत्ने
10–15 मिनेट आराम
गुनगुना पानी पिउने
शरीर न्यानो राख्ने
✅ 6. नियमित स्वास्थ्य परीक्षण
BP, सुगर, कोलेस्ट्रोल
जापानमा 健康診断 (けんこうしんだん) अनिवार्य रूपमा गर्ने
✅ 7. लक्षण देखिए बेवास्ता नगर्ने
यदि यी लक्षण देखिए तुरुन्त अस्पताल जानुहोस्:
छाती दुख्ने / च्यापिने
सास फेर्न गाह्रो
अस्वाभाविक थकान
चक्कर, पसिना
बाँया हात/घाँटी दुख्ने
#आपतकालीन नम्बर (जापान)
🚑 119 – एम्बुलेन्स
➡️ ढिला नगर्नुहोस्, जीवन जोगिन सक्छ
08/12/2025
जापानको होक्काइदो, आओमोरी र इवातेमा भुकम्प पश्चात सुनामी चेतावनी जारी गरिएको छ।
जापान मौसम विभागले डिसेम्बर ८ तारिख राति ११:२३ बजे जारी गरिएको सुनामी सावधानी सूचना लाई अपरिहार्य जोखिम बढेकाले सुनामी चेतावनीमा रूपान्तरण गरेको छ। चेतावनी जारी भएसँगै प्रभावित क्षेत्रका सबैलाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आग्रह गरिएको छ।
सुनामी चेतावानी होक्काइदोको प्रशान्त तटको मध्य भाग, आओमोरी प्रिफेक्चरको प्रशान्त तट, र इवाते प्रिफेक्चरमा लागू भएको छ। यी क्षेत्रमा ठूलो लहर आउने उच्च सम्भावना रहेको भन्दै समुद्रकिनार तथा नदी किनारमा रहेका व्यक्तिहरूलाई तुरुन्तै उच्च भू–भाग वा सुनामी आपत्कालिन सेल्टर भवनतिर जानका लागि कडाइका साथ आग्रह गरिएको छ। सुनामी एकपटक मात्र नभई पटक–पटक आउन सक्छ, त्यसैले चेतावनी नहटाएसम्म सुरक्षित स्थान नछोड्न पनि अनुरोध गरिएको छ।
मौसम विभागका अनुसार राति ११:१५ बजे आओमोरी प्रिफेक्चरको पूर्वी समुद्री क्षेत्र (青森県東方沖) मा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको थियो। भूकम्पको गहिराइ करिब ५० किलोमिटरभन्दा बढी रहेको अनुमान गरिएको छ।
08/12/2025
Mt. Fuji (ふじさん)
07/12/2025
本日は学校へお越しいただき、ありがとうございます🙇
| Monday | 06:00 - 19:00 |
| Tuesday | 06:00 - 19:00 |
| Wednesday | 06:00 - 19:00 |
| Thursday | 06:00 - 19:00 |
| Friday | 06:00 - 19:00 |
| Sunday | 06:00 - 19:00 |