29/03/2026
प्रिय एमाले जन दाजुभाई, दिदीबहिनी हरु !
मैले यो लेखिरहँदा तपाईँहरू धेरै रिसाउनुहुनेछ मलाई गाली पनि गर्नुहुनेछ। तर त्यसले केही फरक पर्ने वाला छैन। किनकि म सत्य कुरा लेख्दैछु।
हामी इतिहासको एउटा संगिन मोडमा उभिएका छौं। संसार धेरै विकसित भइसकेको छ। हामी भने पछौटेपन, गरिबी, brain drain, बेरोजगारी, जनशक्ति मरुभूमीकरण, कुशासन र भ्रष्टाचार जस्ता मानव सभ्यताको विकासका लागि कलंकका टिका लगाएर, अविकसित, असभ्य र दोस्रो दर्जाको नागरिक भएर बाँच्न बाध्य छौं।
हामीले विगतमा २०/ ३० वर्षदेखि एक छत्र रूपमा केही राजनीतिक दलहरूले शासनसत्ता सञ्चालन गर्दै आइरहेकै हौ। राम्रा गरेको भए पनि र नराम्रो गरेको भएपनि छर्लङ्ग रूपले नेपाली जनता र विश्वका सामु स्पष्ट नै छ। हामी धेरै बोल्नु सान्दर्भिक हुँदैन।
नेकपा एमालेका श्रद्धेय पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीको सम्बन्धमा हामी थप असभ्य, अनागरिक, अमानवीयल भएर राष्ट्र र नेपाली जनता विरोधी हर्कतहरू प्रदर्शन गर्नु बुद्धिमत्ता ठहर्दैन। यसले हामीलाई थप कमजोर बनाउँछ। थप नाङ्गो बनाउँछ। थप असभ्य बनाउँछ। नेकपा एमालेमा आबद्ध नेता कार्यकर्ताहरूको सम्भावना र भविष्यलाई थप पर धकेल्छ।
कि नेकपा एमालेका नेता कार्यकर्ता एउटा असल मानव बन्न सक्दैनौँ? असल नागरिक बन्न सक्दैनौँ? सक्दैनौँ। एमाले मात्र बन्न सक्छौँ। भन्ने गलत सन्देश प्रवाह नगरौँ।
लाज पनि लजाउने काम नगरौँ।
नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली समग्र नेपालीका सम्माननीय पात्र हुन्। नेपाली जनताले श्रद्धा गर्छन्। धेरै माया पनि गर्छन्। उहाँ छिट्टै हिरासतबाट निस्किएर बाहिर आउनुहुनेछ भन्ने आशा पनि राखेका छन्। उहाँ हामी सबै नेपालीका आदरणीय 'बा' पनि हुन्। उहाँ अहिले एक असल नेपाली नागरिकको जिम्मेवारी बहन गरिरहनुभएको छ। राज्यलाई सहयोग गरिरहनुभएको छ।
उहाँ छिट्टै आफ्नो कर्तव्य पालना गरेर बाहिर निस्कनुहुनेछ। हामी सबैजना कानुनको दायरामा छौँ। कानुनको दायरामा हुनु अपराध हो र? के हाम्रा गतिविधिहरूले हामीले जितेर उहाँ बाहिर आउनुहुने हो र? यस्तो मूर्ख काम नगरौँ।
यो त एउटा सामान्य प्रक्रिया हो नि। यो त चल्छ नि। राज्य छ भने यस्तो हुन्छ नि। राज्य को दायित्व जनता र जेन्जी भाइबहिनीहरूलाई चित्त बुझाउनु पनि हो नि। कानुनको बराबर प्रयोग र कसैलाई काखा कसैलाई पाखा नगरिकन राज्य सञ्चालन गर्नु राज्यको दायित्व हो नि।
यति कुरा हाम्रा बाले बुझ्नुभएको छैन र? केपी ओलीलाई तपाईँले आफ्नो पेवा नबनाउनुस् न। वहाँ त सबैको व्यक्तित्व हो नि। वाहालाई त्यति कमजोर नबनाउनुस्।
साथीहरू हामी सुध्रियौ। एमाले मात्र नभनौँ पहिला हामी मान्छे बनौँ। समयलाई बुझौँ, समयलाई चिनौँ। नेपाली बनौ। मदन भण्डारीका सच्चा कार्यकर्ता बनौ। एमालेको रक्षा गरौं। देशको रक्षा गरौँ। जनतालाई माया गर्न सिकौँ।
यो ४०/ ५० वर्ष पहिला गर्ने जस्तो राजनीति होइन।
नेपाली राजनीति दलहरू vs नेपाली जनता को समय हो । गत निर्वाचन त्यसैको परिणाम हो।
🙏🇳🇵🇳🇵🇳🇵🙏