नेपालको लोकसेवा आयोगको पहिलो अवधारणा कुन थियो
Sarthak Khoj
History, Science & Politics
What happened in the Crusade Period?
विरशमशेर आफ्नो छोरा गेहेन्द्रसंग किन रिसाए ?
Gehendra Shamsher
अभीनेता सुनील थापा रहेनन् ।
Guojiang: Chinese Blonde Hair Baby Story
31/01/2026
मेलवादेवी गुरुंग नेपालको पहिलो गायीका
पित ज्ञानबहादुर गुरुंग र आमा सप्तदेवीको परिवारमा जेठी सन्तानको रुपमा मेलवा गुरुंगको जन्म भयो । सानै देखी मेलवालाइ गायन प्रति निकै लगाव थियो । ७ वर्षसम्म आइपुग्दा उनी राम्ररी गाउन सक्ने भइन । यति राम्रो गाउने बालिकालाई गांउलेहरुले श्री ३ महाराजको दरवारमा सेविकाको रुपमा चढाउन उनको परिवारलाई सल्लाह दिए । त्यसपछि एक दिन उनीहरुको महाराज चन्द्र शमशेरसंग भेट भयो । चन्द्रशमशेरले मेलवादेवखीको लागी सिंहदरवारको उत्तरपट्टि रहेको सुसारे गृहमा बस्ने व्यवस्था मिलाइदिए । चन्द्रशमशेरले उनलाई मेलवा नानी भनी बोलाउन थाले ।
यसपछि मेलवाको दरवारमा गाउने क्रम शुरु भयो । तत्कालिन प्रख्यात उस्ताद बालाप्रसाद शर्मा, डुन्डे खान्, गणपत, खेमचन्द्रबाट शास्त्रिय संगीतको शिक्षा लिन थालिन । उनले छिट्टै महारत हासिल गरिन । यसरी मेलवा विस्तारै यौवन उमेरमा प्रवेश गर्दै गइन् । यसका साथै उनको स्वरले दरवार भित्र हुने विभिन्न कार्यक्रमहरुमा अवसर पाउदै गयो । उनको स्वर र शालिनताको चर्चा दरवार भरी फैलदै गयो । चन्द्रशमशेरले पनि मुक्तकंठले प्रशंसा गर्दै एउटा मुल्यवान औठी लगाइदिए । त्यसपछि चन्द्रशमशेरले सवैको अगाडी भने: यिनी त गायनमा मित्रसेन भन्दा माथीकी छिन । रुपमा पनि स्वर्गकी अप्सरा भन्दा कम छैनन् । अब यिनलाई मेलवानानी होइन मेलवादेवी भनी बोलाउनु । त्यसपछि चन्द्रशमशेरले यिनलाइ दिइने लुगाफाटा र तलब सुविधामा ठुलै बृद्धि गरिदिए ।
दरवारभित्र मेलवादेवीको स्थान उच्च हुदै गयो । उनको सुखसुविधामा कुनै कमी गरिएन । विस्तारै उनी महाराज चन्द्रशमशेरको अत्यन्त नजिक बन्न पुगीन । चन्द्रशमशेरको विशिष्ट पाहुनाहरु आंउदा शिंहदरवारको बेलायती बैठकमा मेलवादेवीलाई झकिझकाउ पारेर उपस्थित गराउन थालियो । चन्द्र शमशेर मेलवादेवी प्रति यति आसक्त भए कि उनले शिकार खेल्न चितवन लगायतका तराइ क्षेत्रहरुमा जादा समेत उनलाई लिएर जान थाले । यस्तैमा एकदिन महाराजले मेलवादेवीलाई रानीमा पदोन्नती गर्ने कुरा कान्छि रानीले थाहा पाइन । त्यसपछि त उनले आफ्नो रिसलाई थाम्न नै सकिनन् । रिसको आवेगमा उनले मेलवादेवीमाथी एक ठुलो षडयन्त्र रचिन । सोही षडयन्त्र अनुरुप कान्छि रानी बालकुमारीदेवीले एक जना सुसारे मार्फत ताजा बनारसी पानको विडा मेलवादेवीलाई दिन भनी पठाइन । मेलवादेवीले पनि सुसारेबाट सो पान तत्कालै लिए र खान थालिन । उनलाई पान भित्रको षडयन्त्रबारे कति पनि थाहा थिएन । पान खाएपछि उनी अनायसै कराउन थालिन । भोलीपल्ट उनको गला नै भासियो । त्यसपछि मात्र उनले त्यो पानमा सिम्रिक मिसाइएको थाहा पाइन । यो सवै घट्ना चन्द्रशमशेरले थाहा पाएपछि तत्कालै नेपालको ठुला बैधहरुलाई बोलाएर उपचार गर्न आदेश दिए । तर पनि उनको गलाको सुधार, हुन सकेन । सो घट्नापछि मेलवादेवी भित्रभित्रै निकै टुट्दै गइन । अन्तत वि.सं. १९८५ सालको वसन्त पंचमीको दिन मेलवादेवी दरबारबाट निस्किइन । चन्द्रशमशेरले उनलाइ बडो सम्मानको साथ विदाइ गरे ।
(सार्थक खोज)
Exploding Tree: A tree may explode when stresses in its trunk increase due to extreme cold, heat, or lighting causing it to split suddenly.
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
44600
17/02/2026
17/02/2026